साम्बा वित्तीय समूह

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
साम्बा वित्तीय समूह
व्यवसाय प्रकार
सार्वजनिक
व्यावसायिक रूपतडउल1090
आइएसआइएनSA0007879097 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
उद्योगवित्तीय सेवाहरू
स्थापितसन् १९८०
बन्द1 अप्रिल 2021 विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
केन्द्रीय कार्यालयरियाद, साउदी अरब
मुख्य व्यक्ति
अम्मर अब्दुलअहिद अल खुदैरी (अध्यक्ष)
रनिया महमुद नसर (प्रवन्ध निर्देशकप्रमुख कार्यकारी अधिकृत)
उत्पादनहरूवित्तीय सेवाहरू
कुल सम्पत्ति255,603,801,000 साउदी रियाल[१] (2019) विकिडाटामा यसलाई सम्पादन गर्नुहोस्
वेबसाइटसाम्बा डटकम

साम्बा वित्तीय समूह (पूर्व साउदी अमेरिकी बेङ्कको रूपमा परिचित), साउदी अरबमा रहेको एक सबैभन्दा ठूलो बेङ्किङ कम्पनी हो। यस संयुक्त संस्थानको राज्यमा यसका ६६ वटा शाखाहरू रहेका थिए। यसको अन्तर्राष्ट्रिय सञ्चालनहरूमा लण्डन, कतारदुबईमा प्रत्येक शाखाहरूको समावेश गरिएको छ। पाकिस्तानमा रहेको यसको एक सहायक कम्पनीले पाकिस्तानका प्रमुख सहरहरूमा २८ वटा शाखाहरू सञ्चालनमा ल्याएको छ।[२] यो कम्पनीको स्थापना सन् १९८० मा गरिएको थियो। सउदी सरकारले आंशिक राष्ट्रियकरण कार्यक्रम गरेपछि सिटिबेङ्कले सन् १९८० मा यस कम्पनीमा ३०% स्वामित्व प्राप्त गरेको थियो, तर सन् २००४ मा यसले सिटिबेङ्कलाई बाँकी ब्याज विक्री गरेपछि यो स्वतन्त्र बनेको थियो।[२][३]

इतिहास[सम्पादन गर्नुहोस्]

साम्बा वा साउदी अमेरिकी बेङ्क १२ फेब्रुअरी १९८० मा जेदाहरियादमा सिटिबेङ्क शाखाहरू प्राप्त गर्नेको साथ स्थापना भएको थियो। साउदी आवश्यकता अनुसार सबै विदेशी बेङ्कहरूलाई कम्तिमा ६०% साउदी नागरिकको स्वामित्वमा राख्न बाध्य पारिएको थियो।[३] सिटी ग्रूपले एक प्राविधिक व्यवस्थापन सम्झौता प्रविष्ट गरेको थियो जस अन्तर्गत यसले नयाँ बेङ्कलाई प्रबन्ध गर्न सहमत भएको थियो। पाकिस्तानका पूर्व प्रधानमन्त्री शौकत अजीज सन् १९९० को दशकमा बेङ्कका प्रबन्ध निर्देशकको रूपमा रहेका थिए।

राष्ट्रिय सहरी बेङ्क (सिटी बेङ्क) ले सन् १९५५ मा जेद्दामा पहिलो शाखा खोलेको थियो र यसले सन् १९६६ मा रियादमा पनि शाखाको विस्तार गरेको थियो। सिटी बेङ्कले साम्बाको स्थापना गरेको थियो जसमा यसले १२ फेब्रुअरी १९८० मा ४०% स्वामित्व कायम गरेको थियो, साउदी अरबमा शाखाहरू कब्जा गर्न फेब्रुअरीमा शाही फरमानको अनुसरण गरेका थिए। सन् १९८५ मा साम्बाले टर्कीको राजधानी इस्तानबुलमा शाखा खोलेको थियो जुन सन् १९९४ पछि बन्द भएको थियो। यसको एक समयमा जिनेभामा सहायक कम्पनी र बेरुतमा प्रतिनिधि कार्यालय राखिएको थियो। सन् १९८० को दशकको अन्त्य तिर साम्बाले लण्डनमा पनि शाखा खोलेको थियो।

जुलाई १९९९ मा साम्बाले संयुक्त साउदी बेङ्कँग सेयर विनियमको साथ समायोजित भएको थियो जसले गर्दा मध्य पूर्वमा सबैभन्दा ठूलो बेङ्कहरू मध्ये एकको गठन भएको थियो। समायोजन हुनु भन्दा पूर्व सिटी बेङ्कको ३०% साम्बाको स्वामित्वमा रहेको थियो, जसले सन् १९९१ मा दुई सार्वजनिक आयोगलाई १० प्रतिशत भाग विक्री गरेको थियो। समायोजन पछि सिटी बेङ्क अझै पनि २३ प्रतिशत सेयरको साथ सबैभन्दा ठूलो सेयरधनी हो।

साम्बा साउदी अमेरिकी बेङ्कको संक्षिप्त परिचय रहेको थियो तर सन् २००३ मा यसको नाम स्थायी रूपमा साम्बा वित्तीय समूहमा परिवर्तन गरिएको थियो र साउदी अमेरिकी बेङ्कका सबै सन्दर्भहरू हटाइएको थियो। यस नाम परिवर्तनले सिटीबेङ्कलाई साउदी अरबमा सञ्चालनबाट रोक्ने र त्यसपछिको २०% सेयर सार्वजनिक बीमाको लागि सामान्य सङ्गठनलाई बेच्ने निर्णय गरेको थियो। आधिकारिक रूपमा, यो राज्यमा विदेशी बेङ्कहरूको सञ्चालन चलाउने कानूनहरूको पूर्वानुमानित विश्रामको कारण भएको थियो। कतिले भने यो साउदी अरबमा बढ्दो अमेरिकी विरोधी भावनाका कारण भएको मान्द‌ै आइरहेका छन्। सन् २००६ मा साउदी बेलायती बेङ्कको नाम र एसएबीबीमा परिवर्तन भएसँग‌ै यो अझै प्रष्ट भएको थियो।

मार्च २००७ मा, साम्बा वित्तीय समूहले पाकिस्तानमा क्रिसेन्ट कमर्सियल बेङ्क लिमिटेड (सिसिबिएल) को ६८% स्वामित्व प्राप्त गरेको थियो। सन् २००२ मा स्थापित सिसिबिएललाई पहिला मसरेक बेङ्क पाकिस्तान लिमिटेड भनेर चिनिन्थ्यो, जुन सन् २००३ मा क्रिसेन्ट इन्भेष्टमेण्ट बेङ्क लिमिटेड र मसरेक बेङ्क पिएससिको पाकिस्तान शाखाको समायोजनको परिणाम हो। सिसिबिएल हमा साम्बा बेङ्कको नामले सेवा सञ्चालन गर्दछ।पाकिस्तान भरि यसका ३७ शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन्। बेङ्कले सन् १०१८ मा आफ्नो शाखा सञ्जाल विस्तार गरेको थियो।

सन् २००८ मा, साम्बाले दुबईमा आफ्नो शाखा कार्यालयको स्थापना गरेको थियो।

सन् २०१७ मा, रानिया महमूद नसारलाई बेङ्कको प्रमुख कार्यकारी अधिकृतको रूपमा नियुक्त गरिएको थियो। यसले साम्बालाई पहिलो सूचीबद्ध साउदी वाणिज्य बेङ्क बनाउँदछ जसमा महिला प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेकी छिन्।[४]

सेवा[सम्पादन गर्नुहोस्]

द्रुत नगद सेवा[सम्पादन गर्नुहोस्]

विदेशमा पैसा हस्तान्तरणको प्रक्रियालाई केही घण्टामै सरलीकृत गर्ने, साम्बा वित्तीय समूह बेङ्किङ क्षेत्रमा पहिलो यस्तो बेङ्क हो। मोहम्मद अख्तर आलम (महाप्रबन्धक) यी सेवाहरूको लागि अग्रगामी रहेका थिए।

मान्यता[सम्पादन गर्नुहोस्]

अगष्ट २०११ मा, साम्बा मध्य पूर्वमा शीर्ष १० सुरक्षित बेङ्कहरूको सूचीमा चौथो स्थानमा रहेको थियो।[५]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Company Details", अन्तिम पहुँच १२ अप्रिल २०२० 
  2. २.० २.१ साम्बा: हाम्रो इतिहास वेब्याक मेसिन अभिलेखिकरण २०१८-०१-०४ मिति
  3. ३.० ३.१ एम घजनफर अलि खान (२८ मे २००४), "سيتي جروب تبيع حصة ٪ في مجموعة سامبا المالية", अरब न्युज। 
  4. "FaceOf: Rania Nashar, CEO of Samba Financial Group - Arab News", अरब न्युज डटकम, सन् २०१७, अन्तिम पहुँच १६ सेप्टेम्बर २०१९, "साम्बा वित्तीय समूह" 
  5. "تستضيف المملكة العربية السعودية من بين أكثر بنوك أمانًا في الشرق الأوسط - أخبار العرب", अरब न्युज, २०११, अन्तिम पहुँच २५ अगस्ट २०११, "साम्बा वित्तीय समूह" 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]