सिङ्गोम्बा रसुवा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

फुलुङ अर्थात् सिङ्गोम्बाको परिचय[सम्पादन गर्नुहोस्]

फुलुङ वा सिङगोम्बा, रसुवा

रसुवा जिल्ला गोसाइँकुण्ड गाउँपालिका, वडा नं ६ ३२५० मीटर उचाईमा रहेको फुलुङ अर्थात् सिङ्गोम्बा प्राचीन गोम्बा हो । चन्दनको काठबाट निर्मित हुनाले यसलाई स्थानीय भाषामा सिङ (काठ) को गोम्बा वा सिङ्गोम्बा भनिएको हो । प्राचीन कालमा यहाँ चन्दनको जंगल रहेको थियो, आगलागी भएर मासिएको भन्ने भनाई रहेको छ ।

प्राचीन कालमा बनेको गुम्बालाई ६/७ दशकअघि मुस्ताङको थाकखोलाबाट आएका लामा दोर्जे हिराचनले यस गोम्बाका लामा मेमेसँग मिलेर पुनर्निर्माण गरेको उल्लेख छ ।

चन्द्र पात्रो अनुसार प्रत्येक वर्ष असोज महिनाको शुक्ल त्रयोदशीदेखि असोज कृष्ण प्रतिपदा तिथिसम्म चार दिन ङ्युङ्ने अर्थात् ब्रत बसी पूजाआजा गरिन्छ । हरेक दिन हिँड्दा वा दिनचर्यामा केही कीरा आदि मरेको हुनसक्ने र त्यसको पापमोचनका निमित्त यो पूजा गरिन्छ ।

फुलुङ अर्थात् सिङ्गोम्बा वरपरका आकर्षणहरू[सम्पादन गर्नुहोस्]

-        धार्मिक, ऐतिहाँसिक, पर्यटकीय, सांस्कृतिक तथा जैविक विविधताको महत्वले परिपूर्ण

-        लोपोन्मुख रेडपाण्डा अवलोकन

-        लाङटाङ राष्ट्रिय निकुञ्ज क्षेत्र (वनस्पति, वन्यजन्तु र चराचुरूङ्गी अवलोकन) लालीगुँरास, धुपी, गोब्रे सल्लो आदि ।

-        लोपोन्मुख जडिबुटीहरूको भण्डार ।

-        हिमाल, झरना, बहुसंख्यक तालतलैयाको हब ।

-        प्राय: सबै किसिमका लालीगुँरास र अन्य सुगन्धित फूलहरूको अवलोकन ।

-        नेपालको तेस्रो पर्यटकीय मार्गमा पर्ने (लाङटाङदेखि गोसाइँकुण्ड- हेलम्बु पदयात्रा)

-        सुविधा सम्पन्न आवास तथा होटल, लजहरूको सुविधा

-        माने, छुर्तेन, गुम्बा र मन्दिरहरूको अवलोकन

फुलुङ अर्थात् सिङ्गोम्बा कसरी पुग्ने ?[सम्पादन गर्नुहोस्]

१)       रसुवा जिल्लाको सदरमुकाम धुञ्चेबाट मिनीगोसाइँकुण्ड (घट्टेखोला), देउराली, धिम्सा हुँदै

२)        रसुवा जिल्लाको कालिकास्थानबाट लोकिल, जुरेढुङ्गा-श्यार्मा हुँदै वा बिजिली जोङ्ग, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड- गोसाइँकुण्ड-लौरीबिना हुँदै

३)        नुवाकोट जिल्लाको विदुरबाट चोकदे, लच्याङ, सरमथली, यार्सा, सिम्बन्दी, श्यार्माबाट नौकुण्ड हुँदै वा यार्साबाट राउचुली, नौकुण्ड- गोसाइँकुण्ड-लौरीबिना हुँदै

४)        नुवाकोटको शिखरबेंशी (दुप्चेश्वर) बाट सागरकुण्ड, नौकुण्ड हुँदै वा शिखरबेंशी, उर्लेनी, राउचुली, नौकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

५)        काठमाण्डौको बुढानीलकण्ठबाट शिबपुरी, दुप्चेश्वर, राउचुली, नौकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

६)        काठमाण्डौंको सुन्दरीजलबाट चिसापानी, पाटीभञ्ज्याङ वा तालामराङ, कुटुमसाङ, मागिनगोठ ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

७)        सिन्धुपाल्चोकको मेलाम्ची पुलबजारबाट तार्केघ्याङ, मेलाम्चीगाउँ, ठाडेपाटी, घोप्टे, फेदिबाट सूर्यकुण्ड - गोसाइँकुण्ड-लौरीबिना हुँदै

सन्दर्भ स्रोत : रसुवा नेपाल