नौकुण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नौकुण्ड
रहेको स्थानरसुवा जिल्ला
भौगोलिक निर्देशांक२८°०३′उ॰ ८५°२३′पू॰ / २८.०५०°N ८५.३८३°E / 28.050; 85.383निर्देशाङ्कहरू: २८°०३′उ॰ ८५°२३′पू॰ / २८.०५०°N ८५.३८३°E / 28.050; 85.383
सतहको उचाई४,२०० मिटर

नौकुण्ड नेपालको वाग्मती प्रदेश अन्तर्गत रसुवा जिल्लाको करीब १४ हजार फिट उचाईमा पर्ने पवित्र धार्मिक तथा पर्यटकीय क्षेत्र हो।[१] यसको वरिपरि विभिन्न कुण्डहरू रहेका छन्। लम्बे कुण्ड, नाग कुण्ड, राजारानी कुण्ड, छेडा कुण्ड, एक्ले कुण्ड, कामीकमिनी कुण्ड, र अन्य दुई कुण्डको पेरिफेरिलाई नौकुण्ड भनेर भनिएको छ। लाङटाङ राष्ट्रिय निकुञ्जभित्र रहेको यो कुण्ड गोसाइँकुण्डभन्दा ओझेलमा परेको छ। यही कुण्डको नामबाट नौकुण्ड गाउँपालिका नामाकरण भएको हो।

यहाँका स्थानीयहरूका अनुसार जनैपूर्णिमा र गङ्गा दशहरामा गोसाइँकुण्ड मेलामा ती कुण्डहरूमा फोहोर हुने हुनाले भगवान शिवजी त्यस समयमा केही दिनका लागि नौकुण्डमा विराजमान हुुनुहुने धार्मिक विश्वास छ। उक्त मेला पश्चात गोसाइँकुण्डको सरसफाई भएपछि मात्र भगवान शिवजी गोसाइँकुण्ड तर्फ जानु हुने विश्वास गरिएको छ।

आगमन[सम्पादन गर्नुहोस्]

रसुवा जिल्लामा अवस्थित नौकुण्ड क्षेत्रमा प्रवेश गर्नका लागि विभिन्न पदमार्गहरू रहेका छन्। कालिका गाउँपालिका अन्तर्गत पर्ने पासाङल्हामु राजमार्गको कालिकास्थानबाट जिबजिबे, ज्याङलाङ, लोकिल, सिपाङ, जुरेढुङ्गा, ढोकाभञ्ज्याङ, नचोक, शेर्मा, बक्सार, परालथला हुँदै नौकुण्ड पुन सकिने मार्ग एउटा हो भने नुवाकोटको बिदुरबाट चोकदे, लच्याङ, सरमथली, पार्च्याङ, लार्च्याङटार, यार्सा, सिम्बन्दी, शेर्मा, बक्सारपरालथला हुँदै नौकुण्ड जाने अर्को पदमार्ग हो। त्यसैगरि काठमाण्डौंको बुढानीलकण्ठबाट र नुवाकोट दुप्चेश्वरबाट सागरकुण्ड हुँदै यस क्षेत्रमा प्रबेश गर्न सकिन्छ। सुन्दरीजल वा मेलाम्चीबाट ठाडेपाटी, घोप्टे, फेदि, सूर्यकुण्ड, गोसाइँकुण्ड, भैरवकुण्ड हुँदै पनि यस क्षेत्रमा पुग्न सकिन्छ। रसुवाको सदरमुकाम धुन्चेबाट नौकुण्डगोसाइँकुण्डसम्म जान र आउन सकिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]