सिन्जो आबे
महामहिम सिन्जो आबे | |
---|---|
安倍 晋三 | |
![]() आबे सन् २०१५ मा | |
जापानको प्रधानमन्त्री | |
पद बहाली सन् २०१२ डिसेम्बर २६ | |
शासक | आकिहितो नारुहितो |
सहायक | तारो आसो |
पूर्वाधिकारी | योसिहिको नोडा |
उतराधिकारी | निर्णयाधीन योसिहिदे सुगा |
कार्यकाल सन् २००६ सेप्टेम्बर २६ – सन् २००७ सेप्टेम्बर २६ | |
शासक | आकिहितो |
पूर्वाधिकारी | जुनिचिरो कोइजुमी |
उतराधिकारी | यासुओ फुकुदा |
लिबरल डेमोक्रेटिक पार्टीका सभापतिहरू | |
पद बहाली सन् २०१२ सेप्टेम्बर २६ | |
सहायक | मासाहिको कोमुरा |
महासचिव | सिगेरू इसिबा सादाकाजु तानिगाकी तोसिहिरो निकाई |
पूर्वाधिकारी | सादाकाजु तानिगाकी |
उतराधिकारी | निर्णयाधीन |
कार्यकाल सन् २००६ सेप्टेम्बर २० – सन् २००७ सेप्टेम्बर २६ | |
महासचिव | सुतोमु ताकेबे हिडेनाओ नाकागावा तारो आसो |
पूर्वाधिकारी | जुनिचिरो कोइजुमी |
उतराधिकारी | यासुओ फुकुदा |
विपक्षी दलको नेता | |
कार्यकाल सन् २०१२ सेप्टेम्बर २६ – सन् २०१२ डिसेम्बर २६ | |
शासक | आकिहितो |
प्रधानमन्त्री | योसिहिको नोडा |
पूर्वाधिकारी | सादाकाजु टानिगाकी |
उतराधिकारी | बानरी काइएडा |
प्रमुख मन्त्रिमण्डल सचिव | |
कार्यकाल सन् २००५ अक्टोबर ३१ – सन् २००६ सेप्टेम्बर २६ | |
प्रधानमन्त्री | जुनिचिरो कोइजुमी |
पूर्वाधिकारी | हिरोयुकी होसोडा |
उतराधिकारी | यासुहिसा सियोजाकी |
प्रतिनिधि सभाको सदस्य | |
पद बहाली सन् १९९६ अक्टोबर २० | |
पूर्वाधिकारी | 'नयाँ निर्वाचन क्षेत्र' |
निर्वाचन क्षेत्र | यामागुची चौथौ जिल्ला |
Majority | ८६,२५८ (५८.४०%) |
कार्यकाल सन् १९९३ जुलाई १८ – सन् १९९६ अक्टोबर २० | |
पूर्वाधिकारी | 'नयाँ निर्वाचन क्षेत्र' |
उतराधिकारी | मासाहिको कोमुरा |
निर्वाचन क्षेत्र | यामागुची पहिलो जिल्ला |
व्यक्तिगत विवरण | |
जन्म | 安倍晋三 (आबे सिन्जो ) २१ सेप्टेम्बर १९५४ टोकियो, जापान |
राजनीतिक दल | लिबरल डेमोक्रेटिक पार्टी |
जीवन साथी(हरू) | |
अभिभावक(हरू) | सिन्तारो आबे योको आबे |
निवास | 'कान्तेई' |
मातृ शिक्षाप्रतिष्ठान | सेइकेई विश्वविद्यालय (बिए) दक्षिणी क्यालिफोर्निया विश्वविद्यालय |
सिन्जो आबे (安倍 晋三, आबे सिन्जो [abe ɕin(d)zoː]; जन्म: सन् १९५४ सेप्टेम्बर २१) एक जापानी राजनीतिज्ञ हुन् जसले सन् २००६ देखि सन् २००७ र सन् २०१२ देखि सन् २०२० सम्म जापानको प्रधानमन्त्री तथा लिबरल डेमोक्रेटिक पार्टीको सभापतिको रूपमा सेवा दिएका थिए। उनले सन् २००५ देखि सन् २००६ सम्म प्रमुख मन्त्रिमण्डल सचिवको रूपमा समेत जिम्मेवारी सम्हालेका थिए। आबे जापानको इतिहासमा सबैभन्दा लामो समयसम्म प्रधानमन्त्रीको जिम्मेवारी निर्वाह गर्ने नेता हुन्।[१][२]
सन् १९९३ को जापानी आम निर्वाचनमा विजयी भएपछि सन् २००५ सेप्टेम्बरमा जुनिचिरो कोइजुमीले उनलाई प्रमुख मन्त्रिमण्डल सचिव नियुक्त गरेका थिए। आबेले सन् २००६ सेप्टेम्बरमा भएको लिबरल डेमोक्रेटिक पार्टीको निर्वाचनमा कोइजुमीलाई प्रतिस्थापन गर्दै पार्टीको सभापति बनेका थिए। आबे जापानको राष्ट्रिय संसद (डाइट)को विशेष सत्रमा सन् २००६ सेप्टेम्बर २६ मा पहिलो पटक प्रधानमन्त्री पदका लागि छानिदा उनी द्वितीय विश्व युद्ध पछि जापानको सबैभन्दा कम उमेरका प्रधानमन्त्री बनेका थिए। उनी जापानका प्रधानमन्त्री हुँदा ५२ वर्षका थिए साथै द्वितीय विश्व युद्ध पछि जन्मिने पहिलो प्रधानमन्त्री हुन्। एक वर्षभन्दा पनि कम अवधिसम्म पदमा बहाल रहेपछि उनले स्वास्थ्य समस्याका कारण सन् २००७ सेप्टेम्बर १२ मा प्रधानमन्त्री पदबाट राजिनमा दिए, त्यसपछि उनलाई यासुओ फुकुदाले प्रतिस्थापित गरे।
सन् २०१२ सेप्टेम्बर २६ मा आबेले भूतपूर्व रक्षा मन्त्री सिगेरू इसिबालाई पराजित गर्दै लिबरल डेमोक्रेटिक पार्टीको सभापतिको चुनाव जित्न सफल भए। लिबरल डेमोक्रेटिक पार्टीको सभापतीय निर्वाचन जितेपछि उनी सन् २०१२ को साधारण निर्वाचन जितेर पुन: जापानको प्रधानमन्त्री बने। सन् १९४८ मा सिगेरू योसिदापछि प्रधानमन्त्री कार्यलय फर्किने उनी पहिलो प्रधानमन्त्री बन्न सफल भए। आबे सन् २०१४ को साधारण निर्वाचनमा आफ्नो साझेदार कोमेइटोसँगको गठबन्धनमा पुन: बहुमतका साथ निर्वाचित भए।[३]
सन् २०२० अगस्ट २८ मा, आबेले अस्वस्थता देखाउँदै प्रधानमन्त्री पदबाट अनिर्णित राजिनामा दिएका छन्। उनी लामो समयदेखि अल्सरेटिभ कोलाइटिसबाट पीडित छन्।[४][५] उनले लिबरल डेमोक्रेटिक पार्टीको सभापति नछानिएसम्म पदमा रहिरहने जनाएका छन्। आफ्नो अस्वस्थताका कारण सरकारको निर्णय प्रक्रियामा प्रभाव नपरोस् भन्ने लागेको बताउँदै उनले पदावधि पूरा गर्न नपाएकोमा जापानी जनतासँग क्षमायाचना मागेका थिए।[६][७]
जीवनी[सम्पादन गर्ने]
आबेको जन्म जापानको राजधानी टोकियोको एक स्थायी राजनीतिक परिवारमा भएको हो। उनको परिवार मूलत: यामागुची पर्फेक्चरका निवासी हुन् र आबे उनको हजुरबुवाको जन्म भएको स्थान नागाटोका पञ्जीकृत वासिन्दा हुन्। उनको हजुरबुवा कान आबे र बुवा सिनतारो आबे दुवै राजनीतिज्ञ हुन्। आबेकी आमा, योको किसी[८] जापानका प्रधानमन्त्री नोबुसुके किसी (१९५७-१९६०)की छोरी हुन्। किसी द्वितीय विश्व युद्धका समय हिडेकी तोजोका मन्त्रिपरिषदको सदस्य थिइन्।[९]
आबेले सन् १९७७ मा सेइकेई विश्वविद्यालयबाट राजनीतिक विज्ञान विषयबाट स्नातक तह र जन प्रशासनिक विषयमा अध्ययन गरेका हुन्। उनी पछि संयुक्त राज्य अमेरिका गएर दक्षिणी क्यालिफोर्निया विश्वविद्यालयबाट जन नीति विषयको अध्ययन गरेका थिए।[१०] सन् १९७९ अप्रिलमा आबे कोबी स्टिलमा कार्य गर्न प्रारम्भ गरे।[११] सन् १९८२ मा उनले सो कम्पनीबाट राजिनामा दिएर राजनीतिमा प्रवेश गरेका थिए।[१२]
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ Sposato, William, "Shinzo Abe Can’t Afford to Rest on His Laurels"।
- ↑ "Japanese PM Shinzo Abe resigns for health reasons", २८ अगस्ट २०२०, अन्तिम पहुँच २८ अगस्ट २०२० – www.bbc.comद्वारा।
- ↑ "戦後70年の首相談話 閣議決定", NHK, मूलबाट १४ अगस्ट २०१५-मा सङ्ग्रहित।
- ↑ "स्वास्थ्यलाई कारण देखाउँदै आबेद्वारा पदबाट राजीनामा", रेडियो कान्तिपुर (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२९।
- ↑ "पेटका बिरामी जापानी प्रधानमन्त्री आवे राजिनामा दिँदै", सरल पत्रिका (नेपालीमा), अन्तिम पहुँच २०२०-०८-२९।
- ↑ "Japan PM Abe announces his resignation at press conference", Kyodo News, २८ अगस्ट २०२०, अन्तिम पहुँच २८ अगस्ट २०२०।
- ↑ "Shinzo Abe: Japan's PM resigns for health reasons", BBC, अन्तिम पहुँच २८ अगस्ट २०२०।
- ↑ JPop.com – JPop bands, albums, songs, and info (Kishi Yōko)
- ↑ "Formed in childhood, roots of Abe's conservatism go deep" - Japan Times - Dec 26, 2012
- ↑ The Dragons of Troy, USC Trojan Family Magazine, Winter 2006, accessed December 22, 2012.
- ↑ Profile: Shinzo Abe BBC News ढाँचा:WebCite
- ↑ Shinzo Abe the Chief Cabinet Secretary Shinzo Abe's official website ढाँचा:WebCite
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा सिन्जो आबे सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |
- आधिकारिक वेबसाइट
- जापानको प्रधानमन्त्रीको आधिकारिक वेबसाइट (अङ्ग्रेजीमा)