सामग्रीमा जानुहोस्

सिपराजा बुङ्गेचरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सिपराजा बुङ्गेचरा
भाले सिपराजा बुङ्गेचरा
पोथी (नेपालमा)
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
A. siparaja
वैज्ञानिक नाम
Aethopyga siparaja
(Raffles, १८२२)

सिपराजा बुङ्गेचरा नेपालमा पाइने बुङ्गेचराको एक प्रजाति हो। यो चरा आफ्नो साना पंखेटाको मद्द्दतले छिटो र सिधा उड्ने गर्छ। यसलाई अङ्ग्रेजीमा क्रिम्सन सनबर्ड (Crimson Sunbird) भनिन्छ ।

सिपराजा बुङ्गेचरा सिंगापुरको अनाधिकारिक राष्ट्रिय चरा हो।[२]

सिपराजा बुङ्गेचराको लम्बाई ११ सेन्टिमिटर हुन्छ। वयस्क भालेको क्रिमसन रङ्गको छाती र पछाडी मरून रङ्गको हुन्छ। यसको चाक पहेंलो र पेट जैतून रङ्गको हुन्छ। पोथी सिपराजा बुङ्गेचराको ढाड जैतून-हरियो रङ्गको, छाती पहेंलो र प्वाँखहरूमा सेतो छिर्का हुन्छ। अधिकतम स्थानहरूमा भाले सिपराजा बुङ्गेचराको पुच्छर लामो र हरियो-निलो मिश्रीत रङ्गको हुन्छ।

वितरण तथा वासस्थान

[सम्पादन गर्नुहोस्]

सिपराजा बुङ्गेचरा नेपाल लगायत दक्षिण तथा दक्षिणपूर्वी एसियामा भारत, बङ्गलादेश, म्यानमार देखि इन्डोनेसियासम्म पाइने गर्छ। यसले रूखम बनाएको गुँडमा दुई देखि तिनवटा अण्डा पार्ने गर्छ। यो चरा सामान्य जङ्गल तथा खेतीयोग्य क्षेत्रहरूको नजिकमा बस्ने गर्छ।

तस्वीर सङ्ग्रह

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. BirdLife International (२०१२), "Aethopyga siparaja", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२ 
  2. Ng, Peter K. L., सम्पादक (२०११), "Sunbird", Singapore Biodiversity: An Encyclopedia of the Natural Environment and Sustainable Development, Editions Didier Millet, पृ: 472, आइएसबिएन 9789814260084, अन्तिम पहुँच २०१४-११-२६ 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]