सेतोकण्ठे धिप्सी
सेतोकण्ठे धिप्सी | |
---|---|
![]() | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | S. insignis
|
वैज्ञानिक नाम | |
Saxicola insignis Gray, 1846 |
सेतोकण्ठे धिप्सी नेपालमा पाइने एक प्रकारको चराको नाम हो। विश्वमा यसको संख्या लगभग ३,००० देखि १५,००० को बीचमा रहेको अनुमान छ। यो प्रजाति अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूचीमा संवेदनशील अवस्थामा सूचिकृत छ।[१] यसलाई अङ्ग्रेजीमा ह्वाइट-थ्रोटेड बुस च्याट (White-throated bush chat) भनिन्छ।
विबरण[सम्पादन गर्ने]
भाले सेतोकण्ठे धिप्सीको कण्ठको सेतो फैलिएर लगभग पूरै सेतो कठालो बनाउँछ र झेकझेक झेप्सीको दाँजोमा पखेटामा बढी सेतो हुन्छ। पोथी सेतोकण्ठे धिप्सीको पङ्खरेखी र मुख्य ढकनीको टुप्पो तिर चौडा मैलामैलो सेतो हुन्छ।
वितरण तथा वासस्थान[सम्पादन गर्ने]
सेतोकण्ठे धिप्सी हिउँद मौसममा नेपाल तथा भारतका केही भूभागमा बसोबास गर्छ भने गृष्म मौसममा कजाख्स्तान, मङ्गोलियाका पहाड तथा रसियाका केही भूभागमा बसोबास गर्छ। नेपालको सन्दर्भमा यो चरा चितवन राष्ट्रिय निकुञ्ज, शुक्लाफाँट वन्यजन्तु आरक्ष तथा लुम्बिनी सारस संरक्षण क्षेत्रमा पाइएको अभिलेख छ। साथै भारतमा काजिरङ्गा, मानस तथा जिम कर्बेट राष्ट्रिय निकुञ्जहरूमा पाइएको अभिलेख छ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ १.० १.१ "Saxicola insignis", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2017-3, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, २०१२, अन्तिम पहुँच २६ नोभेम्बर २०१३।
बाह्य कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Category:Saxicola insignis सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |