सोनल चौहान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सोनल चौहान
चौहान सन् २०१८ मुम्बईमा
जन्म (1985-05-16) १६ मे १९८५ (उमेर ३८) वा
(1987-05-16) १६ मे १९८७ (उमेर ३६)[१][२]
बुलन्दसहर वा आगरा[१][३]
राष्ट्रियताभारतीय
मातृ शिक्षाप्रतिष्ठानगार्गी कलेज
पेशा
  • मोडल
  • अभिनेत्री
  • गायिका
कार्यकालसन् २००५ – वर्तमान
उपाधिफेमिना मिस इन्डिया वर्ल्ड टुरिज्म २००५
'मिस वर्ल्ड टुरिज्म २००५'

सोनल चौहान एक भारतीय फेसन मोडल, गायिकाअभिनेत्री हुन् जो मुख्य रूपमा तेलुगु चलचित्रबलिउड चलचित्र उद्योगमा अभिनय गर्ने गर्छिन्।[४] उनी सौन्दर्य प्रतियोगिता जितेर अभिनेत्रीको रूपमा बलिउड चलचित्र 'जन्नत'मा अभिनय गरेर आफ्नो चलचित्र जीवनको पदार्पण गरेकी थिइन्।[५]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]

चौहानको जन्म भारतीय राजपुत परिवारमा भएको हो।[६] उनले आफ्नो विद्यालय शिक्षा नोएडाको दिल्ली पब्लिक स्कूलबाट पुरा गरिन्।[७] उनले यसपछि नयाँ दिल्लीको गार्गी कलेजबाट मनोविज्ञान विषयमा स्नातक उतिर्ण गरेकी हुन्।[८]

करियर[सम्पादन गर्नुहोस्]

मोडलिङ करियर[सम्पादन गर्नुहोस्]

सन् २००५ मा सोनलले मलेसियाको सारावाक राज्यमा आयोजना गरिएको 'मिस वर्ल्ड टुरिज्म २००५' को उपाधि जित्न सफल भएकी थिइन्।[९] उनी मिस वर्ल्ड टुरिज्मको उपाधि जित्ने पहिलो भारतीय हुन्।[१०] उनी मोडलिङ तथा फेसन पत्रिका 'एफएचएम'को आवरण पृष्ठमा समेत देखा परेकी छिन्।[११]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "'जन्नत' फेम सोनल चौहान अब 'पलटन' के लिए तैयार, इन तस्वीरों में देखें उनका स्टाइल", Dainik Jagaran (हिन्दीमा), १७ मे २०१८, अन्तिम पहुँच ६ मार्च २०१९ 
  2. एंटरटेनमेंट डेस्क (१६ मे २०१८), "रेस्टोरेंट में खुली थी सोनल चौहान की किस्मत, माल्या के बेटे से लेकर सलमान के भाई को कर चुकी हैं डेट", Amar Ujala (हिन्दीमा), अन्तिम पहुँच ६ मार्च २०१९ 
  3. Salim, Lubna (२५ अगस्ट २०१८), "Sonal Chauhan confesses her biggest fashion faux pas: plastic bra straps", Hindustan Times, अन्तिम पहुँच ६ मार्च २०१९ 
  4. "Sonal Chauhan to do an Urmila in Balayya's next", The Times of India, अन्तिम पहुँच २० डिसेम्बर २०१९ 
  5. Jha, Sumit (५ मे २०१३), "Doing intimate scenes with Emraan is easier: Sonal Chauhan - Times of India", The Times of India (अङ्ग्रेजीमा), अन्तिम पहुँच १ नोभेम्बर २०२० 
  6. "When Sonal Chauhan felt like Rajput princess", Zee News (अङ्ग्रेजीमा), २१ अगस्ट २०१४, अन्तिम पहुँच ३ अगस्ट २०२० 
  7. "Sonal Chauhan interview", Telugu Cinema, ३ जुन २००८, अन्तिम पहुँच १४ मे २०११  वेब्याक मेसिन अभिलेखिकरण २४ मार्च २०१२ मिति
  8. "Sonal Chauhan interview", The Times of India, ११ अक्टोबर २००९, अन्तिम पहुँच १४ मे २०११  वेब्याक मेसिन अभिलेखिकरण ६ जुन २०१२ मिति
  9. Raul Dias (२६ जुलाई २००५), "She's all that!", The Times of India, अन्तिम पहुँच २३ मे २००८ 
  10. Raul Dias (२७ जुलाई २००५), "Indian girl is Miss World Tourism | India News", The Times of India, अन्तिम पहुँच २१ जुन २०१९ 
  11. "Sonal Chauhan birthday: Brace yourself, the Jannat actress might steal your heart with her super stylish snaps | Entertainment News", www.timesnownews.com, अन्तिम पहुँच २१ जुन २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]