सारस
सारस | |
---|---|
दक्षिण एसियाली प्रजाति Grus antigone antigone | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत
|
सङ्घ: | |
वर्ग: | |
गण: | |
कुल: | |
वंश: | |
प्रजाति: | G. antigone
|
वैज्ञानिक नाम | |
Grus antigone (Linnaeus, 1758) | |
Subspecies | |
Approximate current global distribution
| |
पर्याय | |
Ardea antigone protonym |
सारस (Antigone antigone) नेपाल लगायत दक्षिण एसिया र दक्षिणपूर्वी एसिया एवं अस्ट्रेलियाको रैथाने चरा संसार कै ठुलो चराहरु मा गणना हुन्छ | यो चरा एकै क्षेत्रमा बस्न रुचाउँछ र बसाई सराई गर्दैन | सेतो टाउको, रातो घाँटी र खैरो शरीर हुने यो चरा लाई अङ्ग्रेजीमा 'सारस क्रेन' (Sarus Crane) भनिन्छ | वैज्ञानिक नाम 'ग्रस एन्टिगन' (Grus antigone) रहेको यो प्रजातिको सारसलाई विश्वमै दुर्लभ श्रेणीको चरा मानिन्छ। यो प्रजातिको सारस ६ फिटसम्म अग्लो र साढे ३ किलो तौलको हुने र पखेटा फैलाउँदा दुवै पखेटाको लम्वाइ ८ फिटसम्म पुग्छ।
विबरण
[सम्पादन गर्नुहोस्]वयस्क सारस फुस्रो रङको हुन्छ र यसको नाङ्गो रातो टाउको हुन्छ तथा घाँटीको माथिल्लो भागमा नाङ्गो खरानीहरियो तालु हुन्छ। उडानका बेला काला मुख्य पखेटाहरु बाँकी पखेटासँग प्रष्ट फरक देखिन्छन् । बच्चाको टाउको र घाटीतिर खियामैला रङ्का प्वाखहरू र माथिल्लो भाग खैरो चिन्हरू हुन्छन्। पुराना अल्पवयस्कहरू वयस्क जस्तै देखिने तर यिनको टाउको तथा घाँटीको माथिल्लो भाग फिक्का रातो र वयस्कको जस्तो हरियो हरियो तालु हुदैन् । यो उड्ने चरा मध्ये सबैभन्दा अग्लो चरा हो। समान्यतया यसको तौल ५ देखि १२ किलोग्राम (११ देखि १२ पाउण्ड), उचाई ११५ देखि १६७ सेन्टिमिटर (४५०५ देखि ६५.५ इन्च) तथा पंखेटा २२० देखि २५० सेन्टिमिटर (८६.५ देखि ९८०५ इन्च) हुन्छ।
वितरण तथा वासस्थान
[सम्पादन गर्नुहोस्]नेपालमा यस को मुख्य वासस्थान चितवन रहेको छ। नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐन २०२९ ले उक्त प्रजातिको सारसलाई संरक्षित पंक्षीको सूचिमा समाविष्ट गरेको छ भने साइटिसले अनुसूची २ र आईयुसीएनले रातो किताबमा संवेदनाशील सूचीमा राखेको छ। यो प्रजातिको पंक्षी दलदल (सिमसार) क्षेत्रमा बसोवास गर्ने गर्दछ।
खतरा तथा संरक्षण अवस्था
[सम्पादन गर्नुहोस्]यो प्रजाति नेपाल लगायत विश्वमा संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । नेपाल सरकारले यसलाई संरक्षित पन्छीको सूचीमा राखेको छ। सारसको अण्डा, मासु र प्वाँखका लागि यसको अवैध सिकार हुने गरेको छ | कोलाह, प्रदूषण र बासस्थान विनाशका कारण यिनको संख्या पनि दिन प्रतिदिन घट्दै गइरहेको छ |
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ BirdLife International (२०१२), "Grus antigone", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ, अन्तिम पहुँच १६ जुलाई २०१२।
- ↑ Blanford, W.T (१८९६), "A note on the two sarus cranes of the Indian region", Ibis 2: 135–136।