ढाँचा:प्रमुख लेख/पोखरा महानगरपालिका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पोखरा नेपालको गण्डकी प्रदेश स्थित कास्की जिल्लामा रहेको महानगरपालिका हो । विसं २०५२ माघ १८ गते उपमहानगरपालिका घोषित पोखरालाई सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले विसं २०७३ फाल्गुन २७ गते महानगरपालिका घोषणा गरेको हो। यस महानगरपालिकाको क्षेत्रफल ४६४.२४ वर्ग कि. मी. रहेको छ भने कुल जनसङ्ख्या ४,१४,१४१ रहेको छ। महानगरपालिकाको केन्द्र साबिक पोखरा उपमहानगरपालिका कार्यालय नै रहेको छ। पोखरा लेखनाथ महानगरपालिका, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, मौजा, चापाकोट, भदौरे तमागीको (३,९) वडाहरू, कास्कीकोट, माझठानाको (१,४,९) वडाहरू कालिकाको (१,५) वडाहरू र पुरन्चौर गाउँ विकास समिति मिलि कुल ३३ वटा वडामा विभाजित छ। पोखरा लेखनाथ महानगरपालिकाको पूर्वी सिमानामा मादी गाउँपालिकारूपा गाउँपालिका, पश्चिममा अन्नपूर्ण गाउँपालिका, पर्वतस्याङ्जा जिल्ला रहेको छ उत्तरी सिमानामा माछापुच्छ्रे गाउँपालिकामादी गाउँपालिका तथा दक्षिणमा स्याङ्जातनहुँ जिल्ला रहेको छ।

पोखरा महानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थानको रूपमा परिचित छ। पोखरा सहर नेपालको ठूलो सहर हो। त्यसैले पोखरालाई नेपालको एक महत्त्वपूर्ण पर्यटकीय स्थलको रूपमा पनि लिने गरिन्छ । यहाँका महत्पूर्ण स्थानहरूमा फेवा ताल, महेन्द्र गुफा, पातले छाँगो, सराङकोट आदि पर्दछन्। यो सहर कास्की जिल्लाको जिल्ला सदरमुकामका साथै गण्डकी प्रदेशको पनि सदरमुकाम हो। पोखरा सहर नेपालको प्रमुख सहरमध्ये एक हो। पोखरा नेपालको प्रमुख पर्यटकीय गन्तव्य स्थलमध्ये पर्दछ। देश अनि विदेशबाट हजारौँ पर्यटक पोखरा भ्रमण गर्न आउने गर्दछन्।(पूरा  पढ्नुहोस्...)