नेपालका प्रमुख ताल तलैया तथा कुण्डहरु
मुगु जिल्ला[सम्पादन गर्नुहोस्]
रारा ताल[सम्पादन गर्नुहोस्]
रारा ताल कर्णाली प्रदेशको मुगु जिल्ला पर्ने नेपालको सबैभन्दा ठूलो ताल हो। यसको लम्बाई करिब ५.२ किलोमिटर (पूर्व-पश्चिम ), चौडाइ २.४ किलोमिटर तथा गहिराई १६७ मिटर रहेको छ । यसलाई रारा दह पनि भनिन्छ। यस ताललाई कर्णालीमा स्वर्गकि अप्सरा भन्ने गरिन्छ ।
डोल्पा जिल्ला[सम्पादन गर्नुहोस्]
फोक्सुण्डो ताल[सम्पादन गर्नुहोस्]
फोक्सुण्डो ताल नेपालको सबभन्दा गहिरो र ठूलो ताल हो। यो ताल समुद्री सतहभन्दा करिब ३९०० मिटरको उचाइमा छ। यस तालको लम्बाइ ४.८ किलोमिटर., चौडाइ १.६ किलोमिटर र गहिराइ ६५० मिटर छ। कान्जिरोवा हिमालको काखमा अवस्थित यो ताल 'वाई' आकारको छ। फोक्सुण्डो तालबाट सुलिगाँड झरना निस्केको छ। फोकसुण्डो तालको पानीको घनत्व ४०,९०,००,००० घनमिटर रहेको छ भने पानीको बहाव ३.७१५ घनमिटर प्रति सेकेन्ड रहेको छ।
जगदुल्ला ताल डोल्पा जिल्लामा पर्दछ ।
पुथा दह[सम्पादन गर्नुहोस्]
मनाङ जिल्ला[सम्पादन गर्नुहोस्]
तिलिचो ताल[सम्पादन गर्नुहोस्]
तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर र गहिराई सरदर २०० मिटर छ ।
चितवन जिल्ला[सम्पादन गर्नुहोस्]
बिसहजारी ताल[सम्पादन गर्नुहोस्]
बिसहजारी ताल नेपालको चितवन जिल्लामा अवस्थित ताल तथा रामसार क्षेत्र हो । यो ताल समुन्द्र सतहबाट २८६ मिटर (९३८ फिट) को उचाइमा अवस्थित छ । यस ताल तथा रामसार क्षेत्रले जम्मा ३,२०० हेक्टर (७,९०० एकड) क्षेत्रफल ओगटेको छ ।
नन्द भाउजू ताल[सम्पादन गर्नुहोस्]
गडुवाल ताल[सम्पादन गर्नुहोस्]
कसरा ताल[सम्पादन गर्नुहोस्]
तमोरघैला ताल[सम्पादन गर्नुहोस्]
रसुवा जिल्ला[सम्पादन गर्नुहोस्]
भैरव कुण्ड[सम्पादन गर्नुहोस्]
गोसाइँकुण्ड[सम्पादन गर्नुहोस्]
नेपालको रसुवा जिल्लामा ४,३८० मिटरको उचाईंमा रहेको गोसाइँकुण्ड चौथाइ माइल फराकिलो निलो पानीको सरोवर हो । यसका वरिपरि अरू १०८ वटा कुण्ड रहेका छन् ।
गणेश कुण्ड[सम्पादन गर्नुहोस्]
नाग कुण्ड[सम्पादन गर्नुहोस्]
सरस्वती कुण्ड[सम्पादन गर्नुहोस्]
काठमाडौँ जिल्ला[सम्पादन गर्नुहोस्]
कमल पोखरी[सम्पादन गर्नुहोस्]
कटुवाल दह[सम्पादन गर्नुहोस्]
पानी पोखरी[सम्पादन गर्नुहोस्]
रानी पोखरी[सम्पादन गर्नुहोस्]
नाग पोखरी[सम्पादन गर्नुहोस्]
ललितपुर जिल्ला[सम्पादन गर्नुहोस्]
प्रयाग पोखरी[सम्पादन गर्नुहोस्]
गुइटोल पोखरी[सम्पादन गर्नुहोस्]
इपी दह (वोजे पोखरी)[सम्पादन गर्नुहोस्]
पूर्ण चन्डी[सम्पादन गर्नुहोस्]
भक्तपुर जिल्ला[सम्पादन गर्नुहोस्]
कास्की जिल्ला[सम्पादन गर्नुहोस्]
फेवा ताल[सम्पादन गर्नुहोस्]
फेवा ताल नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा अवस्थित अत्यन्तै प्रसिद्ध ताल हो । फेवा ताल समुन्द्रको सतहदेखी ७४२ मिटर (२४३४ फिट) को उचाईंमा स्थित रहेको छ । यस तालले लगभग ५.२३ बर्ग किमी (२ बर्ग माइल) क्षेत्रफल ओगटेको छ | यस तालको औषत गहिराइ ८.६ मिटर (२८ फिट) रहेको छ भने अधिकतम् गहिराइ २४ मिटर (७९ फिट) रहेको छ ।[१]
रुपा ताल[सम्पादन गर्नुहोस्]
रुपा ताल कास्की जिल्लाको लेखनाथ नगरपालिकामा अवस्थित रमणीय ताल हो । यस नगरपालिकाको दोस्रो ठूलो तालको रूपमा रहेको यस तालको अहिलेको क्षेत्रफल१.१५ वर्ग कि.मि.(११५ हेक्टर) रहेको छ। यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको १.४% र सम्पुर्ण ताल क्षेत्रको २५% भाग ओगटेको छ । ४.५ देखि ६.०मिटरसम्म गहिराइ भएको यस तालको वर्तमान अवस्था चिन्ताजनक छ । यो ताल नगरपालिकाको वडा नं. १०, ११, १४ र रुपाकोट गाविसको सिमानाभित्र अवस्थित छ । [२]
बेगनास ताल[सम्पादन गर्नुहोस्]
लेखनाथ नगरपालिकाको सबैभन्दा ठूलो तालको रूपमा रहेको यस तालको क्षेत्रफल ३.७३ वर्ग कि. मि. (३७३ हेक्टर ) रहेको छ । यस तालले लेखनाथ नगरपालिकाको कुल क्षेत्रफलको ४.७% र सम्पुर्ण ताल क्षेत्रको ८१% भाग ओगटेको छ । ७.५ देखि १०.६ मिटर गहिराइ भएको यस तालमा बि.स. २०४४ सालमा बाँधबाधेपछि २२० हेक्टरबाट बढि ३७३ हेक्टर पुगेर कूल क्षेत्रपल १५३ हेक्टर बृद्धि भएको छ । यहि बाँधबाट निकालिएको नहरले नगरपालिकाको खुदी फाँट र मालमूल फाँटमा सिंचाइ सुबिधा हुँदै आएको छ । [२]
मैदी ताल[सम्पादन गर्नुहोस्]
यो ताल लेखनाथ नगरपालिकाको सबैभन्दा सानो ताल हो। यसको क्षेत्रफल १.१७ हेक्टर रहेको छ । तालले यस नगरपालिकाको कुल क्षेत्रफलको ०.०१४% भाग र ताल क्षेत्रको ०.२५% भाग ओगटेको छ। यो ताल वेगनास, रुपा, खाष्टे, दिपाङ्ग, गुँदे र न्युरेनी तालभन्दा क्रमश:३१८, ९८.२, ११.५१, ७.६७, ४.२५, २.४१ गुणा सानो छ। यो ताल नगरपालिकाको वडा नं. ९ र कालिका गाविसको सीमाभित्र अवस्थित छ। यो ताल वेगनास र रुपा तालभन्दा पश्चिममा र गुँदे, दिपाङ्ग, खाष्टे र न्युरेनी तालभन्दा पूर्वमा रहेको छ। [२]
बुढुवा ताल[सम्पादन गर्नुहोस्]
कल्छुमन ताल[सम्पादन गर्नुहोस्]
== गोरखा जिल्ला कल्छुमन ताल,काल दह,रून्चेताल,नागदह
मकवानपुर जिल्ला[सम्पादन गर्नुहोस्]
भोजपुर जिल्ला[सम्पादन गर्नुहोस्]
संखुवासभा जिल्ला[सम्पादन गर्नुहोस्]
दोलखा जिल्ला[सम्पादन गर्नुहोस्]
अर्घाखाँची जिल्ला [सम्पादन गर्नुहोस्]
यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
- नेपालका प्रमुख झरनाहरु
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]
- ↑ Rai, Ash Kumar (२०००), "फेवा ताल र यसको विविधता", Limnology 1: 81–89, डिओआई:10.1007/s102010070014।[dead link]
- ↑ २.० २.१ २.२ लेखनाथ नगरपालिकाको धार्मिक तथा पर्यटकिय स्थलहरु र त्यहाँ रहेका सात तालहरूको विवरण वेब्याक मेसिन अभिलेखिकरण २०१३-०९-०७ मिति, लेखनाथ नगरपालिका