लात्भिया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
गणतन्त्र लात्भिया
लात्भियाको झण्डा
झन्डा
लात्भियाको निशान छाप
प्रतीकचिह्न
राष्ट्रिय गान: Dievs, svētī Latviju!
(नेपाली: "भगवानले लात्भियालाई आशिष दिनुहुन्छ!")
 लात्भिया-अवस्थिति (गाढा हरियो) – युरोप (हरियो & गाढा खैरो) – युरोपेली सङ्घ (हरियो)  –  [व्याख्या]
 लात्भिया-अवस्थिति (गाढा हरियो)

– युरोप (हरियो & गाढा खैरो)
– युरोपेली सङ्घ (हरियो)  –  [व्याख्या]

राजधानी
र सबैभन्दा ठुलो सहर
रिगा
५६°५७′उ॰ २४°६′पू॰ / ५६.९५०°N २४.१००°E / 56.950; 24.100
आधिकारिक भाषाहरूलात्भियाली
जातिगत समूहहरू
(सन् २०१९[१])
  • ६२.५% लात्भियाली
  • २४.७% रुसी
  • 3.2% बेलारुसी
  • २.२% युक्रेनी
  • १.९% पोल्यान्डेली
  • १.१% लिथुआनियाली
  • ०.२% रोमानी
  • ०.२% यहूदी
  • ३.६% अन्य /
    नछुट्याइएको
धर्म
(सन् २०११)
रैथाने(हरू)लात्भियाली
सरकारएकात्मक संसदीय संवैधानिक गणतन्त्र
एगिल्स लेभित्स
Krišjānis Kariņš
व्यवस्थापिकासाइमा
स्वतन्त्र 
• घोषणा[२]
१८ नोभेम्बर १९१८
• मान्यता प्राप्त
२६ जनवरी १९२१
• हालको संविधान
७ नोभेम्बर १९२२
२१ अगस्ट १९९१
• युरोपेली सङ्घमा आवद्ध
१ मे २००४
क्षेत्रफल
• जम्मा
६४,५८९ किमी (२४,९३८ वर्ग माइल) (१२२औँ)
• पानी (%)
२.०९ (सन् २०१५)[३]
जनसङ्ख्या
• सन् २०२० अनुमानित
१९,०७,६७५[४] (१४७औँ)
• सन् २०११ जनगणना
२०,७०,३७१[५]
• घनत्व
२९.६ /किमी2 (७६.७ /वर्ग माइल) (१४७औँ)
कुल ग्राहस्थ उत्पादन (क्रय शक्ति समता)सन् २०२१ लगत
• जम्मा
$६३.५३९ अर्ब[६]
• प्रति व्यक्ति
$33,393[६]
कुल ग्राहस्थ उत्पादन (साङ्केतिक)सन् २०२० लगत
• जम्मा
$३७.७२० अर्ब[६]
• प्रति व्यक्ति
$१९,८२४[६]
गिनी (सन् २०१९)३५.२[७]
मध्यम
मानव विकास सूचकाङ्क (सन् २०१९)०.८६६[८]
धेरै उच्च · 37th
मुद्रायुरो (€) (EUR)
समय क्षेत्रअन्तर्राष्ट्रिय प्रमाणिक समय+२ (पूर्वीय युरोपेली समय)
• ग्रीष्मकालीन (दिवाप्रकाश समय बचत)
अन्तर्राष्ट्रिय प्रमाणिक समय+३ (पूर्वीय युरोपेली ग्रीष्मकालिन समय)
सडक प्रयोगदायाँ
टेलिफोन कोड+३७१
इन्टरनेट डोमेन.lv
  1. लात्भियाली भाषा देशको आधिकारिक भाषा हो[९][१०] लिभोनियाली यहाँको लोपोन्मुख भाषा मध्ये एक हो र यसलाई विशेष कानुनी स्थिति प्रदान गरिएको छ।[११] लात्गाली लिखित भाषा हो र लात्भियाली साङ्केतिक भाषालाई विशेष कानुनी स्थिति प्रदान गरिएको छ।[१२]
  2. लात्भिया कानुनी रूपमा १८ नोभेम्बर १९१८ देखि अस्तित्वमा आएको थियो।
  3. युरोपेली सङ्घको सदस्य राष्ट्र भएकाले डटइयू डोमेन पनि प्रयोगमा रहेको छ।

लात्भिया, लात्भियाली: Latvija [ˈlatvija]; लात्गाली: Latveja; लिभोनियाली: Leţmō), वा आधिकारिक रूपमा गणतन्त्र लात्भिया[१३] (लात्भियाली: Latvijas Republika, लात्गाली: Latvejas Republika, लिभोनियाली: Leţmō Vabāmō) उत्तरी युरोपको बाल्टिक क्षेत्रमा पर्ने एक देश हो। यो बाल्टिक राज्यहरू मध्ये एक हो। देशको उत्तरमा एस्टोनिया, दक्षिणमा लिथुआनिया, पूर्वमा रूस, दक्षिणपूर्वमा बेलारुस र पश्चिममा स्विडेनसँग समुद्री सिमाना साझेदारी गरेको छ। लात्भियाले ६४,५८९ वर्ग किलोमिटर (२४,९३८ वर्ग माइल) क्षेत्रफल ओगटेको छ र यसको जनसङ्ख्या १९ लाख रहेको छ। यस देशमा शीतोष्ण मौसमी हावापानी पाइन्छ। यसको राजधानी र सबैभन्दा ठूलो सहर रिगा हो।[१४] लात्भियाली बाल्टिक क्षेत्रको एकै जातीय समूह र भाषा बोल्ने समूहका हुन्। देशको आधिकारिक भाषा लात्भियाली हो जुन बाल्टिक भाषा बोल्ने एक मात्र जीवित दुई भाषाहरू मध्ये एउटा हो। रूसीहरूको जनसङ्ख्या झन्डै एक चौथाइ भएको यस देशका प्रमुख अल्पसङ्ख्यकहरू हुन्।

शताब्दीयौँसम्म जर्मनेली, स्विडेनी, पोल्यान्डेली-लिथुआनियाली र रूसी शासनको नियन्त्रणमामा रहेको थियो जहाँ मुख्यतया बाल्टिक जर्मनेली कुलीनद्वारा शासन सञ्चालन गरिएको थियो। जर्मनेली साम्राज्यबाट अलग भएसँगै गणतन्त्र लात्भिया स्थापना १८ नोभेम्बर १९१८ मा भएको थियो र प्रथम विश्व युद्ध पश्चात् यो स्वतन्त्र राष्ट्र घोषित भएको थियो।[२]तथापि, सन् १९३४ मा, कार्लिस उल्मानिसको अधीनमा सत्तावादी शासन स्थापना गरेपछि सन् १९३० को दशकसम्मै देश झन्-झनै निरङ्कुश बन्न पुगेको थियो।[१५]

दोस्रो विश्वयुद्धको प्रारम्भमा देशको वास्तविक स्वतन्त्रतामा बाधा पुगेको थियो। सोभियत सङ्घले लात्भियामा जबरजस्ती निगमन गरेको थियो। त्यसपछि यसलाई सन् १९४१ मा नाजी जर्मनीले आक्रमण र कब्जा गरेको थियो। सन् १९४४ मा सोभियत सङ्घले लात्भियाली सोभियत समाजवादी गणतन्त्र गठन गरी आगामी ४५ वर्षको लागि शासन पुन: कब्जा गरेको थियो। देशमा शान्तिपूर्ण गायन क्रान्ति सन् १९८७ मा सुरु भएको थियो र २१ अगस्त १९९१ मा वास्तविक स्वतन्त्रता को पुनर्स्थापनासँगै अन्त्य भएको थियो। त्यसबेला देखि लात्भिया लोकतान्त्रिक एकात्मक संसदीय गणतन्त्र भएको छ।

उच्च आय भएको उन्नत अर्थतन्त्र सहित लात्भिया एक विकसित देश हो। मानव विकास सूचकाङ्कमा धेरै उच्च स्थानमा रहेको छ। यसले नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, इन्टरनेट स्वतन्त्रता, प्रजातान्त्रिक शासन, जीवनस्तर र शान्तिको मापनमा अनुकूल प्रदर्शन गर्दछ। लात्भिया युरोपेली सङ्घ, युरोजोन, नाटो, युरोप परिषद्, संयुक्त राष्ट्र सङ्घ, बाल्टिक सागर राज्यहरूको परिषद्, अन्तर्राष्ट्रिय मुद्रा कोष, नोर्दिय-बाल्टिक आठ, नोर्दिय लगानी बैङ्क, आर्थिक सहयोग तथा विकास सङ्गठन, युरोपको सुरक्षा तथा सहयोग सङ्गठन र विश्व व्यापार सङ्गठनको सदस्य राष्ट्र हो।


यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Social Statistics Department of Latvia, "Pastāvīgo iedzīvotāju etniskais sastāvs reģionos un republikas pilsētās gada sākumā", Social Statistics Department of Latvia, मूलबाट १३ जुन २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २३ जुलाई २०१८ 
  2. २.० २.१ Ģērmanis, Uldis (२००७), Ojārs Kalniņš, सम्पादक, The Latvian Saga (अङ्ग्रेजीमा) (11th संस्करण), रिगा: Atēna, पृ: २६८, आइएसबिएन 9789984342917, ओसिएलसी 213385330 
  3. "Surface water and surface water change", [आर्थिक सहयोग तथा विकास सङ्गठन, अन्तिम पहुँच २०२०-१०-११ 
  4. "Population number, its changes and density | Central Statistical Bureau of Latvia", www.csb.gov.lv 
  5. "Population Census 2011 – Key Indicators", Central Statistical Bureau of Latvia, २ अप्रिल २०१२, मूलबाट १० जुन २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच २ जुन २०१२ 
  6. ६.० ६.१ ६.२ ६.३ "Latvia", IMF। 
  7. "Gini coefficient of equivalised disposable income – EU-SILC survey", ec.europa.eu, Eurostat, मूलबाट २० मार्च २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मार्च २०२० 
  8. Human Development Report 2020 The Next Frontier: Human Development and the Anthropocene, United Nations Development Programme, १५ डिसेम्बर २०२०, पृ: 343–346, आइएसबिएन 978-92-1-126442-5, अन्तिम पहुँच १६ डिसेम्बर २०२० 
  9. "The Constitution of the Republic of Latvia, Chapter 1 (Article 4)", गणतन्त्र लात्भियाको संसद, मूलबाट ५ डिसेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २० नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ५ डिसेम्बर २०१३ मिति
  10. "Official Language Law, Section 3 (Article 1)", गणतन्त्र लात्भियाको संसद, मूलबाट ४ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ४ जनवरी २०१४ मिति
  11. "Official Language Law, Sections 4, 5 and 18 (Article 4)", Likumi.lv, मूलबाट ५ जुलाई २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ७ अक्टोबर २०१९ 
  12. "Official Language Law, Section 3 (Articles 3 and 4)", गणतन्त्र लात्भियाको संसद, मूलबाट ४ जनवरी २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण ४ जनवरी २०१४ मिति
  13. "Latvijas Republikas Satversme", Likumi.lv, अन्तिम पहुँच २०२१-०२-१८ 
  14. "Weather information in Latvia", www.travelsignposts.com, १४ मार्च २०१५, मूलबाट २ अप्रिल २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ मार्च २०१५ 
  15. "History of Latvia 1918-1940", [Latvia.eu] (अङ्ग्रेजीमा), ३ डिसेम्बर २०१५, अन्तिम पहुँच २८ जनवरी २०२१ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

सरकार
साधारण जानकार
संस्कृति
यात्रा
नक्साहरू