सामग्रीमा जानुहोस्

"लिङ्ग्वा फ्राङ्का नोभा" का संशोधनहरू बिचको अन्तर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Content deleted Content added
→‎इतिहास: लेख विस्तार
चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ८२: पङ्क्ति ८२:

लिङ्ग्वा फ्राङ्का नोभाको शब्दावलीमा विभिन्न संस्कृतिबाट आएका नयाँ राष्ट्र, प्रमुख भाषासमूह, जल निकाय तथा भौगोलिक एकाइ जस्ता अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण मानिने शब्दहरू पनि समावेश गर्न सकिन्छ । सामान्यतः शब्दहरूलाई वर्णात्मक रूपमा लिप्यन्तर गर्नुको साटो ध्वन्यात्मक तरिकाले लिप्यन्तर गरिन्छ । उदाहरणका लागि, स्रोत भाषामा ''c'' को उच्चारण ''s'' उच्चारण गरिन्छ भने एलेफेनमा सो शब्दको हिज्जेमा पनि ''s'' नै लेखिन्छ । उच्चारण अनिश्चित भएका स्थितिहरूमा भने वर्णात्मक लिप्यन्तरलाई प्राथमिकता दिइन्छ । उदाहरणका लागि, सहजै पहिचान गर्न सकिने बनाउन एलेफेनमा "English" शब्दलाई "inglix" को सट्टा "engles" लेखिन्छ ।<ref>{{cite web |url=https://elefen.org/vici/linguistica/parolas_stranjer |title=Parolas stranjer|trans-title=अनौठा शब्द|website=एलेफेन विकी|access-date=१० नोभेम्बर २०२०|language=एलेफेन}}</ref>
लिङ्ग्वा फ्राङ्का नोभाको शब्दावलीमा विभिन्न संस्कृतिबाट आएका नयाँ राष्ट्र, प्रमुख भाषासमूह, जल निकाय तथा भौगोलिक एकाइ जस्ता अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण मानिने शब्दहरू पनि समावेश गर्न सकिन्छ । सामान्यतः शब्दहरूलाई वर्णात्मक रूपमा लिप्यन्तर गर्नुको साटो ध्वन्यात्मक तरिकाले लिप्यन्तर गरिन्छ । उदाहरणका लागि, स्रोत भाषामा ''c'' को उच्चारण ''s'' उच्चारण गरिन्छ भने एलेफेनमा सो शब्दको हिज्जेमा पनि ''s'' नै लेखिन्छ । उच्चारण अनिश्चित भएका स्थितिहरूमा भने वर्णात्मक लिप्यन्तरलाई प्राथमिकता दिइन्छ । उदाहरणका लागि, सहजै पहिचान गर्न सकिने बनाउन एलेफेनमा "English" शब्दलाई "inglix" को सट्टा "engles" लेखिन्छ ।<ref>{{cite web |url=https://elefen.org/vici/linguistica/parolas_stranjer |title=Parolas stranjer|trans-title=अनौठा शब्द|website=एलेफेन विकी|access-date=१० नोभेम्बर २०२०|language=एलेफेन}}</ref>

==एलेफेनमा नमुना पाठ==
===[[मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८]] को धारा १===
{{quote|text=
{{lang|lfn|Tota umanas es naseda como persones libre e egal en dinia e diretos. Los ave razona e consiensa e debe trata lunlotra con la spirito de fratia.}}
सबै व्यक्तिहरू जन्मजात स्वतन्त्र हुन् । ती सबैको समान अधिकार र महत्त्व छ । निजहरूमा विचारशक्ति र सद्विचार भएकाले निजहरूले आपस्तमा भ्रातृत्वको भावनासाथ व्यवहार गर्नुपर्छ ।
|multiline=yes
|title=[[मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८]], धारा १<ref>{{cite web |url=https://elefen.org/leteratur/declara_universal_de_diretos_umana_completa.html |language=एलेफेन|first=सी. जोर्ज|last=बोरी|title=Declara universal de diretos umana|trans-title=मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र|access-date=१४ नोभेम्बर २०२०}}</ref>

===ईश्वरको प्रार्थना===
{{quote|text=
{{lang|lfn|Nosa Padre, ci es en la sielo,
ta ce tua nom es santida,
ta ce tua rena veni,
ta ce tua vole aveni, sur la tera como en la sielo.
Dona oji nosa pan dial a nos,
e pardona nosa detas
como nos pardona nosa detores,
e no lasa nos cade en tenta,
ma libri nos de malia.
Amen.}}
हे हाम्रा पिता, जो स्वर्गमा बस्नुहुन्छ,
तपाईँको नाम पवित्र होस्,
तपाईँको राज्य आओस्,
तपाईँको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै नै पृथ्वीमा पूरा होस् ।
हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्,
हाम्रा अपराध क्षमा गर्नुहोस्
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ,
हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्टबाट छुट्ट्याउनुहोस् ।
आमिन ।
|multiline=yes
|title=ईश्वरको प्रार्थना<ref>{{cite web |url=https://elefen.org/vici/relijio/nosa_padre |title=Nosa padre|trans-title=हे हाम्रा पिता|language=एलेफेन|website=एलेफेन विकी|access-date=११ नोभेम्बर २०२०}}</ref>

==थप पढाइ==
==थप पढाइ==

०९:१३, ११ जनवरी २०२१ जस्तै गरी पुनरावलोकन

लिङ्ग्वा फ्राङ्का नोभा
lingua franca nova, лингуа франка нова
सृजनाकर्तासी. जोर्ज बोरी
मितिसन् १९६५[१]
व्यवस्था र उपयोगअन्तर्राष्ट्रिय सहायक भाषा
वक्ताफेसबुकमा ६०३ जना[२]
उद्देश्य
स्रोतरोमान्स तथा क्रियोल भाषाहरूमा आधारित
सरकारी दर्जा
नियामक संस्थाआसोसिया पेर लिङ्ग्वा फ्राङ्का नोभा[३]
भाषा सङ्केतहरू
आइएसओ ६३९-३lfn
lfn
ग्लोटोलगling1267[४]
यो लेखमा आइपिए ध्वन्यात्मक चिह्नहरूको प्रयोग गरिएको छ। सही आइपिए सक्षम नभएमा तपाईँले युनिकोड अक्षरहरू प्रश्न चिह्न, कोठा अथवा अन्य कुनै चिह्न जस्तो देखिनेछ।

लिङ्ग्वा फ्राङ्का नोभा (रोमन लिपि: Lingua Franca Nova, सिरिलिक लिपि: Лингва франка нова, आइपिए: /ˈliŋɡwa ˈfraŋka ˈnɔva/) वा सामान्य रूपमा एलेफेन (रोमन लिपि: elefen, सिरिलिक लिपि: элэфэн) पेन्सिलभेनियामा अवस्थित सिपेन्सबर्ग विश्वविद्यालयका सी. जोर्ज बोरीद्वारा निर्मित र त्यसका वक्ताहरूद्वारा विकसित एक अन्तर्राष्ट्रिय सहायक भाषा हो ।[५][६] यसको शब्दावली इटालेली, कातालान, पोर्तगाली, फ्रेन्चस्पेनियालगायत अन्य आधुनिक रोमान्स भाषासमूहका भाषाहरूमा आधारित छ ।

लिङ्ग्वा फ्राङ्का नोभामा २२ अक्षरमा आधारित पूर्णतः ध्वन्यात्मक वर्तनी छ, जसलाई रोमन वा सिरिलिक लिपिमा लेख्न सकिन्छ ।

लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण रोमान्स तथा क्रियोल भाषाहरूमा आधारित छ । अधिकतम क्रियोल भाषाहरू झैँ लिङ्ग्वा फ्राङ्का नोभाको व्याकरण पनि अत्यन्तै सरलीकृत र सिक्न सजिलो छ ।[७][८]

इतिहास

सरल, सुसङ्गत र अन्तर्राष्ट्रिय सम्पर्कका निम्ति सहज हुने अन्तर्राष्ट्रिय सहायक भाषाको निर्माण गर्ने उद्देश्यले बोरीले सन् १९६५ मा लिङ्ग्वा फ्राङ्का नोभाको रचना सुरु गरेका थिए ।[१][९][१०] उनी इस्वी संवत्‌का एघारौँदेखि अठारौँ शताब्दीबिच भूमध्य द्रोणीमा युरोपेली नाविक तथा व्यापारीका समूहले प्रयोग गर्ने मेडिटरेनियन लिङ्ग्वा फ्राङ्का नामक रोमान्स पिजिन तथा पापियामेन्तोहाइतेली क्रियोल जस्ता क्रियोल भाषाहरूबाट प्रभावित भएका थिए । उनले इटालेली, कातालान, पोर्तगाली, फ्रेन्चस्पेनियालाई लिङ्ग्वा फ्राङ्का नोभाको आधारका रूपमा प्रयोग गरेका थिए ।

लिङ्ग्वा फ्राङ्का नोभालाई पहिलो पटक सन् १९९८ मा इन्टरनेटमा प्रस्तुत गरिएको थियो ।[१] सन् २००२ मा ब्योर्न म्याडसेनले एउटा याहू ! समूह बनाएका थिए जसमा सहभागी भएका ३०० सदस्यहरूले भाषाको विकासमा उल्लेखनीय योगदान दिएका थिए ।[११]

सन् २००५ मा स्टेफान फिसानले एलेफेनको विकीको निर्माण गरे ।[१२] सन् २००९ मा उक्त विकीलाई विकिआमा सारियो र सन् २०१९ मा विकिपिडियामा ।[१३][१४]

सन् २००७ मा इगोर वासिलजेविक एक फेसबुक समूह बनाएका थिए जसमा वर्तमानमा लगभग ६०० सदस्य छन् ।[२]

जनवरी २००८ मा एसआइएल इन्टरनेसनलद्वारा एलेफेनलाई आइएसओ ६३९-३ कोड ("lfn") दिइयो ।[१५]

सन् २००८ मा साइमन डेभिसले एलेफेन–अङ्ग्रेजी शब्दकोशमा महत्त्वपूर्ण अद्यतन गर्न थालेका थिए ।[१६] सो शब्दकोशलाई अझै पनि एलेफेनको आधिकारिक वेबसाइटमा समयसमयमा अद्यतन गरिन्छ र हालै उक्त शब्दकोशमा २०,००० भन्दा बढी प्रविष्टि छन् ।[१७] सन् २०१८ मा एलेफेन शब्दकोशको प्रथम मुद्रण गरिएको थियो ।[१८]

सन् २०१२ मा लिङ्ग्वा फ्राङ्का नोभामा पूर्णतः अनुवादित ला आभेन्तुरास दे आलिसिया एन ला पाइस दे मेर्भेलियास (एलेफेन: La aventuras de Alisia en la pais de mervelias) नामक उपन्यासको प्रथम मुद्रण गरिएको थियो, जुन लुइस क्यारलको एलिसेज एड्भेन्चर्स इन वन्डरल्यान्ड (अङ्ग्रेजी: Alice's Adventures in Wonderland) को साइमन डेभिसद्वारा अनुवादित संस्करण हो ।[१९][२०]

सन् २०१४ मा एलेफेनको आधिकारिक वेबसाइटलाई सार्वजनिक गरिएको थियो जसमा केही भाषाहरूमा एलेफेन सिक्ने निर्देशन, एलेफेनको पूर्ण व्याकरण, एलेफेन साहित्य तथा एलेफेन विकी समावेश गरिएको छ ।

१८ अप्रिल २०१८ मा विकिपिडियाको सामान्य परियोजनास्वरूप एलेफेन विकिपिडिया (एलेफेन: Vicipedia) सार्वजनिक गरिएको थियो ।

५ जनवरी २०२१ मा एलेफेनका निर्माता सी. जोर्ज बोरीको अग्नाशयको क्यान्सरका कारण मृत्यु भयो ।[२१]

शब्दावलीका स्रोत

लिङ्ग्वा फ्राङ्का नोभाको शब्दावली इटालेली, कातालान, पोर्तगाली, फ्रेन्चस्पेनिया जस्ता पाश्चात्य रोमान्स भाषाहरूमा आधारित छ ।[२२]

लिङ्ग्वा फ्राङ्का नोभामा शब्दका व्युत्पत्ति पूर्णतः तर्कसङ्गत त छैन तर व्युत्पत्तिका लागि एलेफेन भाषाविद्‌हरू ध्वन्यात्मक सौन्दर्य तथा अन्य विषयगत तत्त्वमा पनि ध्यान पुर्‍याउँछन्‌ । सामान्यतः सबै स्रोत भाषाहरूमा समान शब्दलाई एलेफेनमा ग्रहण गरिन्छ ।

सबै भाषामा हिज्जे र उच्चारणमा भिन्नता हुनु त स्वभाविक नै हो । सामान्यतः एलेफेनमा हिज्जेभन्दा पनि उच्चारणलाई बढी महत्त्व दिइन्छ ।

स्रोत भाषाहरूमा रोमन भाषाबाट आएका तर हिज्जेमा परिवर्तन भएका शब्दहरू छन् भने एलेफेनमा सबैभन्दा पुरानो अर्थात् रोमनसँग सबैभन्दा बढी मिल्ने विकल्पको ग्रहण गरिन्छ । उदाहरणका लागि:

रोमन इटालेली स्पेनिया पोर्तगाली फ्रेन्च एलेफेन
pleno pieno lleno cheio plein plen
clave chiave llave chave clef clave
flamma fiamma llama chama flamme flama

यद्यपि, रोमन भाषाले एलेफेनको स्वरसन्धानसँग मेल नखाएको अवस्थामा उक्त शब्दको हिज्जेमा केही परिवर्तन ल्याइन्छ :

रोमन इटालेली स्पेनिया पोर्तगाली फ्रेन्च एलेफेन
lacte latte leche leite lait lete
lecto letto lecho leito lit leto
nocte notte noche noite nuit note

लिङ्ग्वा फ्राङ्का नोभाको शब्दावलीमा विभिन्न संस्कृतिबाट आएका नयाँ राष्ट्र, प्रमुख भाषासमूह, जल निकाय तथा भौगोलिक एकाइ जस्ता अन्तर्राष्ट्रिय स्तरमा महत्त्वपूर्ण मानिने शब्दहरू पनि समावेश गर्न सकिन्छ । सामान्यतः शब्दहरूलाई वर्णात्मक रूपमा लिप्यन्तर गर्नुको साटो ध्वन्यात्मक तरिकाले लिप्यन्तर गरिन्छ । उदाहरणका लागि, स्रोत भाषामा c को उच्चारण s उच्चारण गरिन्छ भने एलेफेनमा सो शब्दको हिज्जेमा पनि s नै लेखिन्छ । उच्चारण अनिश्चित भएका स्थितिहरूमा भने वर्णात्मक लिप्यन्तरलाई प्राथमिकता दिइन्छ । उदाहरणका लागि, सहजै पहिचान गर्न सकिने बनाउन एलेफेनमा "English" शब्दलाई "inglix" को सट्टा "engles" लेखिन्छ ।[२३]

एलेफेनमा नमुना पाठ

मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र १९४८ को धारा १

Tota umanas es naseda como persones libre e egal en dinia e diretos. Los ave razona e consiensa e debe trata lunlotra con la spirito de fratia.

सबै व्यक्तिहरू जन्मजात स्वतन्त्र हुन् । ती सबैको समान अधिकार र महत्त्व छ । निजहरूमा विचारशक्ति र सद्विचार भएकाले निजहरूले आपस्तमा भ्रातृत्वको भावनासाथ व्यवहार गर्नुपर्छ ।

ईश्वरको प्रार्थना

Nosa Padre, ci es en la sielo,
ta ce tua nom es santida,
ta ce tua rena veni,
ta ce tua vole aveni, sur la tera como en la sielo.
Dona oji nosa pan dial a nos,
e pardona nosa detas
como nos pardona nosa detores,
e no lasa nos cade en tenta,
ma libri nos de malia.
Amen.

हे हाम्रा पिता, जो स्वर्गमा बस्नुहुन्छ,
तपाईँको नाम पवित्र होस्,
तपाईँको राज्य आओस्,
तपाईँको इच्छा स्वर्गमा जस्तो छ, त्यस्तै नै पृथ्वीमा पूरा होस् ।
हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्,
हाम्रा अपराध क्षमा गर्नुहोस्
जसरी हामीले पनि आफ्ना अपराधीहरूलाई क्षमा गरेका छौँ,
हामीलाई परीक्षामा पर्न नदिनुहोस्,
तर दुष्टबाट छुट्ट्याउनुहोस् ।
आमिन ।

— ईश्वरको प्रार्थना[२५]

थप पढाइ

सन्दर्भ सामग्री

1. १.० १.१ १.२ बोरी, सी. जोर्ज, "La evolui de elefen" [एलेफेनको विकास], एलेफेन विकी (एलेफेनमा), अन्तिम पहुँच ९ नोभेम्बर २०२०
2. २.० २.१ "Lingua Franca Nova" [लिङ्ग्वा फ्राङ्का नोभा], फेसबुक (अङ्ग्रेजीमा), अन्तिम पहुँच २८ सेप्टेम्बर २०२०
3. "Asosia per Lingua Franca Nova" [लिङ्ग्वा फ्राङ्का नोभा संस्थान], एलेफेन विकी (एलेफेनमा)।
4. ह्यामरस्ट्रोम, ह्याराल्ड; फोर्केल, रोबर्ट; हास्पेलमाथ, मार्टिन, सम्पादकहरू (२०१७), "Lingua Franca Nova", ग्लोटोलग ३.०, जेना, जर्मनी: मानव इतिहासको विज्ञानको लागि म्याक्स प्लांक संस्थान।
5. बोरी, सी. जोर्ज (मार्च २०१४), "Frequently asked questions" [प्रायः सोधिने प्रश्नहरू], अन्तिम पहुँच २८ सेप्टेम्बर २०२०
6. "Pennsylvania's dialects are as varied as its downtowns -- and dahntahns" [पेन्सिलभेनियाका भाषिकाका भेद], पेनलाइभ.कम
7. "Elefen - Introduction in Nepali" [एलेफेन - नेपालीमा परिचय], एलेफेन.अर्ग, अन्तिम पहुँच २९ मई २०१८
8. फोर्सिथ, रिचर्ड स्यान्डेस (सन् २०१२), "In Praise of Fluffy Bunnies" [कोमल खरायाका प्रशंसामा], अन्तिम पहुँच २८ सेप्टेम्बर २०२०
9. बोरी, सी. जोर्ज, "Istoria de elefen" [एलेफेनको इतिहास], एलेफेन विकी (एलेफेनमा), अन्तिम पहुँच १० नोभेम्बर २०२०
10. बार्टलेट, पौल ओ. (३० नोभेम्बर २००५), "Conlangs and International Auxiliary Languages" [कृत्रिम तथा अन्तर्राष्ट्रिय सहायक भाषाहरू], अन्तिम पहुँच १३ नोभेम्बर २०२०
11. "Lingua Franca Nova (LFN)" [लिङ्ग्वा फ्राङ्का नोभा (एलेफेन)], याहू ! समूह, मूलबाट १४ जनवरी २००७-मा सङ्ग्रहित।
12. "LinguaFrancaNova" [लिङ्ग्वा फ्राङ्का नोभा] (एलेफेनमा), मूलबाट २१ जनवरी २००५-मा सङ्ग्रहित।
13. "Paje xef" [मुख्य पृष्ठ], विकिआ (एलेफेनमा), मूलबाट २००९-०२-१९-मा सङ्ग्रहित।
14. "xef" [मुख्य], एलेफेन विकी (एलेफेनमा)।
15. "639 Identifier Documentation: lfn" [६३९ पहिचानकर्ता दस्तावेज: lfn], एसआइएल इन्टरनेसनल, अन्तिम पहुँच १० जनवरी २०२१
16. "Disionario de Lingua Franca Nova a engles" [अङ्ग्रेजीमा लिङ्ग्वा फ्राङ्का नोभाको शब्दकोश] (एलेफेनमा), २५ अप्रिल २००८, मूलबाट २५ अप्रिल २००८-मा सङ्ग्रहित।
17. "Disionario de Elefen" [एलेफेन शब्दकोश]
18. डेभिस, साइमन; बोरी, सी. जोर्ज (४ जुलाई २०१८), Disionario de Lingua Franca Nova: elefen-engles engles-elefen [लिङ्ग्वा फ्राङ्का नोभाको शब्दकोश: एलेफेन-अङ्ग्रेजी, अङ्ग्रेजी-एलेफेन], एभरटाइप, आइएसबिएन 978-1782012177
19. इले, रेचल (६ मई २०१२), "Alice in Hawaiian and six more languages besides" [एलिस हवाइएली र छ थप भाषाहरूमा], लुइस क्यारल सोसाइटी अफ नर्थ अमेरिका, मूलबाट ९ जून २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच १२ अक्टोबर २०२०
20. मिथ्रिडेट्स (२१ मार्च २०१२), "A book has been translated into Lingua Franca Nova; can be purchased at amazon.com" [एउटा किताब लिङ्ग्वा फ्राङ्का नोभामा अनुवाद गरिएको छ; अमेजन.कममा किन्न सकिन्छ], पेज एफ ३०, अन्तिम पहुँच १३ नोभेम्बर २०२०
21. "Cornelis George Boeree (1952-2021)" [कोर्नेलिस जोर्ज बोरी (सन् १९५२ - सन् २०२१)] (एलेफेनमा), ८ जनवरी २०२१, अन्तिम पहुँच ९ जनवरी २०२१
22. "Fontes de vocabulo" [शब्दावलीका स्रोत], एलेफेन विकी (एलेफेनमा), अन्तिम पहुँच १० नोभेम्बर २०२०
23. "Parolas stranjer" [अनौठा शब्द], एलेफेन विकी (एलेफेनमा), अन्तिम पहुँच १० नोभेम्बर २०२०
24. बोरी, सी. जोर्ज, "Declara universal de diretos umana" [मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणा पत्र] (एलेफेनमा), अन्तिम पहुँच १४ नोभेम्बर २०२०
25. "Nosa padre" [हे हाम्रा पिता], एलेफेन विकी (एलेफेनमा), अन्तिम पहुँच ११ नोभेम्बर २०२०

बाह्य कडी