दीपक जङ्गम
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
दीपक जङ्गम | |
---|---|
जन्म | दीपक जङ्गम २०१० साल भक्तपुर |
वासस्थान | भक्तपुर |
पेशा | संगीतकार |
सन्तान | अजल जंगम(छोरा), नेहा जंगम (छोरी) |
दीपक जङ्गम नेपालका एक वरिष्ठ संगीतकार तथा गीतकार हुन्। उनको जन्म बि. संं. २०१० सालमा भक्तपुरको टाैमढीमा भएको हो।[१] किन किन तिम्रो तस्विर, गाजलु ति ठूला ठूला आँखा, एउटा मान्छेको मायाले कति, सावनको झरी बने लगायतका चर्चित गितहरूको संगीत गरिसकेका छन्। उनी एक कुशल गायक पनि हुन्।[२]
जीवनी
[सम्पादन गर्नुहोस्]बुवा गोविन्दहरि जङ्गम र आमा जमुनादेवी जङ्गमका कोखबाट बि. संं. २०१० साल स्वस्थानी पूर्णिमाका दिन भक्तपुरको टाैमढीमा उनको जन्म भएको थियो। उनको परिवारमा पत्नि बेनी जङ्गम रावल, छोरा अजर जङ्गम र छोरी नेहा जङ्गम रहेका छन्। पत्नि बेनी जङ्गम रावल र छोरा अजर जङ्गम पनि सांगितिक क्षेत्रमा नै क्रियाशिल हुनुहुन्छ।[३] वाल्यकाल देखि नै नाट्या र सङ्गीतमा रूचि रहेका जङ्गमको बि. सं. २०१९ मा ब्युउझाइदेउ नयन बोलको गीत रेडियो नेपालमा रेकर्ड गराएका थिए। उनको आफ्नै रचना, सङ्गीत र स्वर रहेको उक्त गीत नै पहिलो रेकर्ड भएको गीत हो।
साङ्गीतिक यात्रा
[सम्पादन गर्नुहोस्]बाल्यकाल देखि नै सङ्गीत तथा नाटक क्षेत्रमा प्रेबेश गर्नु भएका जङ्गम बि. संं. २०२१ देखि बि. संं. २०२४ साल सम्म नेपाल प्रज्ञा प्रतिष्ठान सङ्गीत तथा नाटकको तालिम लिनु भएको थियो भने बि. संं. २०२६ देखि बि. संं. २०४० साल सम्म सङ्गीत कलाकार तथा सहायक सङ्गीत निर्देशकको हैसियतले कार्य गरनु भएको थियो। बि. संं. २०४० देखि बि. संं. २०४३ सम्म रत्न रेकर्डिङ्ग संंस्थानको अध्यक्ष तथा महाप्रबन्घक पदमा रहि काम गर्नु भएको थियो।
उनले गरेका संगीतहरु
[सम्पादन गर्नुहोस्]- किन किन तिम्रो तस्विर,
- गाजलु ति ठूला ठूला आखा,
- एउटा मान्छेको मायाले कति,
- सावनको झरी बने,
- यति धेरै माया दिई[४]
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]- लाइफ टाइम अचिभमेन्ट अवार्ड, १९औं ईमेज अवार्ड २०७४[५]
- हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत पुरस्कार[६]
- नेशनल क्यापीटल लाइफटाइम अवार्ड[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "दिपक जंगम अविरल यात्रा साँझ सम्पन्न"। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-२० मिति
- ↑ "बरिष्ठ संगीतकार दिपक जङ्गम सांगितीक समारोह “अविरल यात्रा” नयाँ पुराना कलाकार जोड्ने सेतु बन्यो"।[स्थायी मृत कडी]
- ↑ "दिपक जंगम अविरल यात्रा साँझ सम्पन्न"। वेब्याक मेसिन अभिलेखिकरण २०२१-०४-२० मिति
- ↑ दीपक जङ्गम - साहित्यसंग्रह डटकम वेब्याक मेसिन अभिलेखिकरण २०२०-१०-१७ मिति
- ↑ "१९औं ईमेज अवार्डमा जे देखियो (फोटो फिचर)"।
- ↑ "तीन बर्षको हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत पुरस्कार तथा सञ्चार सेवा पुरस्कार एकैसाथ प्रदान"।[स्थायी मृत कडी]
- ↑ "नेशनल क्यापीटल लाइफटाइम अवार्ड दीपक जंगम र गीता अधिकारीलाई"।