हरि सिंह थापा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हरि सिंह थापा
क्याप्टेन हरि सिंह थापाको तस्विर
व्यक्तिगत जानकारी
Nickname(s)भारतीय बक्सिङ्गको पितामह
जन्म (1932-08-14) १४ अगस्ट १९३२ (उमेर ९१)
झाँसी उत्तर प्रदेश
खेल
क्रमाङ्कक्याप्टेन

हरि सिंह थापा भारतीय अन्तराष्ट्रीय बक्सर एवम् राष्ट्रिय कोच हुन् । उनी भारतीय बक्सिङ्गको पितामह उपाधिले परिचत छन् । भारतको प्रत्येक राष्ट्रिय प्रतियोगितामा उनले स्वर्ण पदक जितेका थिए । भारतमा उनले कुनै पनि प्रतियोगिता हारेनन् । उनकै कारण आज भारतमा बक्सिङ्ग फैलिएको छ ।

निजी जीवन[सम्पादन गर्नुहोस्]

उनको जन्म १४ अगस्ट १९३२ मा झाँसी उत्तर प्रदेश मा थापा क्षत्रिय परिवारमा भएको थियो । उनका पिता श्री जीत सिंह थापा ब्रिटिश इण्डियन टूप्स मा सेवारत थिए । जीतसिंहका सन्तानमा छोराहरू हरि, आनन्द र छोरी शान्ति हुन् । पिता श्री जीत सिंहले सन् १९३३ मा सेनाबाट सेवानिवृत्ति भएको थिए । त्यसपश्चात मध्य प्रदेश मा बसाइँ सरे। हरि सिंहले झाँसीबाट सन् १९४७ मा जुनियर हाईस्कुल को परीक्षा उत्तीर्ण गरे। बाल्यकाल देखि नै उनको खेलकुदमा विशेष रुचि थियो। उनले पिताको सम्मानार्थ सेनामा गए। उनलाई १४ अगस्त १९४७ मा सिग्नल ट्रैनिङ्ग सेन्टरको बोय रेजिमेन्टमा भर्ती गरियो ।

उनले फुटबल, बक्सिङ्ग, आदि खेलमा भाग लिए तर बक्सिङ्ग कोच ड्डीमलोको प्रेरणाले उनले बक्सिङ्ग अनुसरण गरे । उनले बटालियन च्याम्पियनसिप जिते ।

राष्ट्रिय कोच[सम्पादन गर्नुहोस्]

भारतीय राष्ट्रिय कोचका रूपमा हरिसिंह थापा

सन् १९५९ को मीडल ह्वेटमा अखिल भारतीय च्याम्पियनसिपमा स्वर्ण पदक पाउनासाथ हरिसिंहलाई सन् १९६१ मा बक्सिङ्ग सेर्विस टीमको राष्ट्रीय कोच नियुक्त गरियो । यस पदमे उनले १९६५ सम्म कार्यरत रहे।

खेल यात्रा[सम्पादन गर्नुहोस्]

हरि सिंह थापा को बक्सिङ्ग म्याच
  • सन् १९५० को राष्ट्रिय प्रतियोगितामा च्याम्पियन।
  • अर्को राष्ट्रिय च्याम्पियनसिपमा फाइनल म्याचमा उनले रेलवेको खेलाडीलाई हराएर स्वर्ण पदक जिते।
  • सन् १९५७ को फोर्ट विलियम कलेज कलकत्तामा आयोजित राष्ट्रिय च्याम्पियनसिपको फाइनलमा उनले नौसेनाको विकेटको फाइनल म्याचमा मात्र ३० सेकेन्डमा हराएर स्वर्ण पदक जिते।
  • सन १९५८ मा टोक्यो जापानमा आयोजित थर्ड एसिया खेलको बक्सिङ्ग प्रतियोगितामा रेफ्रीको गलत डिसिशनको शिकार हुँदा खाली रजत पदक पाए ।
  • ५ फेब्रुअरी सन १९५४ को राष्ट्रिय बक्सिङ्ग प्रतियोगितामा फाइनल म्याचमा खेम बहादुर विरूद्ध उनको भिडन्तमा उनले अंकको भारी अन्तरले उक्त म्याचमा स्वर्ण पदक जिते।

पदक एवम् सम्मान[सम्पादन गर्नुहोस्]

हरि सिंह थापा कमनवेल्थ बक्सिङ्ग म्याचमा

उनलाई भारत सरकारले विभिन्न पदकले सम्मानित गरेको थियो । यसको विवरण यस प्रकार छ:-

  1. रक्षा पदक
  2. सङ्ग्राम पदक
  3. सेना मेडल
  4. इन्डियन इन्डिपेन्डेन्ट पदक
  5. नाइन इयर लोग सेवा पदक

उनले भारतीय सेनाको सिग्नल कोर कम्पनीबाट सन् १९७५ मा अनररी कप्तानको पदमा सेवानिवृत्त भए। त्यसपश्चात उनले आफ्नो घर जनपद पिथौरागढको देव सिंह क्रीडा मैदानमा बच्चाहरूलाई निशुल्क बक्सिङ्ग ट्रैनिङ्ग दिए । उनको कुशल प्रशिक्षणले आज भारतमा दर्जनौं राष्ट्रिय र अन्तर्राष्ट्रिय बक्सर छन् ।

हरि सिंंह थापा पत्रिकामा

भारतलाई बक्सिङ्गको पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने हरि सिंह थापालाई खेल विभाग र प्रदेश सरकारले द्रोणाचार्य अवार्ड दिएको छ । उनलाई भारतीय बक्सिङ्गको पितामह मानिन्छ ।[१]

स्रोत[सम्पादन गर्नुहोस्]

  1. धरोहर पुस्तक

यो पनि हेर्नुहोला[सम्पादन गर्नुहोस्]