रत्नेश्वर लाल कायस्थ
रत्नेश्वर लाल कायस्थ Ratneshwar Lal Kayastha | |
---|---|
१ औं प्रदेश प्रमुख (मधेश प्रदेश) | |
कार्यकाल २०७४ माघ ३ – २०७६ कार्तिक १७ | |
राष्ट्रपति | विद्यादेवी भण्डारी |
मुख्यमन्त्री | मोहम्मद लालबाबु राउत |
पूर्वाधिकारी | कार्यालय स्थापना |
उतराधिकारी | तिलक परियार |
सङ्घीय समाजवादी फोरम, नेपालको प्रवक्ता तथा सचिव | |
कार्यकाल २००४- वर्तमान | |
व्यक्तिगत विवरण | |
जन्म | सुगा भवानीपट्टी (हाल जलेश्वर), महोत्तरी, नेपाल[१] | ३ मे १९४४
राजनीतिक दल | सङ्घीय समाजवादी फोरम, नेपाल |
जीवन साथी | सबिता लाल |
सन्तान(हरू) | ४ |
शिक्षा | भूविज्ञान इन्जिनियर |
मातृ शिक्षाप्रतिष्ठान | इम्पेरियल कलेज लन्डन |
रत्नेश्वर लाल कायस्थ (जन्म ३ मे १९४४) एक नेपाली राजनीतिज्ञ तथा वर्तमान मधेश प्रदेशको प्रदेश प्रमुख हुन् । उनलाई नेपाल सरकारले सन् २०१८ जनवरी १७ का दिन सो जिम्मेवारी तोकेको हो ।[२][३] उनले सन् २०१८ जनवरी १९ का दिन प्रदेश प्रमुखको रूपमा सपथ ग्रहण गरेका हुन् ।[४][५]
प्रदेश प्रमुख बन्नु पूर्व उनी नेपालको कृषि मन्त्रालयका सचिव तथा जलस्रोत विभागका महासचिवको रूपमा कार्य गरेका थिए । कायस्थले आफ्नो राजनीतिक जीवनको सुरुवात सन् २००४ मा सङ्घीय समाजवादी फोरम, नेपालको सदस्यता लिएर गरेका थिए ।
प्रारम्भिक जीवन र शिक्षा
[सम्पादन गर्नुहोस्]रत्नेश्वर लाल कायस्थको जन्म सन् १९४४ मे ३ को दिन महोत्तरी जिल्लाको सुगा भवानीपट्टीमा (हाल जलेश्वर) बुवा लाल किशोर लाल र आमा अचकमणीको कोखबाट भएको थियो ।[६] वहाँको बुवा माध्यमिक विद्यालयका शिक्षक थिए ।[७] वहाँले जलेश्वर स्थित लक्ष्मीचन्द उच्च माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा (एसएलसी) प्रथम श्रेणीमा उतिर्ण गरे त्यसपछि उनले काठमाडौंमा रहेको त्रिचन्द्र कलेजबाट विज्ञान विषय राखेर प्रवीणता प्रमाण पत्र र स्नातक स्तरको पढाई (बिटेक) सके । उनले उच्च शिक्षा प्राप्त गर्न भारतको आइआइटी खडगपुर र लन्डन स्थित इम्पेरियल कलेज गएका थिए ।[७]
प्रशासनिक सेवा करियर
[सम्पादन गर्नुहोस्]सन् १९६४ मा कायस्थले नेपालको प्रशासनिक सेवा इन्जिनियरको रूपमा थालेका थिए ।[७]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "को हुन् प्रदेश २ का प्रमुख कायस्थ ? – देशसञ्चार", देशसञ्चार (नेपालीमा), २०१८-०१-१७, अन्तिम पहुँच २०१८-०३-१३।
- ↑ "Government finalises provinces’ governors and temporary headquarters", nepaleKhabar (अंग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-१३।
- ↑ "Govt names temporary capitals, governors", My Republica (अंग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-१३।
- ↑ "Newly-appointed provincial governors sworn-in", My Republica (अंग्रेजीमा), अन्तिम पहुँच २०१८-०३-१३।
- ↑ "सम्माननीय राष्ट्रपतिज्यूसमक्ष नवनियुक्त प्रदेश प्रमुखज्यूहरूबाट प्रदेश प्रमुख पदको पद तथा गोपनियताको शपथग्रहण", www.presidentofnepal.gov.np (नेपालीमा), अन्तिम पहुँच २०१८-०३-१३। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-१३ मिति
- ↑ "प्रदेश २ को प्रमुखमा नियुक्त रत्नेश्वरलाल कायस्थ को हुन् ?", sarbajanik.com (नेपालीमा), २०१८-०१-२०, अन्तिम पहुँच २०१८-०३-१३। वेब्याक मेसिन अभिलेखिकरण २०१८-०३-१३ मिति
- ↑ ७.० ७.१ ७.२ "को हुन फोरमबाट प्रदेश २ को प्रमुखमा नियुक्त भएका रत्नेश्वरलाल कायस्थ ?" (नेपालीमा), २०१८-०१-२०, अन्तिम पहुँच २०१८-०३-१३।