विकियात्रा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकियात्रा
विकियात्राको हालको प्रतिक
विकियात्राको एक झलक
साइटको प्रकार
विकी
उपलब्ध भाषा25 active editions (अङ्ग्रेजी,

जर्मन, पोलिस, इटालेली, फ्रान्सेली, फारसी, रसियाली, चिनियाँ, डच, पोर्तुगी, स्पेनी, हिब्रु, भियतनामी, फिनिस, स्विडिस, ग्रीक, जापानी, एस्पेरान्तो, युक्रेनी, बंगाली, रोमानियाली, टर्किश, पास्तो,

शान, हिन्दी)[१]
मुख्यालयहरूअमेरिका
मालिकविकिमिडिया संस्थान (गैर-लाभकारी)
सर्जकWikivoyage e.V.
युआरएलविकिवोइएज.ओर्ग
अलेक्सा क्रमPositive decrease 20,951 (विश्वव्यापी, अगस्त २०२०)[२]
व्यवसायिकहोइन
दर्तावैकल्पिक
चालु भएको मितिप्रथम संस्करण (जर्मनेली भाषा) डिसेम्बर १०, २००६; १७ वर्ष पहिले (२००६-१२-10)
सामग्री इजाजतपत्र
सीसी बाई-एसए ३.०

विकियात्रा यात्रा गन्तव्य र स्वयंसेवक लेखकहरूद्वारा लिखित यात्रा विषयहरूको लागि नि: शुल्क वेब आधारित यात्रा सहयोगी हो। यो विकिपिडियाको एक परियोजना हो र गैर-लाभकारी विकिमिडिया फाउन्डेसनद्वारा सञ्चालन गरिएको छ। विकियात्रालाई यात्रा सहयोगी विकिपिडिया पनि भनिन्छ।[३]

यस सेवा समानको वेबसाइट विकिट्राभललाई जर्मनेली र इटालेली संस्करणका सम्पादकहरूले सेप्टेम्बर २००९ मा उनीहरूको सम्पादन गतिविधिहरू र सामग्रीलाई यसको प्रतिलिपि अधिकार अनुमतिपत्र अनुसार नयाँ वेबसाइटमा सार्ने निर्णय गरेका थिए।[४] फलस्वरूप वेबसाइट १० डिसेम्बर, २००६ मा, "विकियात्रा"को रूपमा बाहिर आएको थियो।भने यसलाई र त्यस विशेष उद्देश्यका लागि स्थापित गरिएको संस्था, विकिभोएजी इभीले यसलाई सञ्चालन गरेको थियो जुन यसको प्रतिनिधि सङ्गठन समेत हो। सामग्री प्रतिलिपी अधिकार मुक्त अनुमतिपत्र क्रिएटिभ कमन्स एट्रिब्युसन-सेयरअलाइक अन्तर्गत प्रकाशित भएको थियो।

सन् २०१२ मा, उनीहरूको अवस्थित आयोजकको समस्याहरूको लामो इतिहास पछि विकिट्राभलको अङ्ग्रेजी भाषी समुदायले पनि परियोजनालाई अगाडि बढाउने निर्णय गरेको थियो। दुई तर्फीको चालमा अङ्ग्रेजी विकिट्राभल समुदाय विकियात्रा ब्रान्ड अन्तर्गत विकियात्रासँग गाभिएको थियो भने यसका साथसाथै विकियात्रामा समावेश सबै भाषाका संस्करणले उनीहरूको सञ्चालन एक अमेरिकी गैर नाफामूलक संस्था विकिमिडिया संस्थानलाई सुम्पिएका थिए जुन विश्वको सबैभन्दा ठूलो विकी आयोजक समेत हो जहाँ विकिपिडिया जस्ता विकिमा आधारित समुदायहरू समावेश छन्।[५][६]

यसमा संलग्न विभिन्न समुदाय र विकिमिडिया फाउन्डेसनले गरेका सम्झौताहरू पश्चात्, वेबसाइट डिसेम्बर २०१२ मा डब्ल्युएमएफ सर्भरमा सारिएको थियो र सम्पूर्ण विकियात्रालाई आधिकारिक रूपमा १५ जनवरी २०१३ मा विकिपिडियाको प्रक्षेपणको १२औँ वार्षिकोत्सवको दिन विकिमिडिया परियोजनाको रूपमा पुनः सुरू गरिएको थियो। [७]

इतिहास[सम्पादन गर्नुहोस्]

यसको संरचना नेपाली भाषा दुईवटा शब्दहरू मिलेर बनेको छ जसमा "विकी" (इन्टरनेटमा आधारित सफ्टवेयर प्रणाली जसले कुनै प्रयोगकर्ताद्वारा पाठलाई परिवर्तन र विस्तार अनुमति दिन्छ) र "यात्रा" समावेश छ। यसको यो नामको स्थापित सम्पादकहरू बीच व्यापक मतदान पछि राखिएको थियो।

सुरुवात[सम्पादन गर्नुहोस्]

विकियात्राका अधिकांश लेखक र प्रशासकहरू पहिला विकीट्राभलमा काम गरेका थिए जहाँ प्रथम पटक जर्मनेली भाषाको संस्करण ७ अक्टोबर २००४ मा सुरु गरिएको थियो। २० अप्रिल २००६ मा, विकीट्राभललाई सञ्चार माध्यम तथा विद्युतीय वाणिज्य वेबसाइटहरूका सञ्चालक तथा नाफामुखी इन्टरनेट ब्रान्डहरूले अधिग्रहण गरेको थियो।[८] नयाँ मालिकहरुको व्यवस्थापन शैलीको प्रतिउत्तरमा असन्तुष्टिमा व्यापक रूपमा वृद्धि भएको थियो र धेरै जर्मनेली प्रशासक तथा लेखकहरूले यसलाई एक विभाजनको रूपमा परियोजना जारी गर्ने निर्णय गरेका थिए।[९]

करीव छ महिनाको तयारी पश्चात्, डोमेन नामका मालिक र सर्भरहरूको सञ्चालकको रूपमा गैरनाफा मुखी सङ्गठन विकियात्रा इभीको स्थापना र दर्ता गरिएको थियो। १० डिसेम्बर २००६ मा, परियोजना जर्मनेली भाषाको विकीट्राभल संस्करणको प्रारम्भिक आँकडाको साथ सञ्चालनमा आएको थियो।[१०] सात महिना पछि, यसमा ४०% भन्दा बढी नयाँ लेखहरू थपिएको थियो जहाँ १० महिना पश्चात्, ५०% नयाँ लेखहरू यसमा थपिएको थियो। यस चरणमा समावेशीकरणमा अझै ठूला अन्तरहरू रहेका थिए भने मिस्र, थाइल्याण्ड र स्वीजरल्यान्ड जस्ता देशहरूका यात्रा स्थल तथा शीर्षकमा वृद्धि भएको थियो। विकियात्राको इटालेली संस्करण १० डिसेम्बर २००७ मा, सुरु गरिएको थियो। मिडिया डाटाको सङ्गठन र प्रयोगकर्ता पहुँचको प्रशासन अन्य भाषाका संस्करणहरू प्रयोगको लागि पहिले नै लागू गरिएको थियो।[११]

यस परियोजनाको विवरण,समावेश गरिएको दस्तावेजहरू विशेष गरी स्वीजरल्यान्डेली रेडियो र समाचारपत्रहरूद्वारा छापिएको थियोरजुरिचको तागेस-आन्जेइगार र रेडियो स्टेसन देआरएस१ ले परियोजनाको बारेमा व्यापक रूपमा सामग्रीहरू सार्वजनिक गरेको थियो जहाँ यसको कमजोरीहरूको बारेमा छलफल गरिएको थियो।[१२] परियोजना मुख्य रूपमा जर्मनेली र स्वीजरल्यान्डेली लेखकहरूद्वारा समर्थित थियो।

अतिरिक्त भाषा र स्थानान्तरण[सम्पादन गर्नुहोस्]

सन् २०१२ मा, विकीट्राभलको आयोजक र मालिक, इन्टरनेट ब्रान्डसँग असन्तुष्टताको लामो इतिहास पश्चात्, विकीट्राभलमा रहेको समुदायले विकीट्राभलका सामग्रीहरू साझा गर्दै विकियात्रामा नयाँ यात्रा गन्तव्यहरू सृजना गर्नका लागि यसमा गाभिएको थियो।[१३][१४][१५] पछि, विकिपिडियाको मालिक र अन्य गैर नाफामुखी सन्दर्भ वेबसाइटहरूको एक विशाल शृङ्खला विकिमिडिया संस्थानले यसलाई एक एक विकी समुदाय संस्कृतिमा आधारित रहेर यसको सञ्चालन गरेको थियो।[१६] तीनै समुहका प्रयोगकर्ताहरूले लामो छलफल गरेपछि, उनीहरूका सम्बन्धित मालिकहरूले दिएका टिप्पणी अनुसार विकिमिडिया फाउन्डेसनले यदि यसलाई प्रयोगकर्ताहरूले चाहेको खण्डमा यसलाई यात्रा परियोजनाको सञ्चालन र अगाडि बढाउन सकिने भनाइ सार्वजनिक गरेको थियो।[१७] विकिमिडियाबाट भनाइ सार्वजनिक भएसँगै, विकीट्राभलका लगभग सबै प्रशासकहरू र सम्पादकहरूले आफ्नो अवस्थित काम विकियात्रामा विभाजन गर्ने निर्णय गरेका थिए।[१८]

सबै भाषाहरू र यससँग सम्बन्धित कमन्स समानका वेबसाइट (तस्वीर, भिडिओ, र अन्य मिडिया फाइलहरूको लागि) मा विकिट्राभलका सबै सामग्रीहरू २ अगस्त २०१२ मा स्थानान्तरणको तयारी गरिएको थियो।[१९] यो सामग्री जर्मनेली र इटालेली बाहेक सबै भाषाहरूको लागि सुरूवात विन्दु भएको थियो, जसलाई विकियात्राले पहिले नै सञ्चालन गरेको थियो। मिडियाविकि, विकिट्राभल लागि प्रयोग गरिएको विकी सफ्टवेयर मिडियाविकीले उक्त विभाजनको सुविधा समावेश गरेको थियो, यद्यपि आँकडा स्थानान्तरण रोक्नको लागि इन्टरनेट ब्रान्डले यस मिति पछि तुरून्त कार्यलाई असक्षम गरेको थियो।[२०] विकिमिडियामा भएको सामुदायिक छलफल २३ अगस्त २०१२ मा समाप्त भएको थियो जहाँ यसको सुरुवात गर्नुपर्छ भन्ने पक्षमा ५४० मत खसेको थियो भने सुरु गर्नुहुन्न भन्ने पक्षको रूपमा १५२ मत खसेको थियो। परियोजना विकिमिडिया फाउन्डेसनको सर्भरहरूमा परिक्षण संस्करणमा १० नोभेम्बर २०१२ मा सुरू भएको थियो १४ जनवरी २०१३ मा यसलाई पूर्ण र आधिकारिक रूपमा सुरुवात गरिएको थियो। आँकडा स्थानान्तरणको अंशको रूपमा, वर्तमान मालिक र प्रयोगकर्ता समूह "विकियात्रा इभी"लाई विकिमिडिया संस्थानसँग आबद्ध सङ्गठनको रूपमा स्थानमा रहने गरि योजना बनाइएको थियो।

सङ्गठन र सञ्चालन[सम्पादन गर्नुहोस्]

सञ्चालनको तरिका[सम्पादन गर्नुहोस्]

विकियात्राले नि: शुल्क मिडियाविकि सफ्टवेयर प्रयोग गर्दछ (विकिपिडियाका लागि विकसित)। यसका लागि इन्टरनेटमा आधारित सम्पादन अनुमतिका लागि दर्ताको आवश्यकता पर्दैन। गुणस्तर सम्पादकहरूद्वारा पारस्परिक नियन्त्रण मार्फत विकिपिडियाको समान छ। सोही सफ्टवेयर विकियात्रासँग परिचित गराउनको लागि प्रयोग गरिएको थियो।

प्रतिलिपी अधिकार[सम्पादन गर्नुहोस्]

विकियात्राले यसको सामग्रीलाई क्रिएटिभ कमन्स एट्रिब्युसन-सेयरएलाइक लाइसेन्स अन्तर्गत सार्वजनिक गर्दछ। यो कानुनी दृष्टिकोणबाट मुद्रित सहयोगीहरूको उत्पादनलाई सजिलो बनाउनको लागि हो। मिडिया फाइल, या त सार्वजनिक डोमेनमा प्रकाशित गर्न वा बहु इजाजतपत्रहरू (जिएनयु, क्रिएटिभ कमन्स) अनुमतिपत्र अन्तर्गत जारी गरिन्छ।[२१]

जानकारी संरचना[सम्पादन गर्नुहोस्]

जानकारी विश्वकोशको लागि सामान्य भन्दा अधिक संरचित तरीकाले निर्माण गरिएको छ। एक विषय सम्बन्धित लेखहरू मिडियाविकि सफ्टवेयरबाट सम्बन्धित श्रेणीहरू मार्फत समूहमा वर्गीकृत गरिन्छ जसले लेखहरूमा भौगोलिक सम्बन्ध देखाउँदछ।

जर्मनेली भाषा संस्करणमा, बिभिन्न शीर्षकहरू छुट्याउनका लागि विभिन्न नामपदहरूको प्रयोग गरिन्छ। मुख्य नामपदले उनीहरूको भौगोलिक पदानुक्रम भित्र यात्रा गन्तव्यहरू समावेश गर्दछ। यात्रा गन्तव्य र शीर्षकहरू बीच एक सुदृढ आपसी सम्बन्धको लागि अनुमति दिने उद्देश्यले दुई अन्य महत्त्वपूर्ण नामपदहरू यात्रा शीर्षक र यात्रा समाचारहरूको लागि आरक्षित छन्। सामग्री बनोट लेखकहरूको समुदायको सहमतिबाट निर्णय गरिन्छ।[२२][२३]

भाषाहरू[सम्पादन गर्नुहोस्]

स्थानान्तरणको समयमा, विकियात्रा जर्मनेली, इटालेली, अङ्ग्रेजी, फ्रान्सेली, नेदरल्यान्डेली, रूसी र स्विडेनी भाषामा उपलब्ध थियो। यसको रूसी संस्करणलाई Викигид (उच्चारण: विकिगिद) भनिन्छ जहाँ यसको अनुवादित अर्थ विकि यात्रा सहयोगीको समान हुन्छ। जनवरी २०१३ मा, पुर्तुगाली र स्पेनी संस्करण यसमा थप गरिएको थियो भने यसको लगत्तै मार्चमा पोल्यान्डेली र रोमानियाली, अप्रिलमा यहूदी र युक्रेनी, मेमा युनानी र अगस्टमा भियतनामी भाषका संस्करणहरू उपलब्ध भएका थिए। चिनियाँ संस्करण जनवरी २०१४ र फारसी संस्करण अक्टोबर २०१४ मा, सुरु गरिएको थियो। यसको फिनल्यान्डेली संस्करण नोभेम्बर २०१६ सुरुवात गरिएको थियो भने हिन्दी संस्करण सेप्टेम्बर २०१७ मा, सुरुवात गरिएको थियो। बङ्गला र पश्तो भाषाका संस्करणलाई जुन २०१८ मा, सुरु गरिएको थियो भने अगस्त २०२० मा, जापानी संस्करणको सुरुवात गरिएको थियो।[२४]

तथ्याङ्क[सम्पादन गर्नुहोस्]

सेप्टेम्बर २०२० सम्म, विकियात्रा २२ वटा भाषाहरू सञ्चालित छ जहाँ २१ वटा सक्रिय छन् भने एउटा संस्करणको विकियात्रालाई बन्द गरिएको छ। सक्रिय संस्करणका भाषाहरूमा १,१७,७६९ लेखहरू छन् भने यहाँ २४,९५,०२१ दर्ता गरिएको प्रयोगकर्ताहरू छन् जहाँ यसमध्ये १,१३६ जना सक्रिय छन्।

क्र.सं भाषा विकि सामग्री जम्मा सम्पादनहरू प्रबन्धकहरू प्रयोगकर्ताहरू सक्रिय प्रयोगकर्ताहरू फाइलहरू
1 अङ्ग्रेजी en ३२,४३९ १७०,७७९ ४,८३२,२२५ ३६ २,३०२,६३२ ५३२ १,८३२
2 जर्मन de २०,२८० १०५,१४८ १,५९०,२४८ १४ ५१,१९४ १०४ ७२४
3 पोलिस pl १३,०७१ १५,५७३ १४१,३७५ १५,५७२ २९
4 इटालेली it ११,८३४ ४१,८७२ ८१६,९६४ ३५,२९३ ५५
5 फ्रान्सेली fr ८,८६२ २५,७१८ ५५१,२२६ ५०,९४० ४७ ९०
6 फारसी fa ८,७८९ ३०,१९४ १२१,८२२ १५,२८८ २८ २४
7 रसियाली ru ६,६७१ ३३,७४९ ६५४,३७४ ३७,७८० ८८ १५,८४३
8 चिनियाँ zh ५,४९७ २४,१३० १९३,४६७ १७,१२९ ३२ २१५
9 डच nl ४,२७२ १२,५३२ १४७,२१८ १६,२७६ १६
10 पोर्तुगी pt ३,९९६ १०,६४४ १३८,७३५ १७,२३९ १४

सम्पूर्ण विकिमिडिया तथ्याङ्कको लागि पूर्ण सूची हेर्नुहोस्:[२५]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Wikimedia's MediaWiki API:Sitematrix. Retrieved मार्च २०२४ from Data:Wikipedia statistics/meta.tab
  2. "alexa.com Competitive Analysis, Marketing Mix and Traffic - Alexa", अलेक्सा इन्टरनेट, अन्तिम पहुँच १२ अगस्ट २०२०  वेब्याक मेसिन अभिलेखिकरण २६ मे २०१० मिति
  3. "विकियात्रा, यात्रा सहयोगी विकिपिडिया", हफिङ्टन पोष्ट, १ जनवरी २०१३, अन्तिम पहुँच ११ मार्च २०१५ 
  4. Migration FAQ at Wikivoyage, 22:09, December 25, 2012. Retrieved January 16, 2013.
  5. The Case of Wikitravel and Wikivoyage Governance Across Borders, July 2012
  6. "Wikipedia parent to launch travel guide with Wikitravel rebels", Skift.com, जुलाई १३, २०१२, अन्तिम पहुँच जनवरी १६, २०१३ 
  7. "Wikimedia Foundation launches Wikivoyage, a free, worldwide travel guide that anyone can edit" (प्रेस विज्ञप्ति), विकिमिडिया संस्थान, अन्तिम पहुँच जनवरी १५, २०१२ 
  8. See the bylaws वेब्याक मेसिन अभिलेखिकरण २००७-०९-२७ मिति of the Wikivoyage association.
  9. "Wikivoyage statistics page" (जर्मनेलीमा), Wikivoyage, अन्तिम पहुँच जनवरी १६, २०१३ 
  10. The article distribution of Wikivoyage can be seen on a special page वेब्याक मेसिन अभिलेखिकरण २०११-१०-०१ मिति
  11. Zedi, Roger (January 20, 2007). "Eine Sammelstelle für praktisches Reise-Wissen". Tages-Anzeiger (Zurich). p. 60.
  12. Huwyler, Daniela. "AllerWeltsGeschichte / Heute aktuell". DRS 1, २१ फेब्रुअरी २००७, १५:४५ (स्थानीय समय)।
  13. "Travel Guide", Wikimedia Meta wiki, अन्तिम पहुँच नोभेम्बर ९, २०१२ 
  14. "Wikivoyage - Meta", meta.wikimedia.org, अन्तिम पहुँच जुलाई ३०, २०१९ 
  15. "Wikivoyage Migration FAQ (revision as of 23:15, August 26, 2012).", अन्तिम पहुँच जुलाई ३०, २०१९ [dead link]
  16. "Wikitravel:Travellers' pub - Wikitravel", अन्तिम पहुँच जुलाई ३०, २०१९ 
  17. "Requests for comment/Travel Guide - Meta", meta.wikimedia.org, अन्तिम पहुँच जुलाई ३०, २०१९ 
  18. "Wikivoyage/Launch", विकिमिडिया, अन्तिम पहुँच डिसेम्बर १५, २०१२ 
  19. See also Wikivoyage mailing list by Wikimedia Foundation] as at October 25, 2012: "The mailing list for Wikivoyage, a planned Wikimedia project"
  20. Cohen, Noam (सेप्टेम्बर ९, २०१२), "Wikitravel, Once a Profit Dream, Now Bedevils Its Owner", द न्युयोर्क टाइम्स, अन्तिम पहुँच नोभेम्बर ९, २०१२ 
  21. Roger Zedi: Eine Sammelstelle für praktisches Reise-Wissen. In: Tages-Anzeiger 20. Januar 2007, S. 60.
  22. "License information about Wikimedia dump downloads", Dumps.wikimedia.org, २००५-०९-२५, अन्तिम पहुँच २०१६-११-१८ 
  23. "Wikimedia Downloads", Dumps.wikimedia.org, अन्तिम पहुँच २०१६-११-१८ 
  24. "Licensing update - Meta", Meta.wikimedia.org, अन्तिम पहुँच २०१६-११-१८ 
  25. "Wikivoyage Statistics", Meta.Wikimedia.org, अन्तिम पहुँच ११ सेप्टेम्बर २०२० 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]