पोखरा प्रिमियर लिग २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोखरा प्रिमियर लिग २०७५
क्रिकेटको प्रकारट्वान्टी२०
टुर्नामेन्टको प्रकारराउन्ड-रोविन तथा नकआउट
आयोजक(हरू) नेपाल
विजेतापोखरा पल्टन
सहभागीहरू
खेल संख्या१७

पोखरा प्रमियर लिग २०७५ (प्रायोजित नाम नमस्ते पोखरा प्रिमियर लिग) नेपाली ट्वान्टी२० क्रिकेट प्रतियोगिता, पोखरा प्रिमियर लिगको पहिलो संस्करण हो। यो प्रतियोगिता हरेक वर्ष नेपालको एक सुन्दर सहर पोखरामा हुने गरेको छ। यस पहिलो पोखरा प्रिमियर लिग कात्तिक ९ देखि कात्तिक २० गतेसम्म आयोजना गरिएको थियो। यस प्रतियोगितालाई क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले प्रबन्धन गरेको छ। २०७५ मा पोखरामा पहिलो पटक आयोजना भएको पोखरा प्रिमियर लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले मान्यता प्रदान गरेको थियो।[१]

यस पोखरा प्रिमियर लिगको शीर्षक प्रायोजन भने नमस्ते प्रिमियम बियरको गरेको थियो जसका कारण प्रतियोगिताको नाम नमस्ते पोखरा प्रिमियर लिग भएको थियो।[२] विजेता बन्दै पोखरा पल्टनले २७ लाख नगद पुरस्कार र उप-विजेता बन्दै चितवन राइनोजले १० लाख नगद पुरस्कारमै चित्त बुझाएको थियो। यो नेपालको टी-२० लिगमा सर्वाधिक राशीको पुरस्कार हो।[३][४][५]पोखरामा सम्पन्न भएको पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगितामा चितवनलाई ३ विकेटले पराजित गर्दै पोखराले उपाधि उचालेको थियो।[६]

टोलीहरूको विवरण[सम्पादन गर्नुहोस्]

टोलीहरू सहर घरेलु मैदान सुरुवात मालिक[७] वर्तमान कप्तान महत्त्वपूर्ण खेलाडी
हुलास काठमाडौ रोयल्स काठमाडौ काठमाडौ २०७५ राज्यलक्ष्मी गोल्छा ज्ञानेन्द्र मल्ल ज्ञानेन्द्र मल्ल
पोखरा पल्टन पोखरा पोखरा २०७५ विनायक पोखरेल शरद भेषावकर शरद भेषावकर
बुटवल ब्लास्टर बुटवल बुटवल २०७५ रामबहादुर बिस्ट सोमपाल कामी सोमपाल कामी
एक्सपर्ट धनगढी ब्लुज धनगढी धनगढी २०७५ सञ्जिव शर्मा दिपेन्द्र सिहं ऐरी दिपेन्द्र सिहं ऐरी
चितवन राइनोज चितवन चितवन २०७५ राहुल महरा पारस खड्का पारस खड्का
विराटनगर टाइटान्स विराटनगर विराटनगर २०७५ पारस लुनिया सन्दीप लामिछाने सन्दीप लामिछाने

खेल स्थान[सम्पादन गर्नुहोस्]

नतिजा (२०७५)[सम्पादन गर्नुहोस्]

संस्करण स्थल फाइनल श्रृङ्खलाका उत्कृष्ट खेलाडी
विजेता नतिजा उप-विजेता
२०७५ पोखरा रङ्गशाला, पोखरा पोखरा पल्टन
१६१/७ (१९.२ ओभर)
पल्टन २ विकेटले विजयी
नतिजा
चितवन राइनोज
१६०/५ (२० ओभर)
भारत सन्नि पटेल (चितवन राइनोज)

समूह तालिका[सम्पादन गर्नुहोस्]

टिम खेल जित हार टाई अङ्क रनरेट
पोखरा पल्टन(विजेता) ०.७६६
चितवन राइनोज ०.१६५
हुलास काठमाडौँ रोयल्स ०.७६६
एक्सपर्ट धनगढी ब्लुज -०.३९८
बुटवल ब्लास्टर ०.३४
विराटनगर टाइटान्स -१.३८५
  • उत्कृष्ट ४ टिमले नकआउट चरणमा सिधै स्थान बनाउँछ ।
  •   क्वालिफायर १ छनोट
  •   इलिमेट छनोट

खेलहरू[सम्पादन गर्नुहोस्]

समुहचरणको खेलहरू[सम्पादन गर्नुहोस्]


खेल १
कार्तिक ०९ गते
१२:३०
[१]
पोखरा पल्टन
१९८/४ (२० ओभर)
वि.
विराटनगर टाइटन्स
१३९/८ (२० ओभर)
आरिफ शेख ५२ (५४)
सन्दिप लामिछाने २६/२ (४ ओभर)
पुष्प थापा ३० (२६)
ललित राजवंशी १७/३ (४ ओभर)
पोखरा पल्टनले खेल ५८ रनले जितेको थियो।
अम्पायर: विनय कुमार, बुद्ध प्रधान
खेलका उत्कृष्ट खेलाडी: विनोद भण्डारी

छनोट चरण १[सम्पादन गर्नुहोस्]

छनोट चरण २[सम्पादन गर्नुहोस्]

फाइनल[सम्पादन गर्नुहोस्]

प्रतियोगिता विवरण[सम्पादन गर्नुहोस्]

सर्वाधिक रन[सम्पादन गर्नुहोस्]

सर्वाधिक विकेट[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "पोखरा प्रिमियर लिगलाई आइसीसीको मान्यता", विकेट नेपाल, २०७५ आश्विन २२, सोमबार, अन्तिम पहुँच ५ फागुन २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१२ मिति
  2. "पोखरा प्रिमियर लिग विजेताले २७ लाख पाउने", अनलाइन खबर, २०७५ कात्तिक ७, अन्तिम पहुँच ३ फागुन २०७५ 
  3. "पहिलो पोखरा प्रिमियर लिगको उपाधि पोखरा पल्टनको पोल्टामा", उज्यालो अनलाइन, २० कात्तिक २०७५, अन्तिम पहुँच ४ फागुन २०७५ 
  4. "पीपीएलको उपाधि पोखरा पल्टनलाई", नागरिक न्युज, मंगलबार, २० कार्तिक २०७५, अन्तिम पहुँच ५ फागुन २०७५ 
  5. "पीपीएलको उपाधि पोखरा पल्टनले उचाल्यो", नेपाल तारा, मंगलबार, कार्तिक २०, अन्तिम पहुँच ५ फागुन २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०२-१५ मिति
  6. "चितवनलाई ३ विकेटले पराजित गर्दै पोखराले जित्यो पीपीएल उपाधि", सवाल नेपाल, अन्तिम पहुँच ५ फागुन २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१८-११-१० मिति
  7. "पोखरा प्रिमियर लिगमा ६ सहरको नाममा टोली, यी हुन् मालिक र मार्की खेलाडी", विकेट नेपाल, २०७५ आश्विन ११, बिहीबार, अन्तिम पहुँच ४ फागुन २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-१०-१२ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]