पकडम पकडाई

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पकडम पकडाई
अन्य नामपकडम पकडाई
शैलीहास्य
निर्माण गर्ने देशभारत
भाषा(हरू)हिन्दी
सत्रहरुको सङ्ख्या5
भागहरूको सङ्ख्या351
निर्माण
प्रसारण अवधि८ मिनेट
निर्माण कम्पनी(हरु)टुञ्ज एनिमेसन
वितरकभायाकम एट्टिज
प्रसारण
मूल च्यानलनिकलोडियन (भारत) (सन् २०१३-२०१४)
निकलोडियन सोनिक (सन् २०१४-हाल)
प्रथम प्रसारण२७ मे २०१३ (2013-05-27) – हाल

पकडम पकडाई, अन्तर्राष्ट्रिय रूपमा र्‍याट-ए-ट्याटको रूपमा पनि परिचित, एक भारतीय एनिमेटेड हास्य दूरदर्शन शृङ्खला हो जुन निकलोडियन (भारत)मा प्रसारित भएको थियो। हाल यो सोनिक निकेलोडियनमा प्रसारण हुँदै आइरहेको छ। यो ओगी एण्ड द काकरोचेसबाट प्रेरित छ। कार्यक्रम मे २०१३बाट सुरु भएको थियो।

डगी डन (अन्तरराष्ट्रिय प्रसारणमा डनको रूपमा मात्र स्थानीयकृत) सानो गुलाबी कुकुर हो, जसलाई उसको ठूलो दाइ कर्नलले, मोटो (मार्ली), छोटु (चार्ली) र लाम्बु (ल्यारी) नामक तीन मुसाहरूको बिरूद्ध लड्न मद्दत गर्दछ। छोटु छुहा पार्टीको स्वयम्घोषित नेतृत्वकर्ता हो। एक ठूलो जर्मनेली प्रजातिको कुकुर बल्लु (रोक्स) कार्यक्रममा प्रमुख पात्रको रूपमा रहेको छ।

डगी डन, छोटु, मोटु, लम्बु, कर्नेल र बल्लु क्रमशः रूपमा ओगी एण्ड ककरोचेसका प्रमुख पात्रहरू, ओगी, जोए, डि डि, मार्की, ज्याक र बबबाट प्रेरित छन्। कार्यक्रमको पहिलो चलचित्र "डगी डन भर्सेस बिलम्यान" (" डगी डन भर्सेर क्याट म्यान) २१ डिसेम्बर २०१४ मा निक भारत मार्फत प्रसारण गरिएको थियो। यसको दोस्रो भाग ओसन एट्याक २२ नोभेम्बर १०१५ मा नोनिक मार्फत प्रसारण गरिएको थियो।

केही बलिउड कलाकारहरूको विशेष आवाज प्रभावहरू शृङ्खलाको भारतीय प्रसारणमा विभिन्न पात्रहरूको लागि चयन गरिएको थियो।

शृङ्खलाहरू[सम्पादन गर्नुहोस्]

संस्करण सञ्जाल सार्वजनिक मिति
 भारत कार्टुन नेटवर्क २७ मे २०१३ – २१ डिसेम्बर २०१४
निकलोडियन सोनिक[१] २२ डिसेम्बर २०१४ – हाल
निकलोडियन (भारत)[२] ५ डिसेम्बर २०१५ – हाल
रिस्ते[३] ३० मार्च २०१६ – हाल
 पाकिस्तान पाकिस्तान निकलोडिएन (पाकिस्तान) २८ जून २०१४ – हाल
फ्रान्स फ्रान्स अर्टे सन् २०१३-२०१५

चरित्रहरू[सम्पादन गर्नुहोस्]

डगी डन (डन), एउटा कुकुर हो जसलाई रिस मुसाहरूद्वारा उठ्छ। उसको दिनहरू सँधै मुसाद्वारा बर्बाद हुन्छन्; त्यसकारण, उ जहिले पनि तिनीहरूसँग बदला लिने योजना गर्छ, र विरलै धसफल हुन्छ। ऊ एकदम बुद्धिमान छ तर केही साधारण प्रश्नहरूको उत्तर दिन ऊ अल्छी गर्छ। उसको घरमा कार्यात्मक प्रयोगशाला छ। यसको आवाज शाहरुख खानको नक्कलमा सौरभ चक्रवर्तीले दिएका छन्।

(कर्नल) अत्यधिक सुरक्षा गर्ने तथा कहिलेकाँही आक्रामक पनि गर्ने डगी डनको जेठो दाइ हो। उ एक सिपाही टोपी, तक्मा, र सेतो पञ्जा लगाएको एक मांसपेशीले भरिएको हरियो कुकुर हो। उसले सधैं आफ्नो भाइको रक्षा गर्दछ र मुसाहरूको दुर्ववहारहरूको प्रतिवाद गर्दछ। उ एक प्रशिक्षित सिपाही हो। ऊ एकदम अहङ्कारी र अरु प्रति कडा छ। उनलाई सनी देओलको नक्कलमा सौरभ चक्रवर्तीले आवाज दिएका छन्।

बल्लु (रोक्स) नामक एक बलियो तथा ठूलो डेन जातको कुकुर उनिहरूको छिमेकी हो। उसले, प्रायजसो डगी डन र कर्नेललाई पिट्ने गर्दछ र कहिलेकाहीँ मुसाहरूदाई पनि पिट्ने गर्दछ। उसको र कर्नेलको एउटै उमेर छ। यस चरित्रमा आवाज अम्रिस पुरीको नक्कलमा सौरभ चक्रबर्तीले दिएका छन्।

मेजर साब जेआर (थ) एक सेतो बुलडग प्रजातिको कुकुर हो। उसको बुबा (मेजर साब एसआर)को हेलिकप्टर विस्फोटनमा परि मृत्यु भएको थियो उ उसलाई डगी दाजुभाइले अपनाएका थिए। उसको आकार र उमेर डगी दाजुभाइको भन्दा कम छ। उसलाई भोक धेरै लाग्छ र उनीहरूको समूहको मोटुको रूपमा तुलना गरिन्छ। यसमा आवाज सेफ अली खानको नक्कलमा सौरभ चक्रवर्तीले दिएका छन्। पछि, शृङ्खलामा उनी अटाएनन्।

मुसाहरू[सम्पादन गर्नुहोस्]

छोटु (चार्ली) चुहा पार्टीको स्वयम्धोषित नेता हो र उनीहरू मध्ये सबैभन्दा बुढो र दुष्ट छ। उसले चश्मा लगाउँछ। ऊ एक प्रतिभाशाली मानिन्छ किनकि प्राय: धेरै शृङ्खलाहरूको अन्तमा आफ्नो टोलीलाई जिताउन मद्दत गर्दछ। उसको डगी डनसँग प्रतिस्पर्धा हुन्छ। उनलाई परेश रावलको नक्कलमा सौरभ चक्रवर्तीले आवाज दिएका छन्।

लम्बु (ल्यारी) समूहको बैजनी मुसा हो। उ एक प्रदर्शित चरित्रको रूपमा वर्णन गर्दछ। उ ठट्टा गर्छ, तर उ एक निञ्जम पनि हो। उसको वाक्यांश ;डन्ट एङ्ग्री मी "अनुवादित - मलाई रिस नउठाउ" हो। उहाँ कर्नल प्रतिस्पर्धी हो। उसलाई अक्षय कुमारको नक्कलमा सौरभ चक्रवर्तीले आवाज दिएका छन्।

मोटु (मार्ली) यो खैरो नीलो रङ्गको मुसा हो। उ सधैं खानाको साथ बाटो पत्ता लाउने गर्दछ। उ प्राय अलि सङ्केत बिहिन हुन्छ। ऊ चुहा पार्टीको कान्छो सदस्य हो। ऊ मेजर साबको प्रतिस्पर्धा हो। उसलाई सुनील शेट्टीको नक्कलमा सौरभ चक्रवर्तीले आवाज दिएका छन्

मानव[सम्पादन गर्नुहोस्]

डक्टर साहब (डक्टर) कुकुर दाजुभाइ र बल्लु पारिवारको बाल रोग चिकित्सक हो। उ सेनाको शिविर, पुलिस ष्टेसन र कुकुर दाजुभाइहरूको विद्यालयमा भाग लिइरहेको देखिन्छ, जसलाई झल्को शृङ्खलाहरूमा देखाइएको छ। उनी व्यवहारको हिसाबले मुर्ख छन् किनकि उनी प्रायः छुहा पार्टीको कुप्रथामा फस्ने गर्दछन्। यसलाई सौरभ चक्रवर्तीद्वारा आवाज दिइएको छ।

नाना कार्यक्रमकी कथाकर्ता हुन्, जो केवल मूल हिन्दी संस्करणमा मात्र उपलब्ध छ। शृङ्खलाहरूमा सामान्यतया सुरु र बन्द उनको भनाइबाट समाप्त हुन्छ। जबकि उनको हास्यास्पद टिप्पणी शृङ्खला भरि चलिरहन्छ। शैलेश पाण्डेले आवाजको यस पात्र, नाना पाटेकरको नक्कल हो।

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

पकडम पकडाई डगीडन भर्सेस बिलम्यान[सम्पादन गर्नुहोस्]

१९ डिसेम्बर २०१४ मा, पकडम पकडाई डगीडन भर्सेस बिलम्यानको पहिलो प्रस्तुति देखाइएको थियो जसमा डगी डन र कर्नल यात्रा गर्दै छन् र बिलम्यान नामक बिरालोसँग मित्रता गाँगेको देखाइएको छ। वास्तबमा उ खलनायकको रूपमा देखिन्छ र सहर आफ्नो कब्जामा गर्छ।। छोटु, मोटु, लाम्बु, डगी डन र कर्नल र सहरका नागरिक मिलेर बिलिम्यानलाई पराजित गर्छन्।

पकडम पकडाई ओसन अट्याक[सम्पादन गर्नुहोस्]

२० नोभेम्बर २०१५ मा, पकडम पकडाई ओसन अट्याकको पहिलो प्रस्तुति देखाइएको थियो। डगी डन, कर्नल र उनका भाई, मेजर साबका साथ मुसाहरूले विश्वलाई दुष्ट सार्क बचाउँछन्। जसले विश्वलाई सागरमा परिणत गर्छ र सागरको केन्द्रमा रहेको समुद्र र भूमि बीचको सन्तुलन नष्ट गरेर सबैलाई समुद्र प्राणी बनाउँछ। डगी डन, कर्नल, मेजर र मुसाहरूले आफ्ना नयाँ साथीहरू बुढाबाबा, मनुमान र यति मिलेर सुरमाईलाई पराजित गरी र उनको साथमा रहेका दुष्ट माछा सेना र उसलमई झ्याल खानामा क‌ैद गर्छन्।

पकडम पकडाई: डगी डन इन इजिप्ट[सम्पादन गर्नुहोस्]

यसको पहिलो प्रस्तुति २१ जनवगी २०१८ मा गरिएको थियो। यो डगी डन, कर्नल, र मुसा भाइहरूले संसारको कब्जा गर्न चाहने हेयरिस भन्ने दुष्ट जादूगरलाई हराउन खोज्ने क्रममा घटेको कहानी हो।

पकडम पकडाई स्पेस अट्याक[सम्पादन गर्नुहोस्]

यस चलचित्रको पहिलो प्रस्तुति १३ मे २०१८ मा गरिएको थियो। यस चलचित्रमा विश्वलाई हाइपर बण्डर नामको एलियन बाँदरबाट बचाउनको लागि लागि परेका डगी डन, कर्नल र मुसा भाइहरूको कथा हो। नयाँ चरित्र डगी डोना र माष्टर गोवाटीले उनीहरूलाई मद्दत गर्छन्।

पकडम पकडाई अट्याक अन टोक्यो[सम्पादन गर्नुहोस्]

यस चलचित्रको पहिलो प्रस्तुति १३ मे २०१८ मा गरिएको थियो।

पुरस्कारहरू[सम्पादन गर्नुहोस्]

यस कार्यक्रमलाई निकलोडियन र टुञ्ज भारत लिमिटेडले संयुक्त रूपमा उत्पादन गरेका थिए जून मे २०२३ मा सुरु भएको थियो।[४] भारत उद्योग वाणिज्य महासङ्घद्वारा आयोजना गरिएको, "सफारी डन" को शृङ्खलाका लागि यसले सन् २०१४ को बिएएफ पुरस्कारमा "उत्कृष्ट एनिमेटेड दूरदर्शन शृङ्खला"को पुरस्कार जितेको थियो।[५][६]

अन्य भाषामा शीर्षकहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Chase comedy 'Pakdam Pakdai' moves from Nick to fuel Sonic's growth", १८ डिसेम्बर २०१४, अन्तिम पहुँच १८ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण २२ डिसेम्बर २०१७ मिति
  2. "Viacom18 to launch HD kids channel Nick HD+, unveils local IP 'Shiva' for Nick | TelevisionPost.com", टेलिभिजन पोष्ट (अङ्ग्रेजीमा), मूलबाट २०१७-०७-०८-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१७-११-०१  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-०८ मिति
  3. ""Nick Hour" on Rishtey", ३० मार्च २०१६, अन्तिम पहुँच १३ डिसेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १४ डिसेम्बर २०१७ मिति
  4. "Nick launches Pakdam Pakdai- a chase comedy", टाइम्स अफ इण्डिया, ३० मे २०१३, अन्तिम पहुँच ५ जुन २०१४ 
  5. "Nick India's Pakdam Pakdai adjudged 'Best Animated TV Episode'", इण्डिएन टेलिभिजन, अन्तिम पहुँच ५ जुन २०१४ 
  6. बोटवाला, जिनिया, "Winners of FICCI BAF 2014 Awards Announced", एनिमेसन एक्सप्रेस, अन्तिम पहुँच ५ जुन २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]