लिसा दहल्कभिस्त

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लिसा दहल्कभिस्त
व्यक्तिगत जानकारी
पुरा नाम लिसा क्यारोलिन भिक्तुरिया दहल्कभिस्त[१]
जन्म मिति (1987-02-06) ६ फेब्रुअरी १९८७ (उमेर ३७)[२]
जन्म स्थान स्तोकहोल्म, स्विडेन[३]
उचाइ १.७३ मिटर [२]
खेल्ने स्थान(हरू) मध्यपङ्क्ति
क्लब जानकारी
वर्तमान टोली
एस्किल्स्तुना युनाइतेद दिएफएफ
सङ्ख्या २७
युवा करियर
सन् २००३ आदोल्फब्याग इल्को
सन् २००४ कार्ल्सलुन्द
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
सन् २००५ कोलेफ ओरेब्रु
सन् २००६–२००९ उमेओ इल्को
सन् २०१०–२०११ कोपर्सबर्ग/योहतेबोर्य फुटबल क्लब ४२ (१३)
सन् २०१२–२०१४ तिरिसा एफए ४४ (५)
सन् २०१४ अभाल्दनेस ११ (०)
सन् २०१५ कोलेफ ओरेब्रु (६)
सन् २०१५–२०१६ पेरिस सेन्ट जर्मेन १७ (२)
सन् २०१६–२०१७ कोलेफ ओरेब्रु ३० (०)
सन् १०१८– एस्किल्स्तुना युनाइतेद दिएफएफ २८ (२)
अन्तर्राष्ट्रिय करियर
सन् २००८– स्विडेन १३२ (११)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: २५ जुलाई २०१७
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: २५ जुलाई २०१७

लिसा कारोलिना भिक्तुरिया दहल्कभिस्त (स्वीडेनी: Lisa Dahlkvist) (जन्म:६ फेब्रुअरी १९८७) एक स्विडेनी व्यावसायिक फुटबल खेलाडी हुन् जो जसले स्विडेनी क्लब एस्किल्स्तुना युनाइतेद दिएफएफ र स्विडेन महिला राष्ट्रिय टोलीका लागि मध्यपङ्क्तिमा खेल्ने गर्छिन्। उनी यस भन्दा अगाडि स्विडेनका क्लबहरू जस्तै उमेओ इल्को, कोपर्बर्ग्स / योहतेबोर्य एफसी , तिरिसा एफएफ , र कोलेफ ओरेब्रु र नर्वेको तपसेरिनको क्लब अभाल्दनेस र फ्रान्सेली डिभिजन १ फिमिनिनको क्लब पेरिस सेन्ट-जर्मेनका लागि खेलेकी थिइन्।[४]

दहल्कभिस्त सन् २००८ मा स्विडेन महिला राष्ट्रिय फुटबल टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय कार्यकालको सुरुवात गरेकी थिइन् र उनले राष्ट्रको लागि १३० भन्दा बढी उपस्थिति जनाइसकेकी छिन्।[५] उनले सन् २०११ र सन् २०१५ फिफा महिला विश्वकप र सन् २०१२ र सन् २०१६ को ओलम्पिकका साथसाथै सन् २००९, सन् २०१३ र सन् २०१४ युएफा महिला च्याम्पियन्स लिगमा स्विडेनको प्रतिनिधित्व गरेकी थिइन्।

क्लब कार्यकाल[सम्पादन गर्नुहोस्]

दमल्सेभेन्स्कनमा प्रदर्शन गर्ने क्लब कोलेफ ओरेब्रुसँगको एक संस्करण पछि १८ वर्षीय दहल्कभिस्तले डिसेम्बर २००५ मा राष्ट्रिय महिला फुटबल विजेता उमेओ इल्कोसँग एक सम्झौतामा हस्ताक्षर गरेकी थिइन्। [६] उच्च स्तरिय फुटबल प्रतियोगिताहरूमा प्रदर्शन गर्ने केही कठिनाई भोग्नु परेका कारण उनी उक्त क्लबसँगको पहिलो २ संस्करण पश्चात् नै क्लबबाट प्रस्थान गर्ने अवस्था सम्म पुगेकी थिइन्।[७] टोलीमा स्थायी भएपछि दहल्कभिस्तले स्विडेनको सर्वश्रेष्ठ मध्यवर्ती मध्यपङ्क्ति खेलाडीको रूपमा विकसित हुँदै क्लबलाई तीन दमल्सेभेन्स्कन उपाधि जिताउन महत्त्वपूर्ण योगदान गरेकी थिइन्। [८]

दहल्कभिस्तले उमेओसँग सन् २००७ र सन् २००८ को गरी दुईवटा युइएफए महिला च्याम्पियन्स लिग खेलेकी थिइन् जसमा टोली फाइनल खेलमा पराजित भएको थियो। उनले सन् २००८ को महिला च्याम्पियन्स लिगमा पेनाल्टी मार्फत गोल गरेकी थिइन्। [९] सन् २००९ मा, दहल्कभिस्तले उनले प्रदर्शन गरिरहेको क्लब उमेओसँग टाढिँदै दमल्सेभेकन्सको उच्च कोटीको क्लब कोपर्सबर्ग/योहतेबोर्य र लिङ्सपिङ फुटबल क्लबको प्रस्ताव प्राप्त गरेकी थिइन्। पछि, उनले कोपर्सबर्ग/योहतेबोर्य फुटबल क्लबको प्रस्तावलाई स्वीकार गरेको घोषण गरेकी थिइन्। सन् २०११ मा उनको उक्त क्लबसँग सम्झौता म्याद समाप्त भए लगत्तै, योहतेबोर्यले उनलाई सोही क्लबमा रहन आह्वान गरेको थियो।[१०] उनलाई लिग विजेता माल्मले क्लब ल्याउन पहल गरेको भएता पनि उनी सन् २०१२ मा दमल्सेभेकन्सको क्लब तिसिसासँग दुई वर्षे सम्झौतामा हस्ताक्षर गरेकी थिइन्।[११]

तिरिसाको लागि खेल्दै दहल्कभिस्त

तिरिसाले सन् २०१२ को संस्करणमा पहिलो पटक दमल्सेभेन्स्कनको उपाधि जितेको थियो र यसका साथसाथै उनले आफ्नो चौथो लिग विजेताको पदक प्राप्त गर्न सफल रहेकी थिइन्।[१२] यस बाहेक उमेओसँग ३ पटक उपाधि जितेकी थिइन्। दहल्कभिस्त र तिरिसा स्भेन्स्का कुपेनको फाइनलमा उनको पूर्व क्लब योहतेबोर्यसँग अतिरिक्त समयमा २-१ गोल अन्तरले पराजित हुँदा उनी निराश भएकी थिइन्। [१३] सन् २०१४ को युइएफए महिला च्याम्पियन लिग फाइनलमा टोली उल्फ्सबर्गबाट ४-३ गोल अन्तरले पराजित भएको थियो।

तिरिसाले सन् २०१४ मा आर्थिक गिरावट पनको सामना गरेको थियो जसको फलस्वरूप टोली दमल्सेभेन्स्कनको उक्त संस्करण खेल्न असमर्थ रहेको थियो जसले गर्दा उनी क्लबबाट प्रस्थान गरेकी थिइन्। [१४] स्तोकहोल्म जिल्ला प्रशासकीय परिषद्ले खेलाडीहरूको तलब प्रकाशित गर्दै दहल्कभिस्तले प्रति महिनाको तलब ३९,००० स्विडेनी क्रोना भन्दा बढी रहेको खुलासा गरेको थियो।

पूर्व क्लब उमेओले उनीसँग पहिलेभन्दा राम्रो खेलाडी भएको दावी गर्दै उनलाई पुनः क्लबसँग हस्ताक्षर गर्न रुचि देखाएको थिएन।[१५] दहल्कभिस्तले एक्सप्रेसेन समाचार पत्रलाई तलब उनका लागि दोस्रो प्राथमिकतामा रहेको र उनी सही टोलीमा सामेल हुनको लागि तलब कटौती गर्न तयार भएको जनाएकी थिइन्।[१६] जुलाई २०१४ मा उनी नर्वेको तपसेरियन क्लब तपसेरिनको क्लब अभाल्दनेस आइएलमा सामेल हुन राजी भए जसले उनको पूर्व क्लब तिरिसाले ब्राजिली खेलाडी मार्तालाई हस्ताक्षर गर्न असफल प्रयास पनि गरेको थियो।[१७] सन् २०१४ को संस्करणको समाप्त पछि दहल्कभिस्तले उक्त क्लब छोडेर स्विडेनको दमल्सेभेन्स्कन र कोलेफ ओरेबुमा फर्किएकी थिइन् जसबाट उनले आफ्नो वरिष्ठ फुटबल कार्यकालको सुरुवात गरेकी थिइन्।[१८] ओरेब्रुमा आधा संस्करण पछि, दहल्कभिस्तले पुन: फ्रान्सेली डिभिजन १ फिमिनिन क्लब पेरिस सेन्ट-जर्मेनमा देशवासी क्यारोलिन सेगेरकोसोभारे अस्लानीसँगै सामेल भएकी थिइन्।[१९]

अन्तर्राष्ट्रिय कार्यकाल[सम्पादन गर्नुहोस्]

प्रमुख प्रशिक्षक थोमस डेन्नर्बीले १२ फेब्रुअरी २००८ मा दहल्कभिस्तलाई उनको वरिष्ठ स्विडेन टोलीका लागि खेल्नका लागि अनुमति दिएका थिए जसमा टोलीले साइप्रसमा इङ्ल्यान्डलाई २-० गोल अन्तरले पराजित गरेको थियो।[२०] उनले सन् २००८ बेइजिङ ओलम्पिकमा टोलीको आरक्षित खेलाडीमध्ये एकको रूपमा भाग लिएकी थिइन् र अधिक अनुभवी अग्रपङ्क्तिकी खेलाडी क्यारोलिन सेगेरले प्रतियोगिता अघि भएको चोटपटक पश्चात् उनले मुख्य टोलीमा स्थान प्राप्त गरेकी थिइन्।[२१]

अर्को वर्ष, दहल्कभिस्तलाई फिनल्यान्डमा भएको युइएफए महिला यूरो २००९ को लागि मुख्य टोलीमा सामेल गरिएको थियो।[२२] उनले तीनै खेलहरूमा उपस्थिति जनाएकी थिइन् र राम्रो प्रदर्शन गरे पनि स्विडेनले नर्वेसँग क्वाटर फाइनलमा ३-१ गोल अन्तरले पराजित भएको थियो।[२३]

जर्मनी विरुद्धको खेलमा दहल्कभिस्त

उनले लगातार तीन खेलहरूमा गोल गर्दै प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेकी थिइन्। जुन २०११ मा, स्विडेनले उनलाई २०११ फिफा महिला विश्वकपको लागि आफ्नो टोलीमा छनोट गरेको थियो। उनले उत्तर कोरिया विरुद्ध निर्णायक गोल गरेकी थिइन् जसले गर्दा टोली संयुक्त राज्य अमेरिका भन्दा अगाडि पुगेको थियो।[२४] उनका तीन गोलले प्रतियोगितामा सबै स्विडेनी खेलाडीहरूको नेतृत्व गरेको थियो।

स्विडेनी टोली फ्राङ्कफर्टमा जापानसँग सेमिफाइनलको खेल गुमाउँदै तेस्रो स्थानमा पुगेको थियो भने टोलीले फ्रान्सलाई २-१ ले पराजित गरेर तेस्रो स्थान हासिल गरेको थियो।[२५] विश्वकपमा प्राप्त गरेको तेस्रो स्थानले नै स्विडेनको सन् २०१२ ओलम्पिक खेलको योग्यतालाई सुनिश्चित गरेको थियो। डेन्नेर्बीले ओलम्पिक खेलहरूमा स्विडेनको टोलीमा उनलाई राखेका थिए जहाँ टोली क्वार्टर फाइनलमा फ्रान्सबाट पराजित हुन पुगेको थियो।[२६]

स्विडेनमा युइएफए महिला युरो २०१३ को अभ्यासको क्रममा, उनले टोलीमा आफ्नो स्थान सुरक्षित गरेकी थिइन् र नयाँ प्रशिक्षक पिया सुन्धागेले उनको सट्टामा क्यारोलिन सेगेर र मेरी हमरस्तोर्मलाई राष्ट्रिय टोलीको पहिलो केन्द्रिय मध्यपङ्क्ति जोडीको रूपमा प्राथमिकता दिएकी थिइन्।[२७] शङ्कास्पद शारीरिक अवस्थाकका बावजूद दहल्कभिस्तलाई क्यानाडामा भएको सन् २०१५ फिफा महिला विश्वकपको लागि स्विडेनको टोलीमा सामेल गरिएको थियो। सुन्धागेले उक्त निर्णयको वर्णन गर्दै उनले चार वर्ष अघि विश्वकपमा प्रदर्शन गरेको उत्कृष्ट स्थिति कायमै राख्ने आशा व्यक्त गरेकी थिइन्। स्विडेनले उनीहरूको तीन समूह चरणको खेल नाइजेरिया, संयुक्त राज्य अमेरिका र अष्ट्रेलियासँग खेलेको थियो। टोली १६ को चरणमा जर्मनीसँग ४-१ गोल अन्तरले पराजित भएको थियो।[२८]

दहल्कभिस्त सन् २०१६ को रियो ओलम्पिकमा स्विडेनी वरिष्ठ महिला टोलीमा रहेको थिइन् भने टोलीले उक्त खेलबाट रजत पदक हात पारेको थियो।[२९] उनले खेलेका कुनैपनि खेलमा गोल गर्न असमर्थ रहेकी थिइन्। [३०] उनी क्वाटर फाइनलमा अमेरिका र सेमिफाइनलमा आयोजक ब्राजिलसँग परेको बराबरी खेलका लागि पेनाल्टी प्रहार गर्ने अन्तिम खेलाडी बनेकी थिइन्।[३१]

खेल्ने शैली[सम्पादन गर्नुहोस्]

दहल्कभिस्त प्रायः आक्रमक मध्यपङ्क्तिको भूमिकामा मैदान प्रवेश गर्छिन्। उनको उत्कृष्ट खेल्ने शैली भनेको टाढाबाट भकुण्डो अन्य खेलाडी समक्ष पुर्‍याउनु हो। [३२]युइएफए डटकमले दहल्कभिस्तको बारेमा लेख्दै उनले खेललाई राम्रोसँग अध्ययन गर्ने र खेलको समयमा जिम्मेवारी ग्रहण गर्ने जनाएको थियो जुन गुण उनी जवान छँदा पनि देखा परेको थियो।[३३] सन् २०११ को विश्वकपको बेलामा एक समाचार पत्रले उनी उत्कृष्ट अग्रपङ्क्तिका साथसाथै रक्षापङ्क्तिमा समेत उच्च प्रदरेशन गर्ने सक्ने खेलाडीको रूपमा चित्रण गरेको थियो। उनी महत्त्वपूर्ण अवसरहरूमा उत्कृष्ट प्रदर्शन गर्न सक्ने खेलाडीको रूपमा चित्रित भएकी थिइन्। उनले सन् २०११ फिफा महिला विश्वकपमा उनको प्रदर्शन उच्च कोटीको रहेको थियो।[३४][३५]

सम्मानहरू[सम्पादन गर्नुहोस्]

दहल्कभिस्त खेल्दै गरेको एक तस्वीर

क्लब[सम्पादन गर्नुहोस्]

उमेओ इल्को
कोपर्सबर्ग/योहतेबोर्य एफसी
तिरिसा एफएफ

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

स्विडेन

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "खेलाडीहरूको सूची", युइएफए, अन्तिम पहुँच ११ जुन २०१३ 
  2. २.० २.१ "खेलाडीहरूको सूची - सन् २०१५ फिफा महिला विश्वकप", Fédération Internationale de Football Association, अन्तिम पहुँच २४ जुन २०१५ 
  3. "Profile", Svenska Fotbollförbundet (स्भेन्स्कामा), अन्तिम पहुँच २५ जुन २०१५ 
  4. Kopparbergs/Göteborg FC - Lisa Dahlkvist वेब्याक मेसिन अभिलेखिकरण २०११-०७-१८ मिति
  5. Dahlkvist följer Seger - klar för hårdsatsande Tyresö
  6. Röshammar, Martin (११ मे २०१२), "Lisa dribblar mot London", Arbetet (स्विडेनीमा), अन्तिम पहुँच ८ जुलाई २०१४ 
  7. "Lisa Dahlkvist lämnar Umeå IK" (स्भेन्स्कामा), Folkbladet, १७ डिसेम्बर २००९, अन्तिम पहुँच ८ जुलाई २०१४ 
  8. "Frankfurt 3-2 Umea (agg 4-3)", बेलायती प्रसारण निगम, २४ मे २००८, अन्तिम पहुँच ८ जुलाई २०१४ 
  9. Thomasson, Marie (२७ अगस्ट २०११), "Lisa har funnit glädjen igen", Göteborgs-Posten (स्भेन्स्कामा), अन्तिम पहुँच ८ जुलाई २०१४ 
  10. "Malmö jagar Lisa Dahlkvist", स्भारिया तिलिभिजन (स्भेन्स्कामा), १ नोभेम्बर २०११, अन्तिम पहुँच ८ जुलाई २०१४ 
  11. Nilsson, Alva (१४ नोभेम्बर २०११), "Lisa Dahlkvist klar för Tyresö FF" (स्विडेनीमा), Damfotboll.com, अन्तिम पहुँच ८ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण ६ अक्टोबर २०१८ मिति
  12. Cleris, Johannes (३ नोभेम्बर २०१२), "Tyresö vann SM-guld efter dramatik" (स्भेन्स्कामा), Dagens Nyheter, अन्तिम पहुँच ८ जुलाई २०१४ 
  13. Averbuch, Yael (१८ अक्टोबर २०१२), "‘Small Team With Enormous Heart’", New York Times, अन्तिम पहुँच १८ मे २०१४ 
  14. Saffer, Paul (२२ मे २०१४), "Müller the hero again as Wolfsburg win classic final", युइएफए, अन्तिम पहुँच २२ जुन २०१४ 
  15. Jönsson, Fredrik; Nordmark, Kasja (५ जुन २०१४), "Tyresö lämnar damallsvenskan" (स्विडेनीमा), Aftonbladet, अन्तिम पहुँच २२ जुन २०१४ 
  16. Bråstedt, Mats (११ जुन २०१४), "Landslagsspelarna på jakt efter en ny klubb", Expressen (स्भेन्सकामा), अन्तिम पहुँच ८ जुलाई २०१४ 
  17. "Inte Marta men väl Lisa Dahlkvist" (स्भेन्स्कामा), Damfotboll.com, ७ जुलाई २०१४, अन्तिम पहुँच ८ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण १२ अक्टोबर २०१८ मिति
  18. "Lisa Dahlkvist tillbaka i Örebro" (स्भेन्स्कामा), svt.se, ७ जुलाई २०१४, अन्तिम पहुँच ८ जनवरी २०१५ 
  19. "Lisa Dahlkvist est Parisienne" (फ्रान्सेलीमा), Paris Saint-Germain, १ सेप्टेम्बर २०१५, अन्तिम पहुँच १ सेप्टेम्बर २०१५ 
  20. Ekelund, Jonas (५ अगस्ट २००८), "Hanna Ljungberg missar OS – Johanna Almgren ersätter", Borås Tidning (स्विडेनीमा), मूलबाट १६ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०१४ 
  21. "Segers skada öppnar för Dahlkvist i OS", Folkbladet (स्भेन्स्कामा), १२ जुलाई २००८, अन्तिम पहुँच ८ जुलाई २०१४ 
  22. "Association player list", युइएफए डटकम, अन्तिम पहुँच ८ जुलाई २०१४ 
  23. Greder Duncan, Annika; Giertta, Lovisa (१ सेप्टेम्बर २००९), "Thunebro och Dahlqvist [sic] vill ha revansch mot Norge", स्भारिया रेदियो (स्विडेनीमा), अन्तिम पहुँच ८ जुलाई २०१४ 
  24. Saffer, Paul (४ सेप्टेम्बर २००९), "Efficient Norway oust Sweden", युइएफए डटकम, मूलबाट ५ जनवरी २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०१४  = Archive.today अभिलेखिकरण ५ जनवरी २०१३ मिति
  25. "Första VM:et för Lisa Dahlkvist", Damfotboll.com (स्विडेनीमा), २९ जुन २०११, अन्तिम पहुँच ८ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण २७ अक्टोबर २०१७ मिति
  26. Johansson, Malena (१० जुलाई २०११), "Dahlkvist i skytteligatopp: "Det känns kul"", Eurosport (स्भेन्स्कामा), अन्तिम पहुँच ८ जुलाई २०१४ 
  27. Bråstedt, Mats (३१ मे २०१३), "Hon ska göra succé - med hjälp av pappa", Expressen (स्भेन्स्कामा), अन्तिम पहुँच ८ जुलाई २०१४ 
  28. "Women's Olympic Football Tournament London 2012 – List of Players Sweden", फिफा, २४ जुलाई २०१२, अन्तिम पहुँच २५ मे २०१३ 
  29. Lukins, Emma (३० जुन २०१३), "Dahlkvist: "Vill så klart in i startelvan"", स्भारिया आकाशवाणी (स्विडेनीमा), अन्तिम पहुँच ८ जुलाई २०१४ 
  30. O'Connor, Philip (११ मे २०१५), "Soccer-Sweden take chance on Dahlkvist in World Cup squad", याहु! खेलकुद, अन्तिम पहुँच १ सेप्टेम्बर २०१५ 
  31. "Sweden advances to women's Olympic soccer final on penalties", AP, १६ अगस्ट २०१६, अन्तिम पहुँच १४ डिसेम्बर २०१९ 
  32. "Lisa Dahlqvist [sic]", Uefa.com, युइएफए, १० सेप्टेम्बर २००९, मूलबाट ९ जुलाई २०१४-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ जुलाई २०१४  = Archive.today अभिलेखिकरण ९ जुलाई २०१४ मिति
  33. Larsson, Micke (२ जुलाई २०११), "Nu är Lisa familjens bästa Dahlkvist", Dagens Nyheter (स्विडेनीमा), अन्तिम पहुँच ८ जुलाई २०१४, "som tuff arbetshäst i både försvarsspel och offensiv" 
  34. Hasselgren, Fredrik (११ मार्च २०१३), "De stora matcherna är Lisa Dahlkvists fotbollselixir" (स्विडेनीमा), Damfotboll.com, अन्तिम पहुँच ८ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण ८ अक्टोबर २०१८ मिति
  35. "अभिलेख प्रतिलिपि", मूलबाट २०१६-०८-१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१६-०८-१२  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०८-१३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]