चट्टोग्राम
चट्टोग्राम
চট্টগ্রাম | |
---|---|
चट्टोग्रामका धरोहरहरू | |
उपनाम(हरू): बङ्गलादेशको द्वार,[१] बङ्गलादेशको आर्थिक राजधानी | |
देश | बङ्गलादेश |
विभाग | चट्टोग्राम विभाग |
जिल्ला | चट्टोग्राम जिल्ला |
स्थापना | १३४० |
सहर सूचीकृत | १८६३[२] |
सरकार | |
• प्रकार | मेयर परिषद |
• अङ्ग | चट्टोग्राम सहर निगम |
• सहर मेयर | मञ्जुर आलम |
क्षेत्रफल | |
• महानगर | १६८.०७ किमी२ (६४.८९ वर्ग माइल) |
जनसङ्ख्या (२०११) | |
• महानगर | ६५००००० |
• महानगर | ४००९४२३ |
• मूलबासी नाम | चट्टोग्राम्गीयन |
समय क्षेत्र | युटिसी+६ (बङ्गलादेशी प्रमाणिक समय) |
हुलाक कोड | ४००० |
फोन कोड | ३१ |
वेबसाइट | चट्टोग्राम सहर निगम |
चट्टोग्राम [४] बङ्गलादेशको एउटा प्रमुख बन्दरगाह र दोश्रो सबैभन्दा ठुलो सहर हो ।[५] चट्टोग्राम एउटा गहिरो पानीको प्राकृतिक बन्दरगाह हो । बङ्गालको खाडीको पूर्वी तट र कर्णफुली नदीको मुहानमै स्थित यो सहर देशको दक्षिणी क्षेत्रमा पर्दछ । सन् २०११ मा यसको अनुमानित जनसङ्ख्या ६५ लाखभन्दा बढी रहेको थियो ।[६] दक्षिण एसियामा यो वाणिज्य, उद्योग र पानीजहाजको एउटा प्रमुख केन्द्र हो । यो संसारकै सबैभन्दा तीव्र गतिले विकसित भइहेको महानगरहरू मध्ये एक हो ।
परापूर्वकाल देखिनै चट्टोग्रामको यस प्राचिन प्राकृतिक बन्दरगाहले बङ्गाल र बंगालको खाडीको प्रमुख व्यापारिक केन्द्रको लागि एउटा प्रवेशद्वारको रूपमा कार्य गरेको छ । यस बन्दरगाहले मध्य पूर्व, दक्षिण पूर्व एसिया, युरोप र चीनको व्यापारीहरूलाई आकर्षित गरेको छ । अरब अन्वेषक इब्न-बतुता, भेनिसको व्यापारी निकोलो डे' कोन्टी र चीनी एडमिरल झेङ ही समेत कयौँ ऐतिहासिक यात्री यस बन्दरगाह भएर आवत जावत गरेका छन् । १६औँ शताब्दिमा पोर्चुगाली साम्राज्यमा यसलाई पोर्टो ग्रान्डे डी बेङ्गालाको नामले चिनिन्थ्यो । ब्रिटिश इस्ट इन्डिया कम्पनीले बङ्गालको अन्तिम स्वतन्त्र नवाबलाई युद्धमा हराएपछि सन् १७६० मा यस बन्दरगाहमा आफ्नो नियन्त्रण लिएको थियो । १९औँ शताब्दीमा ब्रिटिश राजको अनुसार, आधुनिक चट्टोग्राम बन्दरगाहको विकासको लागि असम-बङ्गाल रेलवेको निर्माण गरियो । दोश्रो विश्व युद्धमा बर्मा अभियानको समयमा यो मित्र राष्ट्रको सेनाको लागि एउटा महत्त्वपूर्ण आधार बन्न पुग्यो ।[७] सन् १९४७ मा बेलायती भारतको विभाजन पछी, चट्टोग्राम पूर्वी पाकिस्तानको क्षेत्र बन्न पुग्यो। सन् १९७१ मा बङ्गलादेश मुक्ति युद्धको सुरुवातमा बङ्गलादेशको स्वतन्त्रताको घोषणा चट्टोग्रामबाटै गरिएको थियो।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ [१] वेब्याक मेसिन अभिलेखिकरण २०१४-०२-०१ मिति
- ↑ "History of Chittagong City Corporation", Chittagong City Corporation, अन्तिम पहुँच २०१३-०५-२६। वेब्याक मेसिन अभिलेखिकरण २०१३-०८-१३ मिति
- ↑ "Area, Population and Literacy Rate by Paurashava –2001", Bangladesh Bureau of Statistics, अन्तिम पहुँच २००९-०९-१८। वेब्याक मेसिन अभिलेखिकरण २००७-०६-१० मिति
- ↑ Mahadi Al Hasnat (२ अप्रिल २०१८), "Mixed reactions as govt changes English spellings of 5 district names", Dhaka Tribune, अन्तिम पहुँच ८ अप्रिल २०१८।
- ↑ http://www.lloydslist.com/ll/sector/containers/article428456.ece
- ↑ http://www.chittagongchamber.com/
- ↑ Chittagong, Asia and Oceania:International Dictionary of Historic Places [२]