जमिला जमिल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जमिला जमिल
कालो माइक्रोफोन बोकेकी जमिल मुस्कुराउँदै
जमिला जमिल २०१८ स्यान डिएगो कमिक कनमा
जन्मजमिला आलिया जमिल
(1986-02-25) २५ फेब्रुअरी १९८६ (उमेर ३८)
लन्डन, इङ्ल्यान्ड
पेशा
  • अभिनेत्री
  • रेडियो प्रस्तुतकर्ता
  • मोडल
  • लेखक
  • अभियन्ता
कार्यकालसन् २००९ - अहिलेसम्म
समकक्षीजेम्स ब्लेक (सन् २०१५ - अहिलेसम्म)
वेबसाइटjameelajamil.co.uk Edit this at Wikidata

जमिला आलिया जमिल (अङ्ग्रेजी: Jameela Alia Jamil)[१] (जन्म: २५ फेब्रुअरी १९८६)[२] एक अङ्ग्रेजी अभिनेत्री, रेडियो प्रस्तुतकर्ता, मोडल, लेखिका र अभियन्ता हुन् । उनले सन् २००९ देखि सन् २०१२ सम्म बेलायतको टिभी च्यानल ४ मा एक पप शृङ्खला उद्घोषण गरी आफ्नो जीवनवृत्तिको सुरुवात गरिन् । पछि उनले बिबिसी रेडियो १ मा स्कट मिल्ससँग दी ओफिसियल चार्टको रेडियो उद्घोषक र दी ओफिसियल चार्ट अपडेटमा सह-उद्घोषकको भूमिका निभाइन् । उनी बिबिसी रेडियो १ चार्ट शोको प्रथम महिला एक्कल प्रस्तुतकर्ता हुन् ।[३]

सन् २०१६ मा स्तन क्यान्सरको गलत निदान भएपछि उनले संयुक्त राज्य अमेरिकामा बसाई सरिन् । त्यहाँ हुँदा उनलाई एनबीसीको हास्य शृङ्खला द गुड प्लेसमा टहानी अल-जमिलको भूमिका खेल्न बोलाइयो । उनले भोग, ग्ल्यामर, कस्मोपोलिटन तथा टीन भोगको लागि मोडल गरेकी छिन् र द टाइम्स, कस्मोपोलिटन, द हफिङ्टन पोस्ट तथा कम्पनीका लागि लेखेकी छिन् ।[४]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

जमिलको जन्म २५ फेब्रुअरी १९८६ मा लन्डनको ह्यामस्टेडमा भारतीय बुवा र पाकिस्तानी आमाको घरमा भएको थियो ।[५] उनी श्रवण शक्तिसम्बन्धि समस्या लिएर जन्मेकी थिइन्, जसलाई ठिक गर्न उनले कयौँ शल्यक्रिया गराएकी छन् । उनको देब्रे कानमा ७०% र दाहिनेमा ५०% श्रवण शक्ति छ भन्ने खुलासा उनले सन् २०१५ मा गरिन् ।[६] जमिल भन्छिन् उनी विद्यालयमा हुँदा सतावत र लजालु थिइन् ।[७] नौ वर्षको उमेरमा उनलाई शरीरको संयोजी उक्तकहरूलाई प्रभाव पर्ने जेनेटिक डिसअर्डर, एलर्स-ड्यानलोस सिन्ड्रोम देखा पर्यो । यसले विविध लक्षणहरू देखाउँछ, जसले जीवनलाई जोखिममा पर्न सक्छ । यसका केही सामान्य लक्षणहरूमा जोर्नी दुख्ने, लामो छाला, असामान्य दागहरू देखा पर्ने, अत्यधिक थकान हुने, पाचनक्रिया र रक्त संचारमा समस्या देखा पर्ने आदि पर्छन् ।[८] किशोरावस्थामा उनी एनोरेक्सिया नर्भोसाबाट पीडित थिइन् र १४ देखि १७ वर्षको उमेरसम्म उनले राम्ररी खान खाइनन् । उनको खाने विकार सामाजिक दबावले गर्दा विकास भएको उनी मान्छिन्:

मलाई सानै हुँदादेखि एउटै कथन सुनाइयो, जसको कुनै अन्य विकल्प थिएन । महिलाको बौद्धिकताको कहिल्यै प्रशंसा गरिँदैनथ्यो । पत्रपत्रिकाहरूमा पनि वजन घटाउने वस्तुहरू बेचिन्थे । पातली नभए मेरो कुनै मूल्य हुँदैन भनिन्थ्यो ।[९]

१७ वर्षको उमेरमा जमिला मौरीबाट भाग्दा उनलाई गाडीले हानेको थियो । यसले गर्दा उनका कयौँ हड्डीहरू भाँच्चिएका थिए । उनी कहिल्यै नहिड्न सक्ने सम्भावना भए तापनि सही औषधोपचारले उनी बिस्तारै ठिक भइन् । यस दुर्घटनाले उनलाई आफ्नो शरीरलाई माया गर्न सिकाएको उनी भन्छिन् । उनले लन्डनको क्विन्स कलेजमा आफ्नो पढाई पुरा गरिन् र क्यालन स्कुल अफ इङ्लिशमा विदेशी विद्यार्थीहरूलाई अङ्ग्रेजी पढाइन् ।[१०] उनले प्रिमियर मोडल म्यानेजमेन्ट लिमिटेडमा मोडल, फोटोग्राफर र फेशन स्काउटको रूपमा नि काम गरेकी छिन्।[११][१२][१३]

कार्य जीवन[सम्पादन गर्नुहोस्]

सन् २००९ - सन् २०१५: प्रारम्भिक मिडिया कार्य[सम्पादन गर्नुहोस्]

जमिल, सन् २००९ को लन्डन फेशन सप्ताहमा

जमिल सन् २००८ को अन्त्यतिर बेलायतको रेडियो च्यानल ४ मा म्यूजिक जोन भन्ने कार्यक्रममा देखिएकी थिइन् । सन् २००९ मा उनले बेलायतको टेलिभिजन च्यानल ४ मा प्रस्तुतकर्ताको भूमिका निर्वाह गर्न थालिन् ।[१४][१५] जनवरी २००९ मा अलेक्सा चङले फ्रेश्ली स्कुइज्ड नामक टेलिभिजन कार्यक्रम छोडेपछि जमिलले उनको ठाउँ लिई निक ग्रिम्शसँग प्रमुख उद्घोषकको काम गरिन् ।[१२][१४][१६][१७]

जमिलले बिबो नामक सामाजिक सञ्जालमा द क्लजेट भन्ने अनलाइन फेशनबारे सल्लाह दिने कार्यक्रम सञ्चालन गर्थिन् ।[१५][१६][१८] ट्वेन्टी ट्वेन्टी टेलिभिजनले रचना र उत्पादन गरेको यस कार्यक्रम बिबो ओरिजिनल्स भित्र पर्थ्यो । त्यही वर्ष जनवरीमा डेभिड बेलीले भोगको "ब्रिटिश एडिटोरियल क्लास अफ २०१०" को लागि उनको तस्वीर खिचेका थिए ।

सन् २०११ देखि सन् २०१४ सम्म उनले कम्पनी नामक महिलाहरूको लागि पत्रिकाको लागि लेख्ने गर्थिन् ।[१५][१९] जनवरी २०१२ मा जमिलले प्लेयिङ इट स्ट्रेट नामक वास्तविकता कार्यक्रममा जून सार्पोङलाई पुनर्स्थापित गरिन् ।[२०] सन् २०१२ मा रेज्जी येट्सले बिबिसी रेडियो १ छोड्ने र जमिलले उनलाई पुनर्स्थापित गर्ने घोषणा गरियो । सन् २०१२ को अन्त्यमा जमिलले स्कट मिल्ससँग दी ओफिसियल चार्टको रेडियो उद्घोषक र दी ओफिसियल चार्ट अपडेटमा सह-उद्घोषकको भूमिका निभाइसकेकी थिइन् । जमिलले बिबिसी रेडियो १ चार्ट शोको पहिलो एक्कल महिला प्रस्तुतकर्ताको रूपमा इतिहास बनाइन्।[२१] जून २०१२ मा जमिलले भेरीसँगको सहकार्यमा आफ्नो पहिलो फेशन सङ्ग्रह निकालिन् ।[२२]

सन् २०१६ - अहिलेसम्म: अभिनय[सम्पादन गर्नुहोस्]

यो अत्यन्तै रोमाञ्चक छ । यो त्यति ठूलो कुरा नभएपनि मिडियामा विविध जातका मानिसहरू कम नै छन् । म एसियाली हुँ र रेडियो १ को यति महत्त्वपूर्ण भूमिकामा देखिनु मेरो लागि ठूलो कुरा हो । अब छिटै आफ्नो काममा लाग्न म उत्सुक छु ।

 — जमिलले दी ओफिसियल चार्टको पहिलो महिला रेडियो प्रस्तुतकर्ता भएको कुरा गर्दा[२३]

सन् २०१६ मा स्तन क्यान्सरको गलत निदान भएपछि उनले संयुक्त राज्य अमेरिकामा बसाई सरिन् ।[२४] उनको अभिनयमा लाग्ने कुनै उद्देश्य थिएन । पटकथा लेखक बन्न चाहन्थिन् ।[२५] उनको प्रतिनिधिले उनलाई पार्क्स एन्ड रेक्रिएशनको निर्माता माइकल श्यरले एउटा नयाँ हास्य टेलिभिजन शृङ्खलाको लागि बेलायती अभिनेत्री खोजिरहेको कुरा बताइन् । पहिला कुनै अभिनयको अनुभव नभएपनि उनले कोसिस गर्न मानिन् । उनलाई पछि दोस्रो अन्तर्वार्ताको लागि बोलाइयो र टहानीको भूमिका निर्वाह गर्न दिइयो ।[२६][२७][२८]

उक्त शृङ्खला सेप्टेम्बर २०१६ मा एनबीसीमा प्रसारण गर्न थालियो, जसमा जमिल द गुड प्लेसको प्रमुख पत्र टहानी अल-जमिलको भूमिका खेलिन् ।[२९] उनको पत्रले प्रख्यात व्यक्तिहरूको नाम सामान्य बातचितको बिचमा ल्याउने भएकोले टहानी चर्चित बनिन् ।[३०]

जमिल पहिलो पल्ट द कटको फेब्रुअरी २०१८ को संस्करणमा अमेरिकी पत्रिकामा देखिएकी थिइन् ।[३१] उनले डकटेल्समा गान्ड्रा डीको आवाज प्रदान गरिन् ।[३२] सन् २०१८ मा जमिलले डिज्नी जुनियरमा सन् २०२० मा आउने भारतीय संस्कृतिमा आधारित कार्टुन मीरा, रोयल डिटेक्टिभमा आन्टी पुष्पाको भूमिका निर्वाह गरिन् ।[३३] सन् २०१८ मा जमिलले लास्ट कल विथ कार्सन डेलीको आवर्ती खण्ड वाइड अवेक विथ जमिला जमिल उद्घोषण गरिन् ।[३४]

सन् २०१९ देखि जमिलले टिबिएसमा प्रसारण हुने द मिजरी इन्डेक्स नामक खेल कार्यक्रमको उद्घोषण गर्दै आएकी छिन् ।[३५]

मार्च २०२० मा उनले प्लेबोइ पत्रिका "अन स्पीच" संस्करणको लागि सूट र टाइ लगाई आफ्नो तस्वीर खिचाइन् । उनले पछि ट्विटरमा कुनै लुगा लाएर प्लेबोइको लागि फोटोशुट गर्दा अत्यन्तै खुसी भएको बताइन् ।[३६][३७]

अप्रिल २०२० मा उनले दी आइ वे पडकास्ट सुरु गरिन्, जुन महिला सशक्तिकरण र समावेशीकरणमा केन्द्रित छ ।[३८]

महिला सशक्तिकरण, जातीय समानता र जलवायु परिवर्तनसम्बन्धि सक्रियता[सम्पादन गर्नुहोस्]

सन् २०१५ को अन्त्यतिर जमिलले वाइ नट पीपल ? नामक अभियान सुरु गरेकी थिइन्, जसबाट विविध क्षमता भएका व्यक्तिहरूको लागि मनोरन्जन कार्यक्रमहरूको सेवन गर्न सजिलो बनाउने आशा गरिएको थियो ।[३९] मार्च २०१८ मा कोर्टनी, क्लोइकिम कार्दशियन तथा केन्डलकाइली जेनरका तौलको विवरण गरिएको पोस्ट देखेपछि जमिलले "आइ वे" नामक इन्स्टाग्राम खाता बनाइन् ।[४०][४१] यस खातामा #iweigh प्रयोग गरी राखिएका तस्वीरहरू राखिन्छ । सामान्यतया यस्ता तस्वीरहरूमा अनुयायीहरूले आफू केका लागि कृतज्ञ छन् भनेर लेखिएको हुन्छ ।[४२] यस अभियानको लागि जमिललाई सन् २०१८ मा १०० महिला (बिबिसी) मा सूचिकृत गरिएको थियो ।[४३]

जमिलले तौल घटाउने वस्तुहरूको विरोधमा पनि आवाज उठाएकी छिन् । उनले किशोरावस्थामा तौल घटाउने औषधीहरू लिएको बताइन् । उनले कार्दशियन परिवार, कार्डी बी र अन्य प्रख्यात व्यक्तिहरूलाई तौल घटाउने वस्तुको विज्ञापन गरेकोमा आलोचना गरेकी छिन् ।[४४] जमिलले प्रख्यात र अनुयायित व्यक्तिहरूलाई तौल घटाउने वस्तुहरूको विज्ञापन गर्नबाट रोक्न change.org मा १५०,००० हस्ताक्षरको लक्ष्य राखी आवेदन प्रकाशन गरेकी थिइन् । उनले फेसबुक, ट्विटरइन्स्टाग्राममा १८ वर्षभन्दा सानो व्यक्तिहरूलाई तौल घटाउने वस्तुहरूले विज्ञापन नगर्ने अभियान सुरु गरेकी छिन् ।[४५]

तौल घटाउने वस्तुहरूका अवयव तथा नकारात्मक असरहरूको बारेमा राम्ररी लेखिएको हुँदैन । यस्ता वस्तुहरू स्वास्थ्य विज्ञानबारे कुनै ज्ञान नभएका नाम चलेका व्यक्तिहरूले विज्ञापन गरे मात्र बिक्छन् ।

— जमिलको आवेदनको भाग[४५]

जमिलले जलवायु परिवर्तन अभियान र यसमा लागि परेका जेन फोन्डा, ग्रेटा थुनबर्ग र अन्य अभियन्ताहरूको प्रशंसा गर्दै उनी आप्रवासी भएकोले यस अभियानमा पक्राउ हुन नचाहेको बताएकी छिन् ।[४६]

परोपकार[सम्पादन गर्नुहोस्]

जमिल समदायिक आयोजनाहरूलाई आर्थिक सहयोग गर्ने उद्देश्यले सी ४ को ओरेन्ज रककोर्प्स २००९ मा देखिएकी थिइन् । उनले बालबालिकाहरूलाई आफ्नो संस्कृति सिकाउने कार्यक्रमहरूमा सहभागिता जनाएकी छिन् । स्वयमसेवा गरी समाजलाई सहयोग पुर्याउने १६ देखि २५ वर्षका व्यक्तिहरूको लागि उनले विनस्पायर्ड राष्ट्रिय पुरस्कार प्रदान गर्नमा उनले सहयोग पुर्याएकी छिन् । जमिलले स्पन्जबब स्क्वेरप्यान्ट्सको आफ्नै संस्करण निकालेकी छिन्, जसको कमाइ चाइल्डलाइनलाई प्रदान गरिन्छ । जमिलले कमिक रिलिफको लागि £१,००० उठाए बापत १ दिन कुखुराजस्तो देखिने पहिरन लगाउने भनेकी थिइन् । उनले अन्ततः £१६,००० उठाइन् र १६ दिन लगातार कुखुराजस्तो देखिने पहिरन लगाइन् ।[४७]

सम्मान[सम्पादन गर्नुहोस्]

ब्रिटिश भोगको सेप्टेम्बर २०१९ को "फोर्सेस फर चेन्ज" संस्करणको लागि मेगन मार्कलले छनोट गरेका १५ महिलाहरूमध्ये जमिल पनि एक थिइन् ।[४८]

२ अगस्ट २०१९ मा जमिललाई एलर्स-ड्यानलोस सोसाइटीद्वारा "२०१९ को अधिवक्ता" को सम्मान दिइएको थियो ।[८]

३ मे २०२० मा जमिलले १२ औँ वार्षिक शोर्टी पुरस्कारमा "फेनम" पुरस्कार पाइन् ।[४९]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

जमिल सन् २०१५ देखि सङ्गीतकार जेम्स ब्लेकसँग प्रेमलीलामा बाँधिएकी छन् ।[५०] उनले पुरुष र महिला दुबैलाई मन पराउँछिन् ।[५१][५२][५३]

सेप्टेम्बर २०१० मा ओली मर्सको लन्डनमा हुने कार्यक्रममा उद्घोषण गर्न जाँदा उनी चिप्लेर लड्दा उनको नाक र कुहिनोमा घाउ भएको, एउटा दाँत झरेको र टाउकोमा चोट लागेको कुरा उनले १ अक्टोबर २०१८ मा गुड मोर्निङ अमेरिकाको एउटा भिडियोमा बताइन् ।[५४]

मे २०१९ मा उनले आफ्नो पहिले गरेको गर्भपतनको बारेमा बताइन् । "त्यो मेरो र मैले स्याहार गर्न मानसिक र शारीरिक रूपमा तयार नभएको बच्चाको लागि सबैभन्दा राम्रो र उचित निर्णय थियो," भनेर उनले भनिन् ।[५५]

३ अक्टोबर २०१९ मा बिबिसीको हार्ड टकमा उनले आफू पहिले धेरै पटक बलात्कृत भएको खुलासा गर्दै महिलाहरूलाई नराम्रो भन्नु भन्दा पितृसत्तात्मलाई दोषी ठहर्याउनुपर्छ भनिन् ।[५६]

१० अक्टोबर २०१९ मा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले पहिले ६ चोटी आत्मघात गर्न खोजेको बताउँदै मानसिक स्वास्थ्यसम्बन्धि समस्या भएका मानिसहरूको लागि उचित स्वास्थ्यसेवा नभएको कुराको आलोचना गरिन् ।[५७]

अभिनय[सम्पादन गर्नुहोस्]

चलचित्र[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका टिप्पणी
सन् २०१९ हाउ टु बिल्ड अ गर्ल क्लियोपेट्रा
सन् २०२० मेरी मी

टेलिभिजन[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका टिप्पणी
सन् २००९ - सन् २०१२ फ्रेश्ली स्कुइज्ड आफैँ प्रमुख उद्घोषक
सन् २००९ - सन् २०१२ टी ४ आफैँ उद्घोषक
सन् २०१२ प्लेयिङ इट स्ट्रेट आफैँ उद्घोषक
सन् २०१४ सिलेब्रिटी जूस आफैँ सत्र ११, भाग ८
सन् २०१५ द ग्रेट कमिक रिलिफ बेक अफ आफैँ सत्र २, भाग ३
सन् २०१६ - सन् २०२० द गुड प्लेस टहानी अल-जमिल मुख्य पात्र
सन् २०१८ लास्ट कल विथ कार्सन डेली आफैँ उद्घोषक, आवर्ती खण्ड, वाइड अवेक विथ ब्राजियर
सन् २०१८ हलिउड गेम नाइट आफैँ भाग: "हो हो हलिडे गेम नाइट"
सन् २०१९ स्टिल लाफ-इन: ड स्टार्ज सेलिब्रेट आफैँ
सन् २०१९ डकटेल्स गान्ड्रा डी (आवाज) भाग: "द डेन्जरस केमिस्ट्री अफ गान्ड्रा डी!"
सन् २०१९ द मिजरी इन्डेक्स आफैँ प्रमुख उद्घोषक
सन् २०२० बिग सिटी ग्रिन्स फीनिक्स (आवाज) भाग: "एनिमल फार्म"
सन् २०२० मीरा, रोयल डिटेक्टिभ आन्टी पुष्पा (आवाज) पुनरावर्ती भूमिका[५८]
सन् २०२० लेजेन्डेरी आफैँ निर्णायक[५९][६०]
सन् २०२० हार्ली क्विन एरिस (आवाज) भाग: "ब्याचलरेट"
सन् २०२० अमेरिकन ड्याड ! क्रिस्टिन एस. (आवाज) भाग: "एक्स्वीजिट कोर्प्सेस"
सन् २०२० क्रसिङ स्वर्ड्स स्लोएन (आवाज) ४ भागहरू

रेडियो[सम्पादन गर्नुहोस्]

वर्ष शीर्षक भूमिका टिप्पणी
सन् २०१२ द रेडियो १ रिक्वेस्ट शो विथ ब्राजियर उद्घोषक बिबिसी रेडियो १
सन् २०१३ - सन् २०१५ दी ओफिसियल चार्ट उद्घोषक बिबिसी रेडियो १
सन् २०१३ दी ओफिसियल चार्ट अपडेट सह-उद्घोषक बिबिसी रेडियो १

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "Jameela Jamil Biography", TV Guide, मूलबाट ९ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जनवरी २०२० 
  2. "Jameela Jamil", Us Weekly, मूलबाट ९ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०२० 
  3. "Clara Amfo to present BBC Radio 1's Official Chart Show", अन्तिम पहुँच ३० जनवरी २०१७ 
  4. Jamil, Jameela, "About", Jameela Jamil official website, अन्तिम पहुँच २०१९-११-१४  वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१४ मिति
  5. Hedges-Stocks, Zoah (२१ मे २०१८), "The Good Place star Jameela Jamil told she was 'too old, too ethnic and too fat' for the US", The Telegraph (UK), मूलबाट ९ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जनवरी २०२०, "Jamil, who was born in Hampstead to a Pakistani mother and an Indian father…" 
  6. McGrath, Nick (२० अप्रिल २०१५), "Jameela Jamil has faced cancer and spine damage but has never felt better", Mirror, अन्तिम पहुँच १० अप्रिल २०१८ 
  7. "Jameela Jamil of T4 is our chic look celeb", Metro.co.uk, २४ फेब्रुअरी २०१०, अन्तिम पहुँच २१ अक्टोबर २०१०  वेब्याक मेसिन अभिलेखिकरण १ अक्टोबर २०१२ मिति
  8. ८.० ८.१ "Jameela Jamil on Instagram: "Proud to be an @ehlers.danlos advocate of the year. I got diagnosed at 9 years old and there is still so little information 20 years later…"", Instagram, अन्तिम पहुँच ५ अक्टोबर २०१९ 
  9. "Jameela Jamil on banning airbrushing, the Kardashians and her traumatic teens", Channel 4 News, २९ अगस्ट २०१८, अन्तिम पहुँच ३१ अगस्ट २०१८ – YouTubeद्वारा। 
  10. "Interview: Jameela Jamil", Look magazine (London, UK: IPC Group Limited), १६ फेब्रुअरी २०१०। 
  11. Mulloy, Katie; Bella Howard (photographer); Steve Morriss (stylist) (डिसेम्बर २००९), Nylon (New York: Nylon Holding Inc.)। 
  12. १२.० १२.१ "Jameela Jamil: Our Style Crush – Sky Showbiz", Showbiz.sky.com, मूलबाट १ मार्च २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१० 
  13. "Jameela Jamil", Premiermodelstyle.com, अन्तिम पहुँच २१ अक्टोबर २०१० [dead link]
  14. १४.० १४.१ "Jameela Jamil", Millndoll.com, मूलबाट १४ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१०  वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०११ मिति
  15. १५.० १५.१ १५.२ "Hackford Jones PR – Entertainment – Jameela Jamil", Hackford Jones PR, मूलबाट २९ नोभेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१०  वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१० मिति
  16. १६.० १६.१ "Jameela | represented by Money Management", Moneymanagementuk.com, ११ नोभेम्बर २००९, मूलबाट २४ अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१०  वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २०१० मिति
  17. Fletcher, Alex (२३ जनवरी २००९), "T4 unveils new host Jameela Jamil", Digital Spy, अन्तिम पहुँच २१ अक्टोबर २०१० 
  18. "Jameela Jamil undresses for Westfield London Flash Mob", Fashionandrunway.com, ९ अक्टोबर २००९, मूलबाट १० जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१०  वेब्याक मेसिन अभिलेखिकरण ८ जनवरी २०१४ मिति
  19. Levine, Daniel S. (२० सेप्टेम्बर २०१७), "Jameela Jamil as Tahani Al-Jamil: 5 Fast Facts You Need to Know", Heavy.com, अन्तिम पहुँच २१ जनवरी २०१८ 
  20. "'Playing It Straight' to return to E4", Digital Spy, ६ अक्टोबर २०११, अन्तिम पहुँच ४ जुन २०१२ 
  21. "Reggie Yates, Vernon Kay to leave Radio 1, Jameela Jamil for Chart Show", Digital Spy, ९ नोभेम्बर २०१२, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१३ 
  22. "The exclusive first collection designed by Jameela Jamil for Very.co.uk", Blog.very.co.uk, २१ जुन २०१२, मूलबाट ३ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अक्टोबर २०१२ 
  23. Copsey, Robert (११ जनवरी २०१३), "Jameela Jamil talks Radio 1 Chart Show", Digital Spy 
  24. Chocano, Carina (१८ सेप्टेम्बर २०१८), "Jameela Jamil Is on a 'Burger-Friendly, Life-Positive' Mission", Elle, अन्तिम पहुँच १३ जनवरी २०१९ 
  25. Hirschberg, Lynn, "Jameela Jamil Never Expected to Be An Actress—Now, She's Fighting for Inclusivity", W Magazine (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-११-२३ 
  26. Turner, Lauren (१४ अक्टोबर २०१७), "Why Jameela Jamil is in a Good Place", BBC News, अन्तिम पहुँच ९ नोभेम्बर २०१८ 
  27. Fetters, Ashley (११ जनवरी २०१८), "Jameela Jamil Had Never Acted Before 'The Good Place'", GQ, अन्तिम पहुँच ३० जनवरी २०१८ 
  28. Adams, Erik (४ जनवरी २०१८), "Jameela Jamil suggests you take all your Good Place spoiler requests to Ted "Loose Lips" Danson", The A.V. Club, अन्तिम पहुँच ३० जनवरी २०१८ 
  29. Andreeva, Nellie (२५ फेब्रुअरी २०१६), "'Good Place': British Presenter Jameela Jamil Cast In Mike Schur NBC Series", Deadline Hollywood, अन्तिम पहुँच १२ मार्च २०१६ 
  30. Andreeva, Nellie (२५ फेब्रुअरी २०१६), "'Good Place': British Presenter Jameela Jamil Cast in Mike Schur NBC Series", Deadline Hollywood, अन्तिम पहुँच १२ मार्च २०१६ 
  31. Jamil, Jameela [@jameelajamil] (५ फेब्रुअरी २०१८), "My first USA cover! Thanks @thecut What a bloody lovely surprise that was. Interview is out now! www.instagram.com/p/Be0nENSFcbp/" (ट्विट), अन्तिम पहुँच १० अप्रिल २०१८ट्विटरद्वारा। 
  32. Jamil, Jameela [@jameelajamil] (२१ सेप्टेम्बर २०१८), "Joining the cast of Ducktales and living out my childhood dream! couldn't be more excited. 🤓" (ट्विट), अन्तिम पहुँच ९ नोभेम्बर २०१८ट्विटरद्वारा। 
  33. "Jameela Jamil joins Disney Indian-inspired cartoon", BBC News, ३० नोभेम्बर २०१८। 
  34. "Last Call with Carson Daly", Wikipedia (अङ्ग्रेजीमा), २०१९-११-२२, अन्तिम पहुँच २०१९-११-२३ 
  35. Darwish, Meaghan (१८ जुलाई २०१९), "'The Misery Index' Unveils Premiere Date & First-Squirm Inducing Trailer (VIDEO)", TV Insider, NTVB Media, Inc., अन्तिम पहुँच २० डिसेम्बर २०१९ 
  36. "Jameela Jamil poses fully-clothed in suit and tie in Playboy", www.msn.com, अन्तिम पहुँच २०२०-०३-१३ 
  37. Fishman, Elana (२०२०-०३-१२), "Jameela Jamil poses in suit and tie for Playboy: 'I wanted to be shot like a man'", Page Six, अन्तिम पहुँच २०२०-०३-१३ 
  38. https://www.nerdsandbeyond.com/2020/02/27/jameela-jamils-the-i-weigh-podcast-to-debut-in-april/
  39. "Jameela Jamil: 'Britain deals with disability by pretending it's not happening'", The Independent, २४ जुन २०१५, अन्तिम पहुँच १० अप्रिल २०१८ 
  40. "I Weigh (@i_weigh) • Instagram photos and videos", www.instagram.com, अन्तिम पहुँच ७ जुन २०१८ 
  41. Jamil, Jameela, "I weigh", Jameela Jamil – Diary of a Goon, अन्तिम पहुँच ७ जुन २०१८  वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०१८ मिति
  42. "What is i_weigh – @i_weigh", www.instagram.com, अन्तिम पहुँच ७ जुन २०१८ 
  43. "BBC 100 Women 2018: Who is on the list?", BBC News, १९ नोभेम्बर २०१८, अन्तिम पहुँच २१ नोभेम्बर २०१८ 
  44. "Let's Break Down Cardi B's Expletive-Filled Twitter War Over "Nonsense" Detox Tea", Bravo TV Official Site, २८ नोभेम्बर २०१८। 
  45. ४५.० ४५.१ "100,000 People Sign Jameela Jamil's Petition To Stop Celeb Endorsed Diets", १० फेब्रुअरी २०१९। 
  46. Jamil, Jameela [@jameelajamil] (२४ नोभेम्बर २०१९), "I think what Jane Fonda is doing for climate change awareness is so amazing." (ट्विट), मूलबाट २४ नोभेम्बर २०१९-मा सङ्ग्रहित – ट्विटरद्वारा। 
  47. Digital Spy (२३ फेब्रुअरी २०१३), "Jameela Jamil offers to wear chicken suit for a month for Comic Relief", अन्तिम पहुँच १७ मार्च २०१३ 
  48. "Meghan Markle puts Sinéad Burke on the cover of Vogue's September issue", The Irish Times, अन्तिम पहुँच ३१ जुलाई २०१९ 
  49. https://blog.shortyawards.com/post/616742577142628352/introducing-our-entertainment-phenom-recipient (Retrieved May 5 2020)
  50. "Jameela Jamil on Instagram: "3 years with this untalented bastard ❤️"", अन्तिम पहुँच ७ जुन २०१८  – via Instagram
  51. Jamil, Jameela [@jameelajamil] (५ फेब्रुअरी २०२०), "Twitter is Brutal" (ट्विट), अन्तिम पहुँच ६ फेब्रुअरी २०२०ट्विटरद्वारा। 
  52. Hunte, Ben (६ फेब्रुअरी २०२०), "Jameela Jamil announces she is ‘queer’ after backlash over TV role", BBC News, अन्तिम पहुँच ६ फेब्रुअरी २०२० 
  53. Abrams, Margaret (६ फेब्रुअरी २०२०), "Jameela Jamil comes out as queer on Twitter after backlash over Legendary judge role", Evening Standard, अन्तिम पहुँच ६ फेब्रुअरी २०२० 
  54. "'The Good Place' star Jameela Jamil reveals how she lost her tooth in on-set fall", ABC News, १ अक्टोबर २०१८, अन्तिम पहुँच ३१ जनवरी २०२० 
  55. Jamil, Jameela [@jameelajamil] (१३ मे २०१९), "I had an abortion when I was young, and it was the best decision I have ever made." (ट्विट), अन्तिम पहुँच १६ मे २०१९ट्विटरद्वारा। 
  56. "Hardtalk - Jameela Jamil actor and activist", BBC iPlayer 
  57. Jamil, Jameela [@jameelajamil] (१० अक्टोबर २०१९), "Today is #WorldMentalHealthDay" (ट्विट), अन्तिम पहुँच १० अक्टोबर २०१९ट्विटरद्वारा। 
  58. "Disney Junior Orders Animated Mystery Series Inspired by Indian Cultures and Customs", The Hollywood Reporter, अन्तिम पहुँच १ डिसेम्बर २०१८ 
  59. Murphy, J. Kim; Murphy, J. Kim (२०२०-०२-०४), "Jameela Jamil Tapped to MC, Judge Voguing Competition Series at HBO Max", Variety (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-१९ 
  60. "'Legendary' bosses respond to initial controversy: 'My job is to make sure that you're wrong'", EW.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-१९ 

बाह्य कडी[सम्पादन गर्नुहोस्]