वेस्टमिन्स्टर प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लन्डनमा थेम्स नदीको किनारमा रहेको वेस्टमिन्स्टर राजदरबार, संयुक्त अधिराज्यको संसदको सभाघर

वेस्टमिन्स्टर प्रणाली एक प्रजातान्त्रिक संसदीय शासन प्रणाली हो जुन सयौँ वर्षको अवधिमा संयुक्त अधिराज्यमा विकसित भएको थियो। यस व्यवस्थाको नाम लन्डनको वेस्टमिन्स्टरको दरबारबाट आएको हो, जुन संयुक्त अधिराज्यको संसदको सभाघर हो। हाल विश्वका अन्य धेरै देशहरूले यस प्रणालीमा आधारित वा प्रभावमा पारेर यो प्रणाली स्थापना गरेका छन्। बेलायत र राष्ट्र्मण्डल देशहरू बाहेक यो प्रणाली विशेष गरी पूर्व ब्रिटिस उपनिवेशहरूको शासनमा देख्न सकिन्छ।[१]

सरकारको वेस्टमिन्स्टर प्रणाली विशेष गरी राष्ट्रमण्डल देशहरूमा देख्न सकिन्छ। यो पहिले क्यानडाको प्रान्तहरूमा सुरु भएको थियो र त्यसपछि अस्ट्रेलियाले पनि यो प्रणालीको आधारमा आफ्नो सरकार स्थापना गरेको थियो। आज विश्वभरि कुल ३३ देशहरूमा यो प्रणालीमा आधारित वा प्रभावित शासनहरू छन्। एक समयताका यो प्रणाली राष्ट्रमण्डल वा पूर्व राष्ट्रमण्डल देशहरू र तिनीहरूका उपराष्ट्रिय एकाइहरूमा वेस्टमिन्स्टर प्रणाली थियो। पछि आएर धेरै देशहरूले आफ्नो शासन प्रणाली परिवर्तन गरेका थिए।

विशेषताहरू[सम्पादन गर्नुहोस्]

वेस्टमिन्स्टर प्रणालीको परिभाषित विशेषताहरू निम्न हुन्:

  • राष्ट्रप्रमुख : यहाँ एक मात्र औपचारिक र प्रतिनिधि कार्यकर्ता छ र उसको अधिकांश कार्यकारी शक्तिहरू अन्य संस्था र अधिकारीहरूको हातमा छन्, जुन उसले आफ्नो मातहतका अधिकारीहरूको सल्लाहमा प्रयोग गर्दछ;
  • प्रधानमन्त्री (सरकार प्रमुख ): सरकारको प्रमुख हो, उनी राष्ट्रको प्रमुखद्वारा नियुक्त गरिन्छ। उनी सामान्यतया राष्ट्रिय संसदमा बहुमत राजनीतिक दलको नेता हुनुहुन्छ, राज्य प्रमुखको मुख्य सल्लाहकार हुनुहुन्छ र सामान्यतया सबैभन्दा शक्तिशाली र प्रभावशाली अधिकारी हुनुहुन्छ;
  • कार्यकारिणी सरकार प्रमुख (प्रधानमन्त्री) को नेतृत्वमा मन्त्रिपरिषद्का सदस्यहरू (मन्त्रीहरू) द्वारा सञ्चालित हुन्छ। मन्त्रीहरूको नियुक्ति पनि प्रायः प्रधानमन्त्रीको हातमा हुन्छ;
  • विधायिका, द्विसदनीय वा एक सदनमा दुवैको स्वीकार्यता;
  • सरकारमाथि अविश्वास व्यक्त गर्ने संसदको स्वतन्त्रता;
  • संसद् खारेज गर्ने र निलम्बन गर्ने र संसद विघटन गरेर नयाँ निर्वाचनको आह्वान गर्ने राष्ट्रप्रमुखको क्षमता;

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Varieties of public representation", Political Representation, Cambridge University Press, २०१०, आइएसबिएन 978-0521128650 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]