सामग्रीमा जानुहोस्

मस्यौदा:पुरुषोत्तम दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुरुषोत्तम दाहाल
जन्मपुरुषोत्तम दाहाल
(1958-11-28) नोभेम्बर २८, १९५८ (उमेर ६५)
ओखलढुङ्गा जिल्ला, नेपाल
पेशापत्रकार
कार्यकाल२०३४ – हालसम्म
चिनारीको कारणरेडियो नेपालमा 'घटना र विचार' कार्यक्रमका प्रस्तोता,
राष्ट्रिय समाचार समितिको अध्यक्ष,
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा सञ्चार सल्लाहकार

पुरुषोत्तम दाहाल (जन्मः २०१५ मंसिर १३) नेपालका एक पत्रकार, लेखक एवं मानव अधिकारकर्मी हुन् । २०४६ सालको जनआन्दोलन सफल भएपछि उनले रेडियो नेपालमा सञ्चालन गरेको 'घटना र विचार' कार्यक्रमका कारण ख्याति कमाएका थिए । मानव अधिकार तथा शान्ति समाजका सभापति दाहाल राजनीतिशास्त्रका अध्यापक एवं नेपाली कांग्रेसका कार्यकर्ता पनि हुन् ।[]

प्रारम्भिक जीवन

[सम्पादन गर्नुहोस्]

ओखलढुङ्गा जिल्लाको बिगुटारमा जन्मेका दाहाल २०३४ देखि पत्रकारितामा सक्रिय भएका थिए ।

दाहालले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

दाहालले नेपाल टाइम्स दैनिक, राष्ट्रपुकार साप्ताहिक, नेपालवाणी साप्ताहिक, देशान्तर साप्ताहिक, चेतना साप्ताहिक आदिमा काम गरे । राष्ट्रिय समाचार समितिको अध्यक्ष, कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा सञ्चार सल्लाहकार भए । उनी राजधानी दैनिकको प्रधान सम्पादक पनि भए । २०५९ पछि दुई वर्ष च्यानल नेपालमा 'अग्निपरीक्षा' कार्यक्रम प्रस्तुत गरेका थिए । उनी २०४५ मा स्थापित नेपाल मानव अधिकार सङ्गठनका संस्थापकमध्ये एक थिए । दाहाल वाल्मीकि क्याम्पसमा राजनीति शास्त्र अध्यापन गर्छन् ।

प्रकाशित कृति

[सम्पादन गर्नुहोस्]

सम्मान र पुरस्कार

[सम्पादन गर्नुहोस्]
  1. महेन्द्रविक्रम मानवअधिकार पुरस्कार
  2. प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, २०५८

दाहालले आफ्नो पुस्तक मेरो पत्रकारितामा झुटा कुरा उल्लेख गरेको भनी मानव अधिकार तथा शान्ति समाजले २०७३ सालमा आजीवन सदस्यबाट निष्कासित गरेको थियो ।[]



बाह्यलिंकहरू

[सम्पादन गर्नुहोस्]

{{subst:Drafts moved from mainspace}}