मस्यौदा:पुरुषोत्तम दाहाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुरुषोत्तम दाहाल
जन्मपुरुषोत्तम दाहाल
(1958-11-28) नोभेम्बर २८, १९५८ (उमेर ६५)
ओखलढुङ्गा जिल्ला, नेपाल
पेशापत्रकार
कार्यकाल२०३४ – हालसम्म
चिनारीको कारणरेडियो नेपालमा 'घटना र विचार' कार्यक्रमका प्रस्तोता,
राष्ट्रिय समाचार समितिको अध्यक्ष,
कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा सञ्चार सल्लाहकार

पुरुषोत्तम दाहाल (जन्मः २०१५ मंसिर १३) नेपालका एक पत्रकार, लेखक एवं मानव अधिकारकर्मी हुन् । २०४६ सालको जनआन्दोलन सफल भएपछि उनले रेडियो नेपालमा सञ्चालन गरेको 'घटना र विचार' कार्यक्रमका कारण ख्याति कमाएका थिए । मानव अधिकार तथा शान्ति समाजका सभापति दाहाल राजनीतिशास्त्रका अध्यापक एवं नेपाली कांग्रेसका कार्यकर्ता पनि हुन् ।[१]

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

ओखलढुङ्गा जिल्लाको बिगुटारमा जन्मेका दाहाल २०३४ देखि पत्रकारितामा सक्रिय भएका थिए ।

शिक्षा[सम्पादन गर्नुहोस्]

दाहालले राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् ।

क्यारियर[सम्पादन गर्नुहोस्]

दाहालले नेपाल टाइम्स दैनिक, राष्ट्रपुकार साप्ताहिक, नेपालवाणी साप्ताहिक, देशान्तर साप्ताहिक, चेतना साप्ताहिक आदिमा काम गरे । राष्ट्रिय समाचार समितिको अध्यक्ष, कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री रहँदा सञ्चार सल्लाहकार भए । उनी राजधानी दैनिकको प्रधान सम्पादक पनि भए । २०५९ पछि दुई वर्ष च्यानल नेपालमा 'अग्निपरीक्षा' कार्यक्रम प्रस्तुत गरेका थिए । उनी २०४५ मा स्थापित नेपाल मानव अधिकार सङ्गठनका संस्थापकमध्ये एक थिए । दाहाल वाल्मीकि क्याम्पसमा राजनीति शास्त्र अध्यापन गर्छन् ।

प्रकाशित कृति[सम्पादन गर्नुहोस्]

सम्मान र पुरस्कार[सम्पादन गर्नुहोस्]

  1. महेन्द्रविक्रम मानवअधिकार पुरस्कार
  2. प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार, २०५८

विवाद[सम्पादन गर्नुहोस्]

दाहालले आफ्नो पुस्तक मेरो पत्रकारितामा झुटा कुरा उल्लेख गरेको भनी मानव अधिकार तथा शान्ति समाजले २०७३ सालमा आजीवन सदस्यबाट निष्कासित गरेको थियो ।[२]


सन्दर्भ[सम्पादन गर्नुहोस्]


बाह्यलिंकहरू[सम्पादन गर्नुहोस्]

{{subst:Drafts moved from mainspace}}