एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड
व्यवसाय प्रकार | पब्लिक कम्पनी |
---|---|
व्यावसायिक रूप | नेप्से: ALIC |
उद्योग | बीमा |
स्थापित | फाल्गुन १५, २०६४ |
केन्द्रीय कार्यालय | मैतिदेवी काठमाण्डौ, नेपाल |
सेवा क्षेत्र | नेपाल |
मुख्य व्यक्ति | Deepak Kumar Shrestha (अध्यक्ष) Dinesh Lal Shrestha (प्रमुख कार्यकारी अधिकृत) |
उत्पादनहरू | जीवन बीमा |
आम्दानी | रु. ९.४७ अर्ब [१] (२०७८/७९) |
रु.४०.३४ करोड [१] | |
कुल सम्पत्ति | रु.३७.४६ अर्ब [१] |
कुल इक्विटी | रु. ३.६१ अर्ब [१] |
कर्मचारी सङ्ख्या | 430[२] |
वेबसाइट | https://www.asianlife.com.np/ |
एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड (ALICL) काठमाडौँ नेपालमा प्रधान कार्यालय भएको एक जीवन बीमा कम्पनी हो । कम्पनी ऐन २०५३ अन्तर्गत २७ फेब्रुअरी, २००८ (फाल्गुन १५, २०६४) मा स्थापना भएको थियो र कारोबार ३ अप्रिल, २००८ (चैत्र २१, २०६४) मा सुरु भएको थियो।[३] कम्पनीको अधिकृत पूँजी रू. ५ अर्बसहित रु. २.९ अर्ब चुक्ता पूँजी (६० प्रतिशत संस्थापक र ४० प्रतिशत साधारण शेयर।) एशियन लाईफ इन्स्योरेन्स कम्पनीको जीवन कोष रु. ३४ अर्ब (पुस २०७९-८०)। कम्पनीका ९३ प्रमोटर : २ संस्थागत र बाँकी ९१ व्यक्तिगत प्रमोटर छन् ।
यो कम्पनी नेपाल स्टक एक्सचेञ्ज मा सूचिकृत छ र ALICL नामबाट कारोबार हुन्छ ।[४]
मुख्य लगानीकर्ता
[सम्पादन गर्नुहोस्]आर्थिक वर्ष २०७९/८० मा कम्पनी मा १ % भन्दा धेरै शेयर स्वामित्व भएका शेयरधनीहरूको सूची यस प्रकार छ: [५]
S.NO. | शेयरधनी | शेयर | शेयर % |
१ | शक्तिकुमार गोल्यान | १,९६९,४०८ | ६.२४ |
२ | रुक्मिणी बस्नेत | १,४४६,८२४ | ४.५९ |
३ | राजेश लाल श्रेष्ठ | १,३९०,३६० | ४.४१ |
४ | रत्न देवी श्रेष्ठ | ८१७,८१५ | २.५९ |
५ | गुहेस्वोरी मर्चेन्ट बैंकिङ & फाइनान्स् | ७९०,७५८ | २.५१ |
६ | रोहित गुप्ता | ७५९,३५९ | २.४१ |
७ | दीनानाथ खानदेल्वाल | ७३९,८४६ | २.३४ |
८ | बृख बहादुर बस्नेत | ५८५,३०९ | १.८६ |
९ | अन्जली सरावगी | ५०३,४६९ | १.६० |
१० | सबिता देवी रुङता | ४०१,११६ | १.२७ |
रेटिङ
[सम्पादन गर्नुहोस्]- २०१७ अक्टोबरमा इक्रा नेपालले ग्रेड ४+ को रेटिङ प्रदान गरेको थियो । [६][७]
- २०१९ मा हकप्रद शेयर निष्काशन को लागी कियर रेटिङ्स नेपाल लिमिटेड बाट गरेको क्रेडिट रेटिङमा "कियर रेटिङ आइपिओ ग्रेड ३" प्रमाणपत्र प्राप्त गरेको थियो । "कियर रेटिङ आइपिओ ग्रेड ३" ले औसत आधारहरू जनाउछ । किअर रेटिङ्स नेपालाले १ देखी ५ प्वाइन्ट रेटिङ्स प्रदान गर्दछ । जसमा ग्रेड १ ले बलियो आधार जनाउँछ भने ग्रेड ५ ले कमजोर आधारहरू जनाउँछ । ग्रेड २, ३ र ४ मा प्रयोग गरिने + प्लस (Plus) चिन्हले यस समुहका तुलनात्मक सकारत्मक स्थितिलाई जनाउँछ ।
प्रभु बैंक
[सम्पादन गर्नुहोस्]एशियन लाईफको प्रभु बैंकमा ८० लाख ३७ हजार ९२२ कित्ता शेयर रहेको छ । कम्पनिसँग ७,४९७,७६२ कित्ता प्रमोटर शेयर र ५४०,१६० कित्ता साधारण शेयर गरी कुल ८,०३७,९२२ कित्ता शेयर रहेको छ ।[८] एशियन लाईफको शेयर हिस्सा ३.४१ प्रतिशत रहेको छ । [९]
यती एयर लाइन्स
[सम्पादन गर्नुहोस्]आश्विन २०८० मा यती होल्डिङ्गस अन्तर्गतको यती एयरलाइन्स लिमिटेडको ४९ प्रतिशत हिस्सा शेयर स्वामित्व लिएर एशियन लाइफ इन्स्योरेन्स हवाई सेवामा समेत प्रवेश गरेको छ । एशियन लाइफले १ अर्ब ७० करोड रुपैयाँ लगानी गर्न नेपाल बीमा प्राधिकरणबाट भदाै १२ मा सैद्धान्तिक सहमति पाएको थियो ।[१०]
अवार्ड
[सम्पादन गर्नुहोस्]- वेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स अवार्ड [११]
सामाजिक उत्तरदायित्त्व
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ १.२ १.३ १५औं वार्षिक प्रतिवेदन २०७८/७९, Asial Life iNsurance।
- ↑ बिजपाटी, संवाददाता (मे ०८, २०२४), "बीमा कम्पनी मध्ये हिमालयन लाइफले दिन्छ सर्वाधिक रोजगारी, कुनमा कति कर्मचारी ?", बिजपाटी।
- ↑ "Establishment Welcome to Asian Life Insurance Company Ltd.", Asian Life Insurance।
- ↑ "Asian Life Insurance Co. Limited (ALICL)", Nepal Stock Exchange।
- ↑ एशियन लाईफ इन्स्योरेन्स, "१६ औं वार्षिक प्रतिवेदन २०७९/८०", एशियन लाईफ इन्स्योरेन्स: पेज नं 58।
- ↑ "ICRA Nepal assigns [ICRANP] IPO Grade 4+ to the proposed rights issue (equity shares) of Asian Life Insurance Company Limited", Icra Nepal, २०१७ अक्टोबर।
- ↑ "Asian Life Insurance receives ICRA Grade 4+ for upcoming 50% right issue", Share Sansar, Dec ५, २०१७।
- ↑ प्रभु बैंक, "२२ औं वार्षिक प्रतिवेदन २०७९/८०", प्रभु बैंक: पेज नं 55।
- ↑ बिजपाटी, संवाददाता (मे ०३, २०२४), "प्रभु बैंकमा प्रभु ग्रुपको भन्दा बढी शेयर एशियन लाईफको, यी हुन् ठूला शेयरधनी", बिजपाटी।
- ↑ "हवाई सेवामा लगानी गर्ने पहिलाे बीमा कम्पनी बन्याे एशियन लाइफ, यती एयरमा ४९ प्रतिशतको साझेदारी", Insurancekhabar.com, ३० आश्विन २०८०।
- ↑ "एशियन लाइफ इन्स्योरेन्सले पायो वेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स अवार्ड", Insurancekhabar.com, ९ चैत्र २०८०।