याह्या सिनवार
याह्या सिनवार | |
---|---|
يحيى السنوار | |
हमासका प्रमुख नेता[१] | |
पद बहाली ६ अगस्ट २०२४ - १६ अक्टोबर २०२४ | |
सहायक | खलिल खल हाइया |
पूर्वाधिकारी | इस्माइल हनिया |
हमासका प्रमुख नेता[२] | |
पद बहाली १३ फेब्रुअरी २०१७ - १६ अक्टोबर २०२४ | |
प्रधानमन्त्री | मुहम्मद औवाद इसाम अल दा'अलिस |
पूर्वाधिकारी | इस्माइल हनिया |
व्यक्तिगत विवरण | |
जन्म | खान युनुस, गाजा पट्टी | २९ अक्टोबर १९६२
मृत्यु | १६ अक्टोबर २०२४ राफाह, गाजा, प्यालेस्टाइन | (उमेर ६१)
राजनीतिक दल | हमास |
शिक्षा | गाजा इस्लामी विश्वविद्यालय |
याह्या इब्राहिम हसन सिनवार (अरबी: يحيى السنوار, २९ अक्टोबर १९६२ – १६ अक्टोबर २०२४) एक प्यालेस्टिनी राजनीतिज्ञ तथा हमासको राजनीतिक शाखामा प्रमुख थिए।[३] उनी गाजा पट्टीमा हमासका पूर्व नेता पनि थिए जसले फेब्रुअरी २०१७ मा इस्माइल हनियाबाट पदभार ग्रहण गरेका थिए।[४] याह्या सिनवार हमासको सुरक्षा संयन्त्रका सह-संस्थापकहरू मध्ये एक थिए। उनी सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको मुख्य योजनाकार भएको विश्वास गरिन्छ।[५][६]
सिनवारको जन्म सन् १९६२ मा मिस्र शासित गाजाको खान युनिस शरणार्थी शिविरमा भएको थियो भने उनको परिवार सन् १९४८ को प्यालेस्टाइन युद्धको समयमा मजदल 'अस्केलोनबाट (आधुनिक अस्केलोन) निष्कासित भएका वा भागेको थियो।[७] उनले गाजाको इस्लामिक विश्वविद्यालयबाट अध्ययन गरी अरबी अध्ययनमा स्नातकोत्तर प्राप्त गरेका थिए।[८] सन् १९८९ मा सिनवारलाई दुई इजरायली सैनिक र चार प्यालेस्टिनीहरूको अपहरण र हत्याको योजना बनाएको आरोपमा इजरायलमा आजीवन कारावासको सजाय सुनाइएको थियो। उनले सन् २०११ मा इजरायली सैनिकले गिलाद शालितका लागि गरिएको कैदीहरूको साटफेरमा १,०२६ अन्य कैदीहरूको बीच कारागार मुक्त नहुन्जेलसम्म २२ वर्ष कारागार जीवन बिताएका थिए।[९] कारागार जीवन बिताउँदा सिनवारले इजरायलसँग सहकार्य गरेको आशङ्का गरिएका प्यालेस्टिनीहरूको मृत्युदण्डको समन्वय जारी राखे र इजरायली सैनिकहरूको अपहरणको योजना बनाएका थिए। सिनवार हमासको सुरक्षा संयन्त्रका सह-संस्थापकहरू मध्ये एक थिए।[१०][११][१२][१३]
सन् २०१७ मा सिनवार गाजामा हमासको नेताको रूपमा निर्वाचित भएका थिए भने त्यसको अर्को वर्ष सन् २०१८-२०१९ को गाजा सीमा विरोधप्रदर्शन चलिरहँदा उनले उक्त प्रदर्शनलाई समर्थन गर्दै शान्तिपूर्ण लोकप्रिय प्रतिरोधलाई पछ्याउने दाबी गरेका थिए।[१४] यद्यपि उनी इजरायललाई उन्मूलन गर्न समर्पित भएको र सैन्य भिडन्त मार्फत "प्यालेस्टाइनलाई स्वतन्त्र गर्ने" एकमात्र मार्गको रूपमा देखेको बताइन्छ।[१५] उनले "बलद्वारा प्राप्त हुनेछ, वार्ताद्वारा होइन" भन्ने अभिव्यक्ति दिएका थिए। उनले इरानसँग पनि बलियो सम्बन्ध विकास गरेका थिए।[१६][१७] सन् २०२१ मा हमासको नेताको रूपमा पुनः निर्वाचित सिनवार सोही वर्ष इजरायलको हत्याप्रयासबाट बचेका थिए।[१८][१९] उनलाई सन् २०२३ मा इजरायलमाथि ७ अक्टोबरमा हमासको नेतृत्वमा भएको आक्रमणको मुख्य योजनाकारको रूपमा लिइन्छ भने त्यस घटनापछि इजरायल-हमास युद्ध मध्यपूर्वका अन्य भूभागहरूमा पनि फैलिएको थियो।[२०]
हमास र इज्जुदिन अल कस्साम फौजलाई संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र अन्य देशहरूले आतङ्कवादी सङ्गठनको रूपमा घोषणा गरेको थियो भने सेप्टेम्बर २०१५ मा सिनवारलाई संयुक्त राज्य अमेरिका सरकारले विशेषगरी आतङ्कवादी भनी घोषित गरेको थियो। मे २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले प्यालेस्टाइनमा अपराध अदालत अनुसन्धानको एक भागको रूपमा युद्ध अपराध र मानवता विरुद्धको अपराधको लागि सिनवारलाई गिरफ्तार गर्नका लागि आवेदन दिने आफ्नो आशयको घोषणा गरेका थिए।[२१] सिनवार १६ अक्टोबर २०२४ मा इजरायली सेनासँगको लडाइँ क्रममा मारिएका थिए।[२२]
प्राथमिक जीवन
[सम्पादन गर्नुहोस्]याह्या इब्राहिम हसन सिनवारको जन्म सन् १९६२ मा खान युनिसको शरणार्थी शिविरमा भएको थियो। उनको परिवार सन् १९४८ मा अस्केलोनबाट गाजा पट्टीमा बसाइँ सरेको थियो। खान युनिस माध्यमिक विद्यालयबाट स्नातक गरेपछि, उनले गाजाको इस्लामिक विश्वविद्यालयमा भर्ना भई अरबी अध्ययनमा स्नातकोत्तर प्राप्त गरेका थिए।[२३] [२४]
हमास पोलिटब्युरोको अध्यक्षता
[सम्पादन गर्नुहोस्]सन् २०२४ जुलाई ३१ मा इस्माइल हनियाको हत्यापछि, हमासले याह्या सिनवारलाई आन्दोलनको नयाँ समग्र नेताको साथै हमास राजनीतिक ब्युरोको अध्यक्षको रूपमा नामाङ्कित गरेको थियो। हमासको पोलिटब्युरो चयन गर्ने निकाय सुरा परिषद्ले सिनवारलाई नयाँ नेताका रूपमा चयन गर्न सर्वसम्मतिले मतदान गरेपछि यसलाई आधिकारिक मानिएको थियो। सन् २०२४ अक्टोबर १६ मा सिनवारको मृत्यु नहुन्जेलसम्म २ महिना भन्दा बढी समयका लागि उनले अध्यक्षको पदभार सम्हालेका थिए।[२५]
बिबिसीका अनुसार हमासको नेताका रूपमा याह्या सिनवारको निर्वाचनले एक युगको अन्त्य तथा नयाँ चरम युगको सुरुवात भएको सङ्केत गरेको थियो। हमासका अधिकारीहरूका अनुसार अक्टोबर ७ को आक्रमणपछि अरब र इस्लामी विश्वमा उनको उल्लेखनीय लोकप्रियता र इरानको नेतृत्वमा सशस्त्र समूहहरूको सञ्जालसँग उनको बलियो सम्बन्धको कारण उनी निर्वाचित भएका थिए।[२६] द वाल स्ट्रिट पत्रिका अनुसार उनको निर्वाचनले आन्दोलनमा इरानका सैन्य सहयोगीहरूसँग मिलेर इजरायलविरुद्ध युद्ध गर्ने उनको रणनीतिलाई समर्थन गरेको थियो भने सिनवारले प्यालेस्टिनीहरू बीच बढ्दो लोकप्रियता हासिल गरेका थिए भनेर उल्लेख गर्दछ। द इकोनोमिस्ट प्रतिवेदनले सिनवारको निर्वाचनले युद्धविरामको सम्भावना कम भएको सङ्केत गरेको थियो भने उनले हमासको सबैभन्दा चरम गुटको प्रतिनिधित्व गरेका थिए। उनको नेतृत्वले इरानसँग हमासको गठबन्धन र कूटनीतिक वार्ताको प्रतिरोधलाई बलियो बनाएको थियो।[२७]
द वाल स्ट्रिट पत्रिकाका अनुसार सिनवारलाई हमासको तर्फबाट युद्धविरामका लागि वार्ता गर्न अनुमति दिनुको सट्टामा गाजा छोड्ने अवसर दिइएको थियो। उनले यसलाई अस्वीकार गर्दै आफू 'प्यालेस्टाइनी भूमि'मा रहेको भन्दै अरब मध्यस्थकर्तालाई बताएका थिए। यदि आफ्नो मृत्यु भइहाल्यो भने शासन चलाउनका लागि नेताहरूको एक परिषद् नियुक्त गर्न उनले सिफारिस गरेका थिए।[२८]
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Hamas names hard-liner as its new political leader in Gaza", द वासिङ्टन पोस्ट, ७ अगस्ट २०२४, अन्तिम पहुँच ७ अगस्ट २०२४।
- ↑ "Israeli occupation's threats against Hamas officials reflect political impasse", हमास, २५ सेप्टेम्बर २०२२, अन्तिम पहुँच २७ फेब्रुअरी २०२३।
- ↑ "गाजामा मारिएका हमासका प्रमुख याह्या सिनवार को हुन्?", रातोपाटी, ०२ कार्तिक २०८१।
- ↑ "Hamas names Yahya Sinwar as new leader after Ismail Haniyeh's killing", Al Jazeera English (अङ्ग्रेजीमा), मूलबाट ६ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अगस्ट २०२४।
- ↑ Beaumont, Peter (१३ फेब्रुअरी २०१७), "Hamas elects hardliner Yahya Sinwar as its Gaza Strip chief", The Guardian, मूलबाट १३ फेब्रुअरी २०१७-मा सङ्ग्रहित।
- ↑ Balousha, Hazam; Booth, William (१३ फेब्रुअरी २०१७), "Hamas names hard-liner as its new political leader in Gaza", द वासिङ्टन पोस्ट, मूलबाट १५ फेब्रुअरी २०१७-मा सङ्ग्रहित।
- ↑ "Yahya Sinwar", Britannica (अङ्ग्रेजीमा), २८ जनवरी २०२४, मूलबाट २८ जनवरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०२४।
- ↑ "Who is the Hamas leader in Gaza, Yahya Sinwar?", बीबीसी (en-GBमा), २१ नोभेम्बर २०२३, मूलबाट ९ जनवरी २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १ फेब्रुअरी २०२४।
- ↑ "Repaying a debt with blood: Israeli doctor saved Sinwar, nephew killed on Oct. 7", The Jerusalem Post (अङ्ग्रेजीमा), २१ जुन २०२४, अन्तिम पहुँच १७ अक्टोबर २०२४।
- ↑ "Terrorist Designations of Yahya Sinwar, Rawhi Mushtaha, and Muhammed Deif", United States Department of State, ८ सेप्टेम्बर २०१५, मूलबाट २१ जनवरी २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मे २०१९। वेब्याक मेसिन अभिलेखिकरण २१ जनवरी २०१७ मिति
- ↑ "The Palestinians try to reconcile", The Economist, ५ अक्टोबर २०१७, मूलबाट ७ मे २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १० अक्टोबर २०१७।
- ↑ Kottasová, Ivana; Shortell, David (७ डिसेम्बर २०२३), "Who is Yahya Sinwar, the Hamas leader Israel has called a 'dead man walking'", CNN, मूलबाट ७ अप्रिल २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ मार्च २०२४।
- ↑ Morris, Loveday; Balousha, Hazem (११ डिसेम्बर २०२३), "Who is Hamas leader Yehiya Sinwar: From enforcer to Oct. 7 mastermind", द वासिङ्टन पोस्ट, मूलबाट ११ डिसेम्बर २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ मार्च २०२४।
- ↑ "Hamas leader Sinwar killed by Israeli troops in Gaza, Netanyahu says war will go on", Reuters।
- ↑ "Yahya Sinwar, the Hamas leader committed to eradicating Israel", Reuters।
- ↑ Said, Summer; Jones, Rory (७ अगस्ट २०२४), "Sinwar Power Grab Cements Hamas-Iran Ties", The Wall Street Journal।
- ↑ "Hamas's pick of Yahya Sinwar as leader makes a ceasefire less likely", The Economist, ६ अगस्ट २०२४, आइएसएसएन 0013-0613, अन्तिम पहुँच १० अगस्ट २०२४।
- ↑ Vasilyeva, Nataliya (२० नोभेम्बर २०२३), "Mastermind behind Hamas attacks personally handling hostage negotiations", The Telegraph (अङ्ग्रेजीमा), आइएसएसएन 0307-1235, मूलबाट ७ अप्रिल २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ अप्रिल २०२४।
- ↑ Kingsley, Patrick; Barnes, Julian E.; Rasgon, Adam (१२ मे २०२४), "Yahya Sinwar Helped Start the War in Gaza. Now He's Key to Its Endgame.", The New York Times (अङ्ग्रेजीमा), आइएसएसएन 0362-4331, मूलबाट १३ मे २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ मे २०२४।
- ↑ Peled, Anat; Lieber, Dov; Keller-Lynn, Carrie; Said, Summer (२०२४-१०-१८), "After a Yearlong Hunt, Sinwar's Killing Came Down to Chance", The Wall Street Journal।
- ↑ Kottasová, Ivana (२० मे २०२४), "EXCLUSIVE: ICC seeks arrest warrants against Sinwar and Netanyahu for war crimes over October 7 attack and Gaza war", CNN (अङ्ग्रेजीमा), मूलबाट २० मे २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २० मे २०२४।
- ↑ Hubbard, Ben (१७ अक्टोबर २०२४), "Yahya Sinwar, Leader of Hamas in Gaza, Is Dead", The New York Times (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ अक्टोबर २०२४।
- ↑ "نبذة عن حياة الأسير يحيى السنوار مؤسس الجهاز الأمني لحركة المقاومة الإسلامية حماس" (अरबीमा), Palestinian Information Center, १५ अप्रिल २०१०, मूलबाट २०१६-०६-२४-मा सङ्ग्रहित।
- ↑ "Yehya Ibrahim Sinwar", Ezzedeen AL-Qassam Brigades, मूलबाट २ सेप्टेम्बर २०१६-मा सङ्ग्रहित। वेब्याक मेसिन अभिलेखिकरण २ सेप्टेम्बर २०१६ मिति
- ↑ "Hamas names Yahya Sinwar as new overall leader", BBC News (अङ्ग्रेजीमा), अन्तिम पहुँच ८ अगस्ट २०२४।
- ↑ Abualouf, Rushdi (८ अगस्ट २०२४), "Behind the scenes as Hamas chose its new leader", BBC News (अङ्ग्रेजीमा), अन्तिम पहुँच ९ अगस्ट २०२४।
- ↑ Shoval, Lilac (२३ सेप्टेम्बर २०२४), "IDF assessment: Sinwar alive, using hostages as human shields", Israel Hayom।
- ↑ "Sinwar’s fatal mistake: Hamas leader refused Arab offer to escape Gaza- WSJ", The Jerusalem Post | JPost.com (अङ्ग्रेजीमा), २०२४-१०-२१, अन्तिम पहुँच २०२४-१०-२२।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]- याह्या सिनवारसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।