सामग्रीमा जानुहोस्

याह्या सिनवार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
याह्या सिनवार
يحيى السنوار
सन् २०१२ मा सिनवार
हमासका प्रमुख नेता[]
पद बहाली
६ अगस्ट २०२४ - १६ अक्टोबर २०२४
सहायकखलिल खल हाइया
पूर्वाधिकारीइस्माइल हनिया
हमासका प्रमुख नेता[]
पद बहाली
१३ फेब्रुअरी २०१७ - १६ अक्टोबर २०२४
प्रधानमन्त्रीमुहम्मद औवाद इसाम अल दा'अलिस
पूर्वाधिकारीइस्माइल हनिया
व्यक्तिगत विवरण
जन्म(१९६२-१०-२९)२९ अक्टोबर १९६२
खान युनुस, गाजा पट्टी
मृत्यु१६ अक्टोबर २०२४(2024-10-16) (उमेर ६१)
राफाह, गाजा, प्यालेस्टाइन
राजनीतिक दलहमास
शिक्षागाजा इस्लामी विश्वविद्यालय

याह्या इब्राहिम हसन सिनवार (अरबी: يحيى السنوار‎, २९ अक्टोबर १९६२ – १६ अक्टोबर २०२४) एक प्यालेस्टिनी राजनीतिज्ञ तथा हमासको राजनीतिक शाखामा प्रमुख थिए। उनी गाजा पट्टीमा हमासका पूर्व नेता पनि थिए जसले फेब्रुअरी २०१७ मा इस्माइल हनियाबाट पदभार ग्रहण गरेका थिए।[] याह्या सिनवार हमासको सुरक्षा संयन्त्रका सह-संस्थापकहरू मध्ये एक थिए। उनी सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको मुख्य योजनाकार भएको विश्वास गरिन्छ।[][]

सिनवारको जन्म सन् १९६२ मा मिस्र शासित गाजाको खान युनिस शरणार्थी शिविरमा भएको थियो भने उनको परिवार सन् १९४८ को प्यालेस्टाइन युद्धको समयमा मजदल 'अस्केलोनबाट (आधुनिक अस्केलोन) निष्कासित भएका वा भागेको थियो। उनले गाजाको इस्लामिक विश्वविद्यालयबाट अध्ययन गरी अरबी अध्ययनमा स्नातकोत्तर प्राप्त गरेका थिए। सन् १९८९ मा सिनवारलाई दुई इजरायली सैनिक र चार प्यालेस्टिनीहरूको अपहरण र हत्याको योजना बनाएको आरोपमा इजरायलमा आजीवन कारावासको सजाय सुनाइएको थियो। उनले सन् २०११ मा इजरायली सैनिकले गिलाद शालितका लागि गरिएको कैदीहरूको साटफेरमा १,०२६ अन्य कैदीहरूको बीच कारागार मुक्त नहुन्जेलसम्म २२ वर्ष कारागार जीवन बिताएका थिए। कारागार जीवन बिताउँदा सिनवारले इजरायलसँग सहकार्य गरेको आशङ्का गरिएका प्यालेस्टिनीहरूको मृत्युदण्डको समन्वय जारी राखे र इजरायली सैनिकहरूको अपहरणको योजना बनाएका थिए। सिनवार हमासको सुरक्षा संयन्त्रका सह-संस्थापकहरू मध्ये एक थिए।

सन् २०१७ मा सिनवार गाजामा हमासको नेताको रूपमा निर्वाचित भएका थिए भने त्यसको अर्को वर्ष सन् २०१८-२०१९ को गाजा सीमा विरोधप्रदर्शन चलिरहँदा उनले उक्त प्रदर्शनलाई समर्थन गर्दै शान्तिपूर्ण लोकप्रिय प्रतिरोधलाई पछ्याउने दाबी गरेका थिए। यद्यपि उनी इजरायललाई उन्मूलन गर्न समर्पित भएको र सैन्य भिडन्त मार्फत "प्यालेस्टाइनलाई स्वतन्त्र गर्ने" एकमात्र मार्गको रूपमा देखेको बताइन्छ। उनले "बलद्वारा प्राप्त हुनेछ, वार्ताद्वारा होइन" भन्ने अभिव्यक्ति दिएका थिए। उनले इरानसँग पनि बलियो सम्बन्ध विकास गरेका थिए। सन् २०२१ मा हमासको नेताको रूपमा पुनः निर्वाचित सिनवार सोही वर्ष इजरायलको हत्याप्रयासबाट बचेका थिए। उनलाई सन् २०२३ मा इजरायलमाथि ७ अक्टोबरमा हमासको नेतृत्वमा भएको आक्रमणको मुख्य योजनाकारको रूपमा लिइन्छ भने त्यस घटनापछि इजरायल-हमास युद्ध मध्यपूर्वका अन्य भूभागहरूमा पनि फैलिएको थियो।

हमास र इज्जुदिन अल कस्साम फौजलाई संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र अन्य देशहरूले आतङ्कवादी सङ्गठनको रूपमा घोषणा गरेको थियो भने सेप्टेम्बर २०१५ मा सिनवारलाई संयुक्त राज्य अमेरिका सरकारले विशेषगरी आतङ्कवादी भनी घोषित गरेको थियो। मे २०२४ मा अन्तर्राष्ट्रिय फौजदारी अदालतका अभियोजक करिम खानले प्यालेस्टाइनमा अपराध अदालत अनुसन्धानको एक भागको रूपमा युद्ध अपराध र मानवता विरुद्धको अपराधको लागि सिनवारलाई गिरफ्तार गर्नका लागि आवेदन दिने आफ्नो आशयको घोषणा गरेका थिए। सिनवार १६ अक्टोबर २०२४ मा इजरायली सेनासँगको लडाइँ क्रममा मारिएका थिए।

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Hamas names hard-liner as its new political leader in Gaza", द वासिङ्टन पोस्ट, ७ अगस्ट २०२४, अन्तिम पहुँच ७ अगस्ट २०२४ 
  2. "Israeli occupation's threats against Hamas officials reflect political impasse", हमास, २५ सेप्टेम्बर २०२२, अन्तिम पहुँच २७ फेब्रुअरी २०२३ 
  3. "Hamas names Yahya Sinwar as new leader after Ismail Haniyeh's killing", Al Jazeera English (अङ्ग्रेजीमा), मूलबाट ६ अगस्ट २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ अगस्ट २०२४ 
  4. Beaumont, Peter (१३ फेब्रुअरी २०१७), "Hamas elects hardliner Yahya Sinwar as its Gaza Strip chief", The Guardian, मूलबाट १३ फेब्रुअरी २०१७-मा सङ्ग्रहित। 
  5. Balousha, Hazam; Booth, William (१३ फेब्रुअरी २०१७), "Hamas names hard-liner as its new political leader in Gaza", द वासिङ्टन पोस्ट, मूलबाट १५ फेब्रुअरी २०१७-मा सङ्ग्रहित। 

बाह्य कडीहरू

[सम्पादन गर्नुहोस्]