सामग्रीमा जानुहोस्

जेजु एयर उडान २२१६ दुर्घटना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jeju Air Flight 2216
HL8088, the aircraft involved in the accident, in 2023
Accident
मिति२९ डिसेम्बर २०२४ (2024-12-29)
सारांशOvershot runway to uncommon runway wall during belly landing after landing gear failure, under investigation
स्थलMuan International Airport, South Jeolla Province, South Korea
विमान
विमानको प्रकारBoeing 737-8AS[]
सञ्चालकजेजु एयर
आइएटिए उडान सं.7C2216
आइसिएओ उडान सं.JJA2216
परिचयक चिह्नJEJU AIR 2216
दर्ता नम्बरHL8088
विमान उडानसुवर्णभूमि विमानस्थल, बैङ्कक, थाइल्यान्ड
गन्तव्यमुआन अन्तर्राष्ट्रिय विमानस्थल, South Jeolla Province, दक्षिण कोरिया
सिट सङ्ख्या181
यात्रुहरू175
चालक दल6
मृत्यु179
घाइतेहरू2
जोगिन सफल2

जेजु एयर फ्लाइट २२१६ थाइल्यान्डको बैंकक नजिकैको सुवर्णभूमि विमानस्थलबाट दक्षिण कोरियाको मुआन काउन्टी मुआन अन्तर्राष्ट्रिय विमानस्थल लागि निर्धारित अन्तर्राष्ट्रिय यात्रु उडान थियो।

२९ डिसेम्बर २०२४ मा, बोइङ ७३७-८०० ले आफ्नो मुख्य ल्यान्डिङ गियार खराबीको कारण बेली ल्यान्डिङ प्रयास गर्दा दुर्घटना भयो ।

विमान धावनमार्गबाट घिस्रिदै उक्त विमान पर्खालमा ठोक्किएर विस्फोट भएको थियो, जसको परिणामस्वरूप १८१ जना मध्ये १७९ जनाको मृत्यु भयो। विमानमा सवार दुई जना चालक दलका सदस्य घाइते भएर बाँचेका थिए ।[]

यो दुर्घटना सन् १९९७ मा गुआममा भएको कोरियन एयर फ्लाइट ८०१ को दुर्घटनापछि दक्षिण कोरियाली विमान संलग्न भएको सबैभन्दा घातक उड्डयन दुर्घटना हो र सन् २००२ मा भएको एयर चाइना फ्लाइट १२९ को दुर्घटनालाई उछिन्दै दक्षिण कोरियाली भूमिमा भएको सबैभन्दा घातक विमान दुर्घटना बन्यो। [] जेजु एयर को १९ वर्षको इतिहासमा यो पहिलो घातक दुर्घटना थियो।[] सन् २०१४ मा एमभी सिभोल डुब्दा दक्षिण कोरियामा भएको यो सबैभन्दा घातक सामूहिक दुर्घटना हो।

यो दुर्घटना सन् २०२४ को अहिलेसम्मको सबैभन्दा घातक उड्डयन दुर्घटना हो।[] सन् २०१८ मा लायन एयर फ्लाइट ६१० को दुर्घटनापछि यो सबैभन्दा घातक उड्डयन दुर्घटना पनि हो।[]

प्रतिक्रियाहरू

[सम्पादन गर्नुहोस्]
जेजु एयर उडान २२१६ दुर्घटना

निलम्बित राष्ट्रपति युन सुक योल, जसलाई मार्सल कानून लागू गरेकोमा महाभियोग लगाइएको थियो, ले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरे।[]

जेजु एयरले आफ्नो वेबसाइटमा दुर्घटनाका लागि माफी माग्दै एक बयान जारी गर्यो र टिकटहरू खरिद गर्न अस्थायी रूपमा लिङ्कहरू हटाएको छ।[] [] यसका सीईओ किम ई-बाइ[]ले जेजु एयरको वेबसाइटमा माफी मागेका छन्। जेजु एयरको मूल कम्पनी एक्युङ समूहका अध्यक्ष चाङ यङ-सिनले पनि माफी मागेका छन्। मुआनमा पीडित परिवारलाई सहयोग गर्न एयरलाइन्सले २६० जना कर्मचारी खटाइएको थियो।[१०]

अन्तर्राष्ट्रिय

[सम्पादन गर्नुहोस्]

थाई प्रधानमन्त्री पेटोङ्तार्न सिनावात्राले शोक व्यक्त गरे र थाई विदेश मन्त्रालयलाईदुर्घटना पीडित थाई नागरिकका आफन्तहरूलाई सहयोग गर्न आदेश दिए। जर्मन चान्सलर ओलाफ स्कोल्ज, युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की, जापानी प्रधानमन्त्री शिगेरु इशिबा, चिनियाँ राष्ट्रपति सी जिनपिङ, टर्कीका राष्ट्रपति रेसेप तायिप एर्दोआन, सर्बियाका राष्ट्रपति अलेक्जान्डर वुसीक, जर्मन राष्ट्रपति फ्रान्क-वाल्टर स्टाइनमेयर, मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिम, राजा चार्ल्स तृतीयसंयुक्त अधिराज्यका प्रधानमन्त्री कीर स्टारमर, अमेरिकी राष्ट्रपति जो बाइडेन, र भियतनामी राष्ट्रपति लुङ कुङ ले मृतक र घाइतेहरूका परिवारप्रति सहानुभूति व्यक्त गरे। दक्षिण कोरिया र बोइङ धेरै कूटनीतिक मिसनहरूले पनि पीडित परिवारप्रति समवेदना व्यक्त गरे । इन्डोनेसियाका विदेश मन्त्री सुगियोनो र साउदी अरबको विदेश मन्त्रालय मृतकको परिवारप्रति समवेदना व्यक्त गरेका छन् होली सी पनि शोक सन्देश पठाए ।[११]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Hradecky, Simon (२०२४-१२-२९), "Crash: Jeju B738 at Muan on Dec 29th 2024, gear up landing and overrun", The Aviation Herald, मूलबाट २०२४-१२-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-१२-२९ 
  2. Choe, Sang-Hun; Jin, Yu Young; Zhuang, Yan (२०२४-१२-२९), "What to Know About South Korea's Worst Plane Crash in Decades", The New York Times, मूलबाट २०२४-१२-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२४-१२-२९, "Sunday's crash was the worst aviation accident involving a South Korean airline since a Korean Air jet slammed into a hill in Guam, a U.S. territory in the western Pacific, in 1997." 
  3. "Plane With 181 On Board Crashes In South Korea, Killing 29", Barron's (Dow Jones), Agence France-Presse, २८ डिसेम्बर २०२४, मूलबाट ३० डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ डिसेम्बर २०२४ 
  4. Ranter, Harro, "Accident Boeing 737-8AS (WL) HL8088, Sunday 29 December 2024", Aviation Safety Network, अन्तिम पहुँच २०२४-१२-२९ 
  5. Choe, Sang-Hun; Yoon, John; Young, Jin Yu (२९ डिसेम्बर २०२४), "Anger and Agony in South Korea After Plane Crash-Lands, Killing 179", The New York Times, मूलबाट ३० डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २९ डिसेम्बर २०२४ 
  6. Yoo, Jee-ho (२०२४-१२-२९), "Yoon expresses condolences to victims of plane crash", Yonhap News Agency, अन्तिम पहुँच २०२४-१२-२९ 
  7. Bae, Gawon (२८ डिसेम्बर २०२४), "Jeju Air replaces homepage with statement on crashed airliner", CNN, अन्तिम पहुँच २८ डिसेम्बर २०२४ 
  8. [Guide] |trans-title= |title= आवश्यक (सहायता), Jeju Air, मूलबाट २८ डिसेम्बर २०२४-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ डिसेम्बर २०२४ 
  9. Kim, Hyung-jin; Kim, Tong-Hyung (२९ डिसेम्बर २०२४), "A plane crashes and bursts into flames while landing in South Korea, killing 179", Associated Press, अन्तिम पहुँच २९ डिसेम्बर २०२४ 
  10. "(3rd LD) Jeju Air vows all-out efforts to cope with deadly plane crash", Yonhap News Agency (अङ्ग्रेजीमा), २९ डिसेम्बर २०२४, अन्तिम पहुँच २९ डिसेम्बर २०२४ 
  11. "Pope sends prayers to South Korea plane crash victims", YouTube, Agence France-Presse, २०२४-१२-२९, अन्तिम पहुँच २०२४-१२-२९ 
  1. उद्दरण त्रुटी: अवैध <ref>चिनो; fn1 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन