लक्ष्मी गिरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
लक्ष्मी गिरी
जन्मलक्ष्मी पौडेल
(1969-09-12) १२ सेप्टेम्बर १९६९ (उमेर ५४)
देवपाटन, काठमाडौँ
राष्ट्रियतानेपाली
पेशाअभिनेत्री
जीवनसाथीरत्नकुमार गिरी

लक्ष्मी गिरी कलाकार हुनुहुन्छ । उहाँ नेपाली, भोजपुरी, मैथली र नेपाल भाषा (नेवार समुदायको भाषा) चलचित्रहरूमा चरित्र अभिनेत्री हुने पहिलो महिला कलाकार पनि हुनुहुन्छ । उहाँको जन्म २०११ माघ ६ मा काठमाडौंको पशुपति क्षेत्र, देवपत्तन मा भएको हो । उहाँका पिताको नाम मुक्तिनाथ पौडेल र माताको नाम उजेली अधिकारी हो । उहाँ एक्लो सन्तान हो । लक्ष्मीले एक सयभन्दा बढी चलचित्रमा अभिनय गर्नुभएको छ । उहाँलाई ३ सय ७२ वटा टेलिश्रृंखलामा देखिसकिएको छ । मदनकृष्ण र हरिवंशको नाटक विज्ञापन को कूल ३ सय ८९ प्रदर्शनमा उहाँले २ सय ८९ पटक अभिनय गर्नुभएको छ । यसबाहेक उहाँले अभिनय गरेका नाटकको संख्या धेरै छ । 'विज्ञापन' नाटककै प्रदर्शन र अन्य कार्यक्रमसहित उहाँले अमेरिकाका ३५ राज्य, बेलायतका ३ राज्य, हङकङका धेरै भाग, भारत आदि देश देख्ने मौका पाउनुभएको छ ।

कलाकारिताबाहेक उहाँले २०२८ देखि २०५१ सालसम्म नेपाल राष्ट्र बैङ्कको जागिरे भएर बिताउनुभयो । बैङ्कको सहायक पदमा कार्यत हुँदा २०३८ सालमा बैङ्कको रजतजयन्तीका अवसरमा प्रदर्शित नाटकमा उत्कृष्ट प्रदर्शन गरेवापत दुई ग्रेड वृद्धि भयो । २०४२ सालमा नेपाल टेलिभिजनको औपचारिक प्रसारण सुरु भएयता निरन्तर नेटीभीमा अभिनय गर्ने महिलाकलाकार उहाँमात्रै हुनुहुन्छ । उहाँको पहिलो टेलिश्रृंखला अप्रील फर्स्ट हो । उहाँ साहित्यमा पनि रुचि राख्नुहुन्छ ।[१]

डेढ दर्जन विज्ञापन,आधा दर्जन मेगा टेलिश्रृंखला,६ सयभन्दा बढि लघु टेलिश्रृंखलामा अभिनय गर्नुभएको गिरीले डेढसय भन्दा बढी फिचर फिल्ममा काम गर्नुभएको छ। उहाँलाई अहिले पनि धेरैले 'छुच्ची आमा'को भूमिका दिदै आइरहेको छ। चलचित्र 'सिमाना'मा दृष्टिविहीन महिलाको भूमिका निर्वाह गर्दा एक सातासम्म आँखा अस्पताल धाउनु भएको थियो। एक साताको दौरानमा उहाँले धेरै बिरामीलाई भेट्नुभयो र उनीहरूसँग कुरा गरेर,उनीहरूलाई नजिकबाट बुझेर अभिनय गर्नुभएको थियो। यहि नै लक्ष्मी गिरीको जीवन्त अभिनय शैली हो। उहाँ नेपाल राष्ट्र बैङ्कको जागिर छाडेर कलाकारिता क्षेत्रमा लागे पनि,कलाकारितामा भने धेरै पहिला देखि नै उहाँको रूचि थियो। उहाँले मौका मिल्दा नाटकहरु पनि गर्नुहुन्थ्यो। पछि चलचित्रमा व्यस्त हुा थालेपछि जागिरबाट राजिनामा दिनुभएको हो।

लक्ष्मी गिरीको विवाह वि.सं.२०३० सालमा त्रिभुवन विश्व विद्यालयका प्रध्यापक रत्नकुमार गिरी सँग भयो। त्यतिबेला उहाँ नेपाल राष्ट्र बैङ्कमा कार्यरत हुनुहुन्थ्यो। विवाह सन्तानको जन्म लगायतका कारण उहाँले करिब ८ वर्ष अभिनयबाट बिश्राम लिनुभएको थियो। उमेरले ६ दशक पार गरिसके पनि कलाकार लक्ष्मी गिरीको उत्साह कुनै नवयुवायुवतीको भन्दा कम छैन। अभिनय सुरु गर्दाको समयमा जतिकै जोश जाँगर अहिले पनि उहाँमा देख्न पाइन्छ। चेतन कार्कीको भूमरी चलचित्र पछि उहाँको अभिनय यात्रा टेलिफिल्म हुँदै ठूला चलचित्रमा पुग्यो। एकै समयमा उहाँले भूमरी,कन्यादान,माया फेरी भेटौँला फिल्म खेल्नुभयो। अब्बल अभिनयका कारण चलचित्रमा उहाँको माग बढ्दै गएपछि चरित्र अभिनेत्रीका रूपमा उहाँले सकरात्मक,नकारात्मक सबै प्रकारका अभिनय गर्नुभयो। चलचित्र अभिनयका क्रममा चेतन कार्कीले गरेको सहयोग उहाँको लागि अविस्मरणिय रहेको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]