राष्ट्रिय वाणिज्य बैंक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
राष्ट्रिय वाणिज्य बैंक
नामराष्ट्रिय वाणिज्य बैङ्क लिमिटेड
प्रकार'क' वर्गको इजाजत प्राप्त संस्था
उद्योगबैंङ्किग
स्थापित वर्षजनवरी २३,१९६६
मुख्यालयसिंहदरवार प्लाजा, काठमाडौँ (नेपाल)
सेवा क्षेत्रनेपाल
प्रमुख ब्यक्तिहरूडा.रेवतबहादुर कार्की (चेयरम्यान)
उत्पादनबैंङ्किग
वेबसाईटwww.rbb.com.np


राष्ट्रिय वाणिज्य बैङ्कको काठमाडौँ स्थित केन्द्रीय कार्यालय भवन

राष्ट्रिय वाणिज्य बैङ्क, पूर्ण सरकारी स्वामित्वमा स्थापित नेपालको दोस्रो पुरानो र सबैभन्दा ठूलो वाणिज्य बैङ्क हो। यसको स्थापना रा.वा.बैङ्क ऐन, २०२१ अर्न्तर्गत वि.सं.२०२२ साल माघ १० गते तदअनुसार जनवरी २३, १९६६ मा भएको हो । यस बैङ्कले औद्योगिक व्यापारिक कृषि तथा मुद्रा स्थानान्तर, पूंजी बजार, उपभोक्ता कर्जा लगायत अन्य क्षेत्रहरूमा ग्राहकहरूलाई विविध बैङ्किङ्ग सेवा पुर्‍याउँदै आएको छ। राष्ट्रिय वाणिज्य बैङ्कसँग देशभर २६०० कर्मचारी सहित देशभरमा २६० भन्दा धेरै वटा शाखाको विस्तृत कार्यजालो रहेको छ।[१] यस बैङ्क सँग १७ लाख सन्तुष्ट ग्राहक रहेको छ जुन नेपालको कुनै पनि बैङ्कको लागि बढी रहेको छ । बैङ्कले देशको अर्थतन्त्रको लागि उपयोगी कदम चाल्दै आएको छ ।

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

राष्ट्रिय वाणिज्य बैङ्कको आधिकारीक वेबसाईट

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]

नोट : मर्जर पश्चात प्रदान गरिएको इजाजतपत्रानुसारको मितिका आधारमा सूचीबद्ध