सामग्रीमा जानुहोस्

इन्जिनियरिङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(अभियांत्रिकीबाट अनुप्रेषित)
वाट वाष्प यन्त्र(The Watt steam engine) जसको योगदानले औद्योगिक क्रान्ति(industrial revolution) अघि बढेको थियो, जसको नमूना मेड्रिड, स्पेनको ETSIIM भवनमा सजाइएको छ

इन्जिनियरिङ (अभियान्त्रिकीशास्त्र) भनेको मानविय समस्या समाधानका लागि प्रबधिको प्रयोग गरिने विज्ञान हो। बास्तवमा, इन्जिनियरिङ एक ब्यबसायिक कार्य हो जसमा सोच, फैसला गर्ने क्षमता , र बौदिक ज्ञान प्रयोग हुन्छ, जसमा विज्ञान, प्रविधि, गणित, र प्रयोगात्मक अनुभव प्रयोग गरी परिक्लपना, उत्पादन, र उपयोगि वस्तुको प्रयोग अथवा क्रम हो जसले मानबताको आवस्यकता र रहर पुरा गर्ने विषय हो. इन्जिनियरिङको ब्यबसायिक प्राविधिकलाई इन्जिनियर भनिन्छ।

इन्जिनियरिङ प्राचीन कालदेखि नै अस्तित्वमा छ, जब मानिसहरूले फेसो, उत्तोलक, चक्का र घिर्नीआदि जस्ता आविष्कारहरू गरेका थिए। []

इन्जिनियरिङ एउटा फराकिलो विषय हो जुन प्रायः धेरै शाखाहरूमा विभाजित हुन्छ। सामान्यतया इन्जिनियरहरूलाई कुनै एक विशेष विषयमा तालिम दिइने भएपनि, केही इन्जिनियरहरू अनुभव मार्फत एक भन्दा धेरै क्षेत्रका विज्ञ बन्छन्। इन्जिनियरिङका परम्परागत विषयहरू सिभिल, मेकानिकल, इलेक्ट्रिकल र केमिकल हुन्।[][][][][][][] (कहिलेकाहीँ स्ट्रकचरल,[] इन्डस्ट्रियल,[] वामाइनिङ र मेटरियल (सामग्री) [] थपिन्छ।

तल इन्जिनियरिङका मान्यता प्राप्त शाखाहरूको सूची छ।[][१०]

Type of engineering Information
एयरोस्पेस इन्जिनियरिङ विमान, उपग्रह र रकेटको डिजाइन, विकास, निर्माण र सञ्चालन
कृषि इन्जिनियरिङ कृषि शक्ति र मेसिनरी, जैविक सामग्री प्रक्रियाहरू, जैविक ऊर्जा, कृषि संरचनाहरू, र कृषि प्राकृतिक स्रोत
जैविक इन्जिनियरिङ
बायोमेडिकल इन्जिनियरिङ स्वास्थ्य सेवा अनुप्रयोग
रासायनिक इन्जिनियरिङ कच्चा पदार्थ वा रसायनहरूबाट प्राविधिक समाधानहरू विकास गर्न रासायनिक, भौतिक र जैविक विज्ञानहरूको प्रयोग
सिभिल इन्जिनियरिङ पूर्वाधार (विमानस्थल, सडक, रेलवे, पानी आपूर्ति, र उपचार आदि), पुल, सुरुङ, बाँध र भवनहरू जस्ता सार्वजनिक र निजी कार्यहरूको डिजाइन र निर्माण
कम्प्युटर इन्जिनियरिङ कम्प्युटर हार्डवेयर र सफ्टवेयर विकास गर्न आवश्यक पर्ने कम्प्युटर विज्ञान र इलेक्ट्रोनिक इन्जिनियरिङका धेरै क्षेत्रहरूलाई एकीकृत
विद्युतीय इन्जिनियरिङ बिजुली र विद्युत चुम्बकत्व प्रयोग गर्ने प्रणाली र उपकरणहरूको डिजाइन, विकास र प्रयोग
वातावरणीय इन्जिनियरिङ मानव स्वास्थ्य र कल्याणको लागि वातावरणको संरक्षण र सुधार गर्न वैज्ञानिक र इन्जिनियरिङ सिद्धान्त
भूगर्भीय इन्जिनियरिङ पृथ्वीमा वा भित्र निर्माण गरिएको कुनै पनि चीजसँग सम्बन्धित
औद्योगिक इन्जिनियरिङ दक्षता, उत्पादकता र गुणस्तर सुधार गरेर जटिल प्रक्रियाहरू, प्रणालीहरू र संस्थाहरूलाई अनुकूलन गर्ने
समुद्री इन्जिनियरिङ पानीजहाज र तेल प्लेटफर्म र बन्दरगाह जस्ता स्थिर संरचनाहरूको डिजाइन, विकास, निर्माण र सञ्चालन
सामग्री इन्जिनियरिङ सामग्रीका गुणहरू बुझ्न भौतिक विज्ञान र इन्जिनियरिङ
मेकानिकल इन्जिनियरिङ मेसिन र मेकानिकल प्रणालीहरूको सञ्चालनको लागि ताप र मेकानिकल शक्तिको डिजाइन र विश्लेषण
न्यूक्लियर इन्जिनियरिङ आणविक ऊर्जा र विकिरण प्रयोग गर्ने प्रणालीहरूको डिजाइन, निर्माण, सञ्चालन र सुरक्षा
सफ्टवेयर इन्जिनियरिङ कम्प्युटर विज्ञान र इन्जिनियरिङ दुवैको एक शाखा हो जुन सफ्टवेयर अनुप्रयोगहरूको डिजाइन, विकास, परीक्षण र मर्मतमा केन्द्रित छ। यो कम्प्युटर इन्जिनियरिङभन्दा फरक छ।

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. Chondros, Thomas G. (२०१७), "Natural Philosophy and the Development of Mechanics and Engineering from the 5th century B.C. to Middle-Ages", FME Transactions 45 (4): 603–619, डिओआई:10.5937/fmet1704603C
  2. 1 2 Aslaksen, Erik W. (२०१२), The System Concept and Its Application to Engineering, Springer Science & Business Media, पृ: १४५, आइएसबिएन 978-3-642-32169-6
  3. 1 2 3 Young, Michael; Muller, Johan, सम्पादकहरू (२०१४), Knowledge, Expertise and the Professions, Routledge, आइएसबिएन 978-1-134-68392-5
  4. Engineering Research Board, National Research Council (१९८७), Directions in Engineering Research: An Assessment of Opportunities and Needs, National Academies Press, पृ: १, आइएसबिएन 978-0-309-03747-1
  5. "British Nuclear Energy Society", Journal of the British Nuclear Energy Society 1, १९६२, "In most universities it should be possible to cover the main branches of engineering, i.e. civil, mechanical, electrical and chemical engineering in this way. More specialized fields of engineering application, of which nuclear power is ..."
  6. Hamilton, James, "The Engineering Profession", Internet Archive, मूलबाट अगस्ट १०, २००७-मा सङ्ग्रहित, "The Civilingenior degree encompasses the main branches of engineering civil, mechanical, electrical, chemical" अभिलेखिकरण अगस्ट १०, २००७ वेब्याक मेसिन
  7. Ramchandani, Indu (२०००), Student's Britannica India,7vol.Set, Popular Prakashan, पृ: १४६, आइएसबिएन 978-0-85229-761-2, "Branches: There are traditionally four primary engineering disciplines: civil, mechanical, electrical and chemical."
  8. उद्दरण त्रुटी: अवैध <ref>चिनो; Fitzpatrick_Costantini_2022 नामको सन्दर्भका लागि कुनै पाठ प्रदान गरिएको छैन
  9. Tzafestas, Spyros G. (२०२२), Systems, Cybernetics, Control, and Automation, CRC Press, आइएसबिएन 978-1-000-79706-0
  10. Fitzpatrick, Corine; Costantini, Kathleen (२०२२), Counseling 21st Century Students for Optimal College and Career Readiness: A 9th–12th Grade Curriculum (2nd संस्करण), Routledge, आइएसबिएन 978-1-000-54220-2