सामग्रीमा जानुहोस्

ध्रुवचन्द्र गौतम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ध्रुवचन्द्र गौतम
ध्रुवचन्द्र गौतम
ध्रुवचन्द्र गौतम
जन्मवि.सं. २००१
पेशालेखक
राष्ट्रियतानेपाली
विधाकथा,उपन्यास
उल्लेखनीय कार्यहरूअलिखित(उपन्यास)
उल्लेखनीय पुरस्कारहरूमदन पुरस्कार २०४०, नारायणी वाङ्मय पुरस्कार, साझा पुरस्कार
आफन्तहरूदाजु धनुषचन्द्र गौतम
धर्महिन्दु

ध्रवचन्द्र गौतम (वि. सं. २००१) नेपाली भाषाका साहित्यकार हुन्। उनले वि. सं. २०४० सालमा अलिखित उपन्यासको लागि मदन पुरस्कार पाएका हुन् ।

डा. धु्व्रवचन्द्र गौतमको जन्म बाबु गोविन्दचन्द्र गौतम र आमा दीपवतीदेवीका सुपुत्रका रूपमा वि. सं. २००१ साल पुस २ गते वीरगन्जमा भएको हो।

उनले स्नातकोत्तर र भाषाविज्ञानमा विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। नेपालीमा विद्यावारिधि गरेका उनले प्राध्यापन कार्य पनि गर्छन् ।

उनको पहिलो रचना (कविता) वि.सं. २०१३/१४ सालतिर प्रकाशित भएको थियो। कथा / उपन्यासमा कलम चलाउने गौतमका कृतिहरूः

प्रकाशन मिति शीर्षक विधा
२०२४ अन्त्यपछि उपन्यास
२०२८ बालुवा माथि उपन्यास
२०३० त्यो एउटा कुरा नाटक
२०३२ आकाश विभाजित छ उपन्यास (सहलेखन)
२०३३ डापी उपन्यास
२०३५ अँध्यारो द्धीपमा कथा
२०३७ कट्टेल सरको चोटपटक उपन्यास
२०३७ भस्मासुरको नलीहाड नाटक
२०४० अलिखित उपन्यास
२०४० एक शहरमा एक कोठा उपन्यास
२०४१ मेरो बाल्यकाल जीवनी
२०४३ निमित्त नायक उपन्यास
२०४४ गौतमका केही प्रतिनिधि कथा कथा
२०४५ स्व. हीरादेवीको खोज उपन्यास
फूलको आतङ्क उपन्यास
अग्निदत्त अग्निदत्त उपन्यास
२०४८ उपसंहार अर्थात् चौथो अन्त्य उपन्यास
२०४८ संरक्षक कथा
२०४९ बङ्गलादेशका समकालीन कथाहरू कथा (अनुवाद)
२०५० बाल्यकाल कथा
२०५० ज्यागा उपन्यास (सहलेखन)
२०५६ बाढी उपन्यास
२०५६ सहस्राब्दीको अन्तिम प्रेमकथा उपन्यास
२०५८ ध्रुवचन्द्रका एकाउन्न कथा कथा
२०५९ तथाकथित उपन्यास
२०६२ घुर्मी उपन्यास
२०६२ जेलिएको उपन्यास
दुबिधा उपन्यास
२०६४ जर्मनी नयाँ आँगनमा पाइला टेक्ता नियात्रा
२०६५ देहमुक्त उपन्यास (सहलेखन)
२०६५ एक असफल आख्यानको आरम्भ उपन्यास
२०६६ पहिलो प्रेमको संस्मरण कथा
२०६७ अप्रिय उपन्यास
२०६७ रूसतिर रुमलिँदा नियात्रा
२०६८ सातौँ ऋतु उपन्यास
२०६९ बीचबजारमा मुद्राबोध कथा
२०७० एक पुनर्निर्मित प्रेमाख्यान उपन्यास
२०७१ वञ्चक उपन्यास
२०७२ ध्रुवचन्द्र गौतमः समग्र कथा कथा
२०७४ एक आनाको जमाना उपन्यास
२०७६ चकमन्नमा एकान्त उपन्यास
२०७९ सातो उपन्यास

सम्पादित, अनुवादित र फुटकर कृति

[सम्पादन गर्नुहोस्]

उनले प्रस्तुती (मासिक)को सम्पादन, द्यौराली (संयुक्त सम्पादन) र कलिलोको संयुक्त सम्पादन गरे । विभिन्न पत्र-पत्रिकाहरूमा गौतमका कथा, कविता, लेख, नाटक, समालोचना आदि प्रकाशित छन् ।

उनले नेपाल, भारत, जापान, अमेरिका आदि देशको यात्रा गरेका छन् ।

सन्दर्भसामग्री

[सम्पादन गर्नुहोस्]

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]

सबै हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

नेपाली लेखकहरूको सूची