कुल पोखरेल
नेपाली पप राजा कूल पोखरेल | |
---|---|
कुल पोखरेल | |
जन्म | कुल प्रसाद पोखरेल सेप्टेम्बर २१, १९८१ बुटवल, नेपाल |
मृत्यु | ४ अक्टोबर २००४ (वर्ष २३) पाटन अस्पताल, नेपाल |
मृत्युको कारण | लागू अौषधीको अधिक सेवन |
शव फेला | ४ अक्टोबर २००४ |
निवास | आर्य घाट |
राष्ट्रियता | नेपाली |
अन्य नाम | नेपाली पप राजा, अभिमन्यु |
नागरिकता | नेपाली |
शिक्षा | न्यू होराइजन इन्स्टिच्युट |
पेशा | गायक |
कार्यकाल | १९९५ - २००४ |
गृहनगर | बुटवल, नेपाल |
साङ्गीतिक जीवन | |
विधा | पप |
लेबल |
|
सहयोगी |
कुल प्रसाद पोखरेल (२१ सेप्टेम्बर १९८१ - ४ अक्टोबर २००४) एक नेपाली तथा तथा गीतकार थिए। उनी लोकप्रिय रूपमा आफ्नो मञ्च नाम कूल पोखेलले चिनिन्थ्यो भने उनी एक पप र लोक सङ्गीत गायकको रूपमा परिचित थिए। उनको लागू अौषधीको अधिक सेवनका कारण सन् २००४ मा निधन भएको थियो।[१][२][३][४][५][६]
पोखरेल बुटवलमा जन्मेका थिए र उनी आफ्नो आमाबाबुसँगै हुर्किएता पनि उनी आफ्ना आफन्तको साथ जीवन बिताउन चाहन्थे। उनले ११ वर्षको उमेर देखिनै गीत गाउन सुरु गरेका थिए। उनले आफ्नो आफन्तको माझ गीत गाउँदा उनीहरूले एक दिन यो ठूलो भएर नेपालको गायक बन्नेछ भन्ने कल्पना पनि गरी सकेका थिए। पेखरेलले सुन मेरी मायालु बोलको गीत गाएपछि उक्त गीतले नेपाली सङ्गीत अनुयायी माझ निकै लोकप्रिय बनेको थियो जसका कारण उनी एक्कासी निकै प्रख्यात भएका थिए। उक्त गीतको सार्वजनिकसँग उनले नेपालका एक हिप-हप साङ्गीतिक समूह द युनिटिका सदस्य बन्ने मौका पाएका थिए। समूहमा आवद्ध भएपछि उनले आफ्नो साङ्गीतिक कार्यकाललाई अझै बलियो र बढावा दिन सुरु गरेका थिए।[७][८][९]
उनी नेपाली र विदेश सङ्गीत प्रेमीका माझ नेपालका पप राजाका रूपमा परिचित थिए भने उनको मृत्युको खबर सुनेपछि सारा नेपाली सङ्गीत जगतनै लामो समयसम्म शोक मग्न भएको थियो। कुल पोखरेलले आफ्नो सङ्गीत कार्यकालमा निकै लोकप्रिय र प्रख्यात गीतहरू गाएका छन् जसमा- सुन मेरी मायालु, बोलाउँदा खेरी बोल्दिनौँ, यसपालि दसैँमा र मृत्युको चिहान पर्न आउँछन्। कुलले आफ्नो सङ्गीत कार्यकालमा केही एल्बम पनि सार्वजनिक गरेका थिए जुन निकै लोकप्रिय बनेको थियो। उनलाई अझै पनि नेपाली पपको राजाको रूपमा सम्झना गरिन्छ भने उनलाई झिल्के बादल, सुगम पोखरेल, गिरीश खातीवाडा र अन्य लोकप्रिय गायकहरू द्वारा पनि सम्झना गरिन्छ। उनलाई पप सङ्गीत इतिहासको एक क्रान्तिकारी गायकको रूपमा मान्यता प्राप्त गरिएको छ।[१०][११][१२]
उनको पहिलो गीत सुन मेरी मायालुको रेकर्डिङ पछि उनले सफलता हासिल गरेका थिए जुन नेपाली सङ्गीत प्रेमीमा माझ निकै लोकप्रिय बनेको थियो। उनले धेरै अन्य लोकप्रिय गीतहरू जस्तै यसपालि दसैँ आमा र किन उदास जस्ता गीतहरू गाएका थिए र।सबै गीतको लोकप्रियता पछि उनलाई नेपाली पप राजाको उपाधि दिइएको थियो।[१][२][३][४][५][६]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]कुल प्रसाद पोखरेलको जन्म २१ सेप्टेम्बर १९८१ मा नेपालको बुटवलमा भएको थियो। उनीको घर बुटवलबाट पोखरामा सरेको थियो र उनी पोखराको ज्ञान बाबू बोर्डिङमा आफ्नो अध्यन गर्दै त्यहि विद्यालयबाट आफ्नो एसएलसी उत्तीर्ण गरेका थिए। उनले आफ्नो एसएलसी परीक्षा उत्तीर्ण गरेपछि उनी पछि बुटवलमा सरेका थिए। उनले एक अन्तरबार्तामा आँफुलाई मनपर्ने ठाउँ पोखरा हो भनी बताएका थिए। उनले बुटवलमा आएपछि व्यापार प्रशासनमा स्थातक डिप्लोमा गर्नका लागि लण्डन गएका थिए र त्यहाँ उनले डिप्लोमा सकेपछि उनी उच्च शिक्षा हाँसिल गर्ने अमेरिका जाने भनेता पनि आफ्नो सङ्गीत कार्यकाल सुरु गर्न उनी नेपालै फर्किएका थिए। उनले आफ्ना पन पर्ने कलाकारहरूको नाम लिन पर्दा उनले बब डिलेन, कर्ट कोबेन र झलकमान गन्धर्वको नाम विषेश गरी उच्चारण गर्ने गर्थे भने उनी नेपाली चलचित्र हेर्न मन पराउँथे।[१३]
कार्यकाल
[सम्पादन गर्नुहोस्]सन् २००० भन्दा पहिला
[सम्पादन गर्नुहोस्]कुल पोखेलले १९९९ मा आफ्नो पहिलो गीत (सुन मेरी मायालु) सँगै आफ्नो सङ्गीतिक कार्यकाल सुरू गरेका थिए जुन गीतले सङ्गीत क्षेत्रमा तहल्का मच्चाएको थियो जसले गर्दा पोखरेललाई नेपालमा सबैभन्दा लोकप्रिय पप गायकको रूपमा चिनिन थालिएको थियो। उनले आफ्नो पहिलो एल्बमको रूपमा सुन मेरी मायालु सार्वजनिक गरेका थिए जसले उच्च सफलता हाँसिल गरेको थियो। सुन मेरी मायालुको सफलता पछि उनले आफ्नो अर्को एल्बम आमा सार्वजनिक गरेका थिए। एल्बमको गीत नेपाली सङ्गीत उद्योगमा उत्कृष्ट सङ्गीतको रूपमा प्रचलित भयो। उनले आफ्नो एल्बमको लागि गिरिश खतिवडा जस्ता अन्य कलाकारहरूसँग सहयोग गर्न सुरु गरेका थिए। [१४][१५]
मृत्युको असर
[सम्पादन गर्नुहोस्]उनको मृत्यु काठमाडौंको पटना अस्पतालमा भएको थियो भने उनको मृत्यु पश्चात् सबै नेपाली सङ्गीत क्षेत्र र सङ्गीत प्रेमीहरू शोक मग्न भएका थिए। चिकित्सकका अनुसार उनको मृत्युको लागू अौषधिको अत्याधिक सेवनका कारण भएको हो भन्ने कुरा पुष्टि गरेका थिए। उनलाई अहिले पनि उनका अनुयायीहरूले सम्झना गर्ने गर्छन्। उनको अन्तिम गीतको रूपमा सुनको बाला नामक गीत रेकर्ड भएको थियो जसलाई हाल अभिनास घिसिङले प्रस्तुति दिने गर्छन्। उनको मृत्युको १५ वर्षपछि यसपालि दसैँ बोलको गीतलाई झिल्के बादलले समायोजन गरेका थिए जसको फल स्वरूप बादलको निकै आलोचना गरिएको थियो।[१६][१७]
साङ्गीतिक शैली
[सम्पादन गर्नुहोस्]कुलले प्राय आफ्नो सङ्गीत कार्यकालमा पप सङ्गीत गाएका छन् भने उनी द युनिटिमा छँदा गिरिश खतिवडासँग केही हिप-हप सङ्गीत पनि रेकर्ड गराएका छन्। उनले प्राय सङ्गीतहरूमा आफ्नो जीवनमा आएका वाधा, परिस्थिति र समस्यहरू समट्दै गीतहरू गाएका पाईन्छ। उनले आफ्नो परिवारको लागि पनि गीत गाएका छन् भने उनले विषेश गरी आफ्नो आमालाई सम्झँदै एक आमा बोल गरेको गीत र एल्बम पनि सार्वजनिक गरेका थिए जुन उनको सङ्गीत कार्यकालको एकदमै लोकप्रिय एल्बम बन्न सफल भएको थियो।[१८]
सङ्गीतिक सङ्गालो
[सम्पादन गर्नुहोस्]शीर्षक | वर्ष |
---|---|
सुन मेरी मायालु | १९९९ |
आमा | २००० |
हुन्न र | २००२ |
सुन मेरी माया बोलको गीत उनको प्रेम जीवन र विद्यालय प्रेम जीवनको बारेमा रेकर्ड गरिएको थियो र यस एल्बममा समावेश गीतहरू जाँदै छु म र स्कुल जस्ता एकल गीतहरू पनि समावेश गरिएको छु जुन सङ्गीत जगतमा निकै प्रख्यात गीत मानिन्छन्। उनको पहिलो एल्बम र गीतहरू सार्वजनिक भएको एक वर्ष पछि उनले अर्को एल्बम आमाको रेकर्डिङ गरेका थिए जुन उनको परिवार र विषेश गरी आमाका लागि लेखेका थिए। आमा एल्बमका गीतहरू पनि निकै प्रख्यात भएका थिए। उनले गाएको गीत आमा निकै श्रोताका माझ लोकप्रिय बन्यो र त्यछि गीतका कारण उनलाई युवा सङ्गीत प्रेमीहरूले पछ्याउन लागेका थिए। उनले आमा नामक एल्बमको सार्वजनिक पछि हुन्न र एल्बमको रेकर्डिङ गर्न सुरु गरेका थिए भने एल्बमको शीर्षकको गीत सार्वजनिक भएपछि उक्त गीत निकै लोकप्रिय बनेको थियो भने उक्त एल्बमलाई म्युजिक नेपालले उत्पादन गरेको थियो। उनको अन्तिम एल्बम हुन्न रको रेकर्डिङ सन् २००४ मा समाप्त भएको थियो भने उनको मृत्युका कारण एल्बम सार्वजनिक हुन सकेन। [१९]
मृत्यु
[सम्पादन गर्नुहोस्]कुल प्रसाद पोखरेलको मृत्युको कारण अझै पनि एक रहस्यको रूपमा रहेको छ भने उनको मृत्यु हुन भन्दा अघि उनले लागू औषधिको अत्याधिक सेवन गरेका थिए र आत्महत्या गरेको कुरा सार्वजनिक गरिएको थियो। उनको मृत्यु पछि उनका साथी गायक झिल्के बादलले उनको सम्झनामा यसपालि दसैँमा बोलको गीत सार्वजनिक गरेका थिए। उनको मृत्यु पछि उनलाई पप को राजा को रूपमा अङ्कित गरिएको थियो। अन्य प्रसिद्ध सङ्गीतकारहरूले जस्तै सुगम पोखरेल, झिल्के बादल, द युनिटि साङ्गीतिक समूह आदिले अहिले पनि उनीहरूको प्रत्येक्ष प्रस्तुति दिँदा कुललाई सम्झने गर्छन्। [२०]
कुल पोखरेलका लागि गाइएका गीतहरू
- ट्रिब्युट - द युनिटि
- यसपालि दसैँमा - झिल्के बादल
- मिस यु कुल
गीतहरू
[सम्पादन गर्नुहोस्]- यसपालि दसैँमा
- आमा
- जानुछ मलाई
- यो यी यो यो
- सुन मेरी मायालु
- हुन्न र
- भनेथ्यौ भनौँला
- किन उदास
- बोलाउँदा पनि बोल्दिनैँ
- नेपाली जीवन
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ १.० १.१ "कुल पोखरेलको जीवनी", साइबर संसार, साइबर संसार, अन्तिम पहुँच १४ अगस्ट २०१६।
- ↑ २.० २.१ "कुल पोखरेल" (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-१७।
- ↑ ३.० ३.१ "कुल पोखरेलको दुःखद घटना", साझा, अन्तिम पहुँच २०१७-०७-१७।
- ↑ ४.० ४.१ "यमबुद्धको घटना", रिडइट (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-२०।
- ↑ ५.० ५.१ "नेपाली गीतर समिति", अन्तिम पहुँच २०१७-०७-२०।[स्थायी मृत कडी]
- ↑ ६.० ६.१ "अल्पायुमै बितिजाने यी पाँच गायक", नेपाल खवर, अन्तिम पहुँच २०१७-०८-०८। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०८ मिति
- ↑ "कुल पोखरेलको जानकारी", xnepalimuskan.blogspot.co.uk, अन्तिम पहुँच २०१७-०७-१७।
- ↑ "कुल पोखरेलको दु:खद घटना", साझा, अन्तिम पहुँच २०१७-०७-२०।
- ↑ रिसव (२०१२-०३-१२), "कुल पोखरेल", कुल पोखरेल, अन्तिम पहुँच २०१७-०७-२०।
- ↑ "आमा : कुल पोखरेलको गीत गाउने तरिका", आमा, २०१५-०२-१०, अन्तिम पहुँच २०१७-०७-२०। वेब्याक मेसिन अभिलेखिकरण २०१९-०१-०४ मिति
- ↑ "कुल पोखरेलका गीतहरू", एनपी सङ, अन्तिम पहुँच २०१७-०७-२०।
- ↑ "पाँच सेलिब्रिटी जसले आफ्नो मृत्यु आफै रोजे", पहिलो पोस्ट, अन्तिम पहुँच २०१७-०८-०८।
- ↑ बाह्रखरी, "र, अस्ताए कुल", बाह्रखरी (नेपालीमा), अन्तिम पहुँच २०१७-०८-०८।
- ↑ "कुल पोखरेल", mczuworld.proboards.com, अन्तिम पहुँच २०१७-०७-१७।
- ↑ "द युनिटि सनङ्गीतिक समूह", साइबर संसार, अन्तिम पहुँच २०१७-०७-२५। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-०९ मिति
- ↑ "यसपालि दसौँ", नेपाली सङ (अङ्ग्रेजीमा), २०१६-१०-०९, अन्तिम पहुँच २०१७-०७-२०। वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०७ मिति
- ↑ "यी हुन् आत्महत्या गरेका चर्चित नेपाली कलाकारहरु", नेपाली पात्रो, अन्तिम पहुँच २०१७-०८-०८।
- ↑ "द युनिटि साङ्गीतिक समूह", साइबर संसार, अन्तिम पहुँच २०१७-०७-२०। वेब्याक मेसिन अभिलेखिकरण २०२०-०९-०९ मिति
- ↑ "घटना विचार", फेसबुक (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०८-०८।
- ↑ "कुल पोखरेलको जीवनी", लास्ट डट एफएम (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१७-०७-१७।