कैलोटाउके हाँस
कैलोटाउके हाँस | |
---|---|
![]() | |
भाले | |
![]() | |
पोथी | |
संरक्षण स्थिति | |
वैज्ञानिक वर्गीकरण | |
जगत: | जन्तु जगत |
सङ्घ: | हाड भएका |
वर्ग: | पंक्षी |
गण: | Anseriformes |
परिवार: | Anatidae |
उपकुल: | Aythyinae |
वंश: | Aythya |
प्रजाति: | A. ferina |
वैज्ञानिक नाम | |
Aythya ferina (Linnaeus, 1758) |
कैलोटाउके हाँस नेपालमा पाइने एक प्रकारको चराको नाम हो। यसलाई अङ्ग्रेजीमा कमन पोकर्ड (Common Pochard) भनिन्छ।
विषयसूची
विबरण[सम्पादन गर्ने]
कैलोटाउके हाँसको ठूलो नाप र गुम्बज आकारको टाउको हुन्छ। उडानको अवस्थामा यसको पङ्खाहरू फिक्का पुस्रो र फुस्रो अग्रपङ्खले गर्दा यसको माथिल्लो पखेटाको बनावट अरू उपजाति भन्दा भिन्न हुन्छ। यसको भालेको कटुस रङको टाउको, कालो छाती र फुस्रो माथिल्लो भाग तथा कोखा, सेतो नभएको तल्लो पुच्छर ढकनी, गाढा आँखा र ठोँडका बीचमा फुस्रो पेटी हुन्छ। यसको लम्बाई ४२ देखि ४९ सेन्टिमिटरसम्म रहेको हुन्छ।
वितरण तथा वासस्थान[सम्पादन गर्ने]
कैलोटाउके हाँस नेपाल लगायत एसिया तथा युरोपका अधिकांश देशहरूमा पाइने गर्छ। यसको प्रजाति उपयुक्त हावापानी र आहारका लागी हिँउदमा पश्चिमी युरोपदेखि पुर्वि एसियासम्म बसाइ सराइ गर्दछन्। नेपालको सन्दर्भमा पश्चिममा शुक्लाफाटा वन्यजन्तु आरक्षदेखि पूर्वमा कन्चनजङ्गा संरक्षण क्षेत्रसम्म पाइएको छ। ठूला तालतलैयाहरुमा हिउँदे आगन्तुकका रुपमा आउने गर्दछन्। यो ओसिलो दलदले क्षेत्रहरु, ताल तथा मन्द बग्ने खोलानालाहरु र वनस्पतियुक्त सिमसार मन पराउने प्रजाति हो। यस पन्छीले आफ्नो गुँड सतही पानीमा थुप्रिएको झारपातमा बनाउँछ। यसको प्रजातिले उत्तरी गोलार्धमा बच्चा कोरल्छ।
खतरा तथा संरक्षण अवस्था[सम्पादन गर्ने]
अवैध शिकार र प्रजनन् स्थानको विनाशले गर्दा विश्वमा यो प्रजाति संरक्षणका हिसाबले संवेदनशील अवस्थामा रहेको छ । नेपालको सन्दर्भमा यो सङ्कटको नजिक अवस्थामा रहेको छ ।
सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]
- ↑ BirdLife International (२०१२), "Aythya ferina", अन्तरराष्ट्रिय प्रकृति संरक्षण संघको रातो सूची संस्करण 2012.1, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ, अन्तिम पहुँच १६ जुलाई २०१२।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Aythya ferina सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |
![]() |
विकिप्रजातिमा यस बारे थप सामग्रीहरू रहेका छन् : Aythya ferina |
- Pochard at RSPB Birds by Name
- पन्छी जीवन प्रजाति तथ्यपान्ना पोडिसेप्स क्रिस्टाटस
- "एभीबेसमा", एभीबेस।
- "इन्टरनेट चरा सङ्कलन सम्बन्धित मिडियाहरू", इन्टरनेट चरा सङ्कलन।
- भिरियो तस्वीर सङ्ग्रह भिरियोमा (ड्रेक्सल विश्वविद्यालय)
- Aythya ferinaको दायरा आइयुसीएन रातो सूची नक्सामा
- रेकर्ड गरिएको आवाज Common pochard जेनो-कान्टोमा