खम्पा निःशस्त्रीकरण अभियान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Jump to navigation Jump to search

सन् १९५९ मा तिब्बतका धर्मगुरु पारम पुज्य दलाई लामा भारतमा निर्वासित भए पछि नेपालमा क्रियाशील तिब्बती विद्रोहीहरूलाई निःशस्त्रीकरण गर्न खम्पा निःशस्त्रीकरण सैन्य कारवाही गरिएको थियो। उक्त कारवाहीको जिम्मा नेपाली सेनाको लेफ्टिनेन्ट कर्नल सचित समसेर राणाले लिएका थिए।

ऐतिहासिक पृष्ठभूमि[सम्पादन गर्ने]

तिब्बतमा खम्पालाई भारत सरकारले पनि समर्थन गरेको थियो। त्यतिखेर, भारतीय सैनिकहरू नेपाल चीन सीमा क्षेत्रहरूमा पनि खटाइएको थियो। उनीहरूले खम्पाहरूलाई सैनिक तालिम प्रदान गरेका थिए। यसैबीच अमेरिकी खुफिया एजेन्सी (सिआए) ले तिब्बतमा छापामार आन्दोलनलाई पनि समर्थन गरिरहेको थियो। [१][२]यो गतिविधि नेपालको विदेश नीतिको विरूद्ध थियो। [३]

सुरक्षा जोखिमका कारण, चीन सरकारले खम्पा गतिविधिहरू नियन्त्रण गर्न नेपाल सरकारसँग सम्झौता गर्‍यो। सम्झौता पश्चात, नेपालले खम्पा विरूद्ध निःशस्त्रीकरण अभियान गर्ने निर्णय गरेको थियो। नेपाली सेनाको खोजी दलले नीलगिरि हिमाल नजिक रहेको केसाङमा शिविर स्थापना गरि लगभग ९,००० को सङ्ख्यामा खम्पाहरू हतियार, गोलीविस्फोटक पदार्थसहित रहेको पत्ता लगाएको थियो। [४]

मुख्य अभियान[सम्पादन गर्ने]

सन् १९७४ मा, तत्कालिन राजा वीरेन्द्रले मुस्ताङमा बसोबास गर्ने खम्पालाई शान्तपूर्वक निःशस्त्रीकरण गर्न, पोखरा नजिक ल्याउने र उनीहरूलाई चीनतर्फ जान निषेध गर्ने आदेश जारी गरेका थिए। यसै आधारमा नेपाली सेनाले प्रारम्भिक तयारीका लागि सन् १९७४ जुलाई १५ मा पोखरा तिर लागेका थिए। उक्त अभियान लेफ्टिनेन्ट कर्नल सचित समसेर राणाको नेतृत्वमा श्रीनाथ बटालियनले गरेको थियो।

ब्रिगेड मुख्यालय जोमसोममा स्थापित गरियो र अभियान सुरु भएको थियो। नेपाली सेनाले आत्मसमर्पण गर्न र हतियार हस्तान्तरण गर्न खम्पाहरूका नेता गे वाङ्गदीसँग सम्पर्क गरेको थियो। उनीहरूलाई नेपाली नागरिकता, जग्गा र पैसा दिने वाचा पनि गरियो। सुरुमा विद्रोहीहरू सहमत भए र हस्तान्तरणको लागि मिति सन् १९७४ जुलाई २० तय गरियो र खम्पाको अनुरोधमा त्यो मिति जुलाई २६ सम्म बढाइयो। खम्पाहरूले फेरि थप समय माग गरे र जुलाई ३१ को मध्यरातमा सम्पूर्ण हतियारहरू हस्तान्तरण गर्न सहमत भएका थिए। तर उनीहरूले आत्मसमर्पण गरेनन्। [५]

म्याद सकिएपछि नेपाली सेनाले सन् १९७४ अगस्त १ देखि तिलिचो ताल नजिकै नीलगिरि डाँडा अन्तर्गत मुस्ताङको जोमसोममा रहेको केसाङ शिविरमा खम्पाको खोजी सुरु गरेका थिए। खोजी अभियान गर्दा नेपाली सेनाले विभिन्न प्रकारका हतियार र गोलीहरू जमिनमुनि गाडिएको अवस्थामा भेटेका थिए। त्यस्तै छुसङ, सामर, घिलिङ र घम्मीमा पनि खोजी अभियान सञ्चालन गरिएको थियो। तर नाईके गे वाङ्गदी समातिएन्न्। उनी भारततीर लागेका थिए। केही दिन पछि सेनाले स्थानीय प्रशासनबाट गे वाङ्गदीको टोली नेपालगञ्जबाट सीमा पार गर्दैछ भने सन्देश पाएको थियो। गे वाङ्गदी नेपाल प्रहरी चौकीमा आक्रमण गर्न खोज्दा सन् १९७४ सेप्टेम्बर १५ मा टिङ्करलिपु, डोटीमा मारिएका थिए। [६]

निःशस्त्रीकरण अभियानको सफलता पछि, राजा वीरेन्द्रले केसङ भ्रमण गरि मन्त्रिपरिषद्को बैठक गरेका थिए। [७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. Asian Recorder, K. K. Thomas at Recorder Press, १९६२। 
  2. Bandeira, L.A.M. (२०१७), The Second Cold War: Geopolitics and the Strategic Dimensions of the USA, Springer International Publishing, आइएसबिएन 978-3-319-54888-3 
  3. Basnyāta, P. (२००७), Nepalese Army in Tibetan Khampa Disarming Mission, Sarwochcha Man Singh Basnyat, आइएसबिएन 978-99946-2-863-6 
  4. Nepal. Army. Directorate of Public Relations (२००८), The Nepalese Army: A Force with History, Ready for Tomorrow, Directorate of Public Relations, Nepalese Army, आइएसबिएन 978-9937-2-1034-8 
  5. Nepal Country Study Guide, USA: Global Investment and Business Center, २०१२। 
  6. De Courcy, K.; De Courcy, J. (१९७४), Intelligence Digest, Intelligence Digest। 
  7. Imperial Policy Group (Great Britain) (१९७५), Intelligence Digest, Intelligence International Limited।