गोली
![]() | यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख अक्टोबर २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
गोली | |
---|---|
राष्ट्र | ![]() |
अञ्चल | सगरमाथा अञ्चल |
जिल्ला | सोलुखुम्बु जिल्ला |
जनसङ्ख्या (२०४८) | |
• जम्मा | २२७६ |
समय क्षेत्र | युटिसी+5:45 (नेपाली समय) |
गोली नेपालको पूर्वाञ्चल विकास क्षेत्रको सगरमाथा अञ्चलको सोलुखुम्बु जिल्लाको पश्चिम भागमा अवस्थित गाउँ विकास समिति हो। गाउँ विकास समितिको नौ वार्ड मध्ये छ वार्ड देखि माथि शेर्पा हरूको बसोबास छ। यहाँ शेर्पा जातिको विशेष गरी गोले जातिको बाहुल्यता रहेको छ। बुढा-पाका हरूको भनाइ अनुसार पहिले पहिले गोलेहरू बसेकाले नै यो ठाउको नाम गोलि रहन गएको हो भन्ने भनाइ छ। गोलीको शिरमा पिके डाँडा छ र पिकेको दक्षिण तर्फको फेदमा टाप्टिङ्ग गाविसा अन्तर्गत पर्ने वाडा नं. 9 दिमिल भन्ने सुन्दर गाउँछ। यो गाउँको नाम शेर्पा भाषामा दिम्बिले भन्छन् भने कसैले दिम्मिले पनि भनेर भन्छ। यसको गाउँदेखी पुर्वमा गोराखानी र दक्षिण तर्फ टाप्टीङ्ग गा. वि. स रहेको छ। यो दुवै गा. वि. सा गोली देखी पुर्व तिर रहेको छ भने पश्चिममा रामेछापको बाम्ती भण्डार दक्षिणमा ओखाल्ढुंगाको रावादोलु,भुसिंगा रहेको छ भने उत्तरमा भकान्जे,बेनी र तामाखानी रहेको छ।
गोलीमा बसोबास गर्ने शेर्पा जातिहरू[सम्पादन गर्नुहोस्]
यहा बसोबास गर्ने शेर्पा जातिमा प्रमुख गोले जाति रहेको छ अन्य लामा,च्यावा,खम्बचे आदि पनि फाट्ट फुट्ट रूपमा बसोबास रहेको पाइन्छ। शेर्पा जातिको गोलेहरूको प्रमुख थलो नै सोलुखुम्बु जिल्लाको गोली हो र पछि त्यहाँबाट नै गोलेहरू अरु ठाउमा फैलंदै गयको भन्ने भनाइ बुढा पाकाहरूको छ।
गोलीमा बसोबास गर्ने शेर्पाहरूले मान्ने चाड पर्वहरू[सम्पादन गर्नुहोस्]
यस सोलुखुम्बु जिल्लाको गोलिमा बसोबास गर्ने शेर्पाहरूले प्रत्येक महिना नै जस्तो बौध्द मार्गी हरूले मनाउने चाड पर्वहरू गोन्पामा पुजा गरेर मनाउर्दै आएको छ। गोलिका शेर्पाहरूले अन्यत्रको शेर्पाहरूले भन्दा बढी चाड पर्वहरू मनाउछ भन्दा कसैको दुइमत नहोला।लोसार,डुमजी,न्युने,दुक्पछेजी,यारज्यंग,दशैँ ,तिहार,आसर्छेजी मनाउर्दै आएको छ भने यहाँ भयका सबै गोन्पा हरूमा नियमित रूपले प्रत्येक महिना छेवा चिथाम्बा पनि गर्दै आएको छ। दसैँ तिहार जस्ता चाड पर्वमा छेत्री बाहुन हरूले धेरै मारकाट गर्ने (पशुबली दिने)भयकोले बौध्द मार्गीहरूले गोन्पामा पुजा गर्ने चलन धेरै पुरानो हो तर यसको अर्थ हिन्दुहरूले जसरि नै दसैँ तिहार मानेको चाहि होइन।
गोलीको प्रमुख शेर्पा बसोबास गर्ने गाउँहरू[सम्पादन गर्नुहोस्]
काप्ति,गेप्चुका, मेंदोक्जुंग,कोशिनासा,गोलला,ङऊर् ,खारे,बुल्दादा,नाम्खेली आदि