गोर्खी गाउँ
गोर्खी | |
---|---|
देश | नेपाल |
अञ्चल | भेरी |
जिल्ला | दैलेख |
जनसङ्ख्या (२०१०) | |
• जम्मा | ६३० |
समय क्षेत्र | युटिसी+5:45 (समय क्षेत्र) |
गोर्खी पिपलकोट गा.वि.स.को वार्ड नं.८मा पर्ने एक गाउँ हो । यसको सिमाना पूर्वमा लयपातल, पश्चिममा सिंहासैन, दक्षिणमा बयाल ढुंगा, उत्तरमा चिउरीसँग जोडिएको छ। गोर्खी गाउँको अक्षांश र देशान्तर २९°०४′१५.८″ उत्तर देखी ८१°३१′१८.३″ पूर्व रहेको छ । प्राचिन कालमा भोटेहरूले भेडा र घोडा पाल्ने गरेको यसठाउँमा भोटेहरूको बाक्लो बस्ती रहेको थियो । पश्चिम नेपालमा बाक्लो बस्ती भएको ठाउँलाई गर्खा भनिन्छ । यसैगरी यो ठाउँमा भोटेहरूको बाक्लो बस्ती रहेकोले त्यसताक यसलाई गर्खा भनिन्थ्यो पछि आएर गर्खा नाम अपभंस भएर गोर्खी भएको हो भन्ने भनाई रहेको छ ।[१]
जनसङ्ख्या
[सम्पादन गर्नुहोस्]गोर्खी गाउँमा जैसी, भण्डारा, थापा, बिष्ट, कामी, आदी जातिहरूको मुख्य रूपले बसोवास रहेको छ । यहाँको जनसङ्ख्या जम्मा ६३० रहेको छ । यहाँ १०६ वटा घर धुरीहरू रहेका छन् । [२]
संस्कृती
[सम्पादन गर्नुहोस्]यस गाउँमा बाहुन, क्षेत्री र दलित जातिको बसोवास छ। यहाँको मुख्य भाषा खष भाषा हो। यहाँको मुख्य धर्म हिन्दू धर्म हो । यस गाउँमा एक नैलेल देवताको मन्दिर छ । हरेक साल जेठ महिनाको पूर्णिमा र श्रावण महिनाको पूर्णिमाका दिन यो देवताको पूजा हुन्छ । यो देवतालाई यस गाउँको माटे देवताको रूपमा मानिन्छ।
विद्यालय
[सम्पादन गर्नुहोस्]यो गाउँमा एक विद्यालय छ। २०४१ सालमा विद्यालय स्विकृती गराउन तत्कालीन वार्ड अध्यक्ष धन प्रसाद जैसी र उ.प्र.पं. धनिराम जैसीको ठूलो योगदान रहेको छ। विद्यालय भवन निर्माणको लागि बालाराम जैसी, हिउलाल जैसी, उदैरुप जैसी, रंगवीर जैसी, काशीराम जैसी र लिलाराम जैसीले आफ्नै लाल पुर्जा भित्रको ९ रोपनी जग्गा अनुदान सहयोगमा दिएका थिए । [३] हाल आएर यो विद्यालय नि.मा.वि. बनाउने कोसिस गरिँदै छ । विद्यालयको नाम श्री पशुपति प्रा.वि.हो । विद्यालय भवन निर्माणमा गोर्खी र लयपातलको संयूक्त श्रमदान सहयोग रहेको थियो । वि.सं. २०६३ सालदेखी निजि स्रोतबाट गोर्खी गाउँको काफलगैरा टोलमा गोकुल प्रा.वि. नामको एक प्राथमिक विद्यालय सञ्चालमा ल्याइएको थियो ।
टोलहरू
[सम्पादन गर्नुहोस्]गोर्खि गाउँमा निम्न अनुसार टोलहरू रहेका छन् ।
- खाटफला
- आग्रेगैरा
- पातल
- उख्याते
- झ्याप
- काफलगैरा
- भँगाडी
- लोहार ईँजर
- सुगरखाल डाँडा
स्रोत
[सम्पादन गर्नुहोस्]यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]- पिपलकोट गाविसका प्रमुख गाउँहरू
क्रम सङ्ख्या | गाउँको नाम | वडा नंवर |
---|---|---|
१ | तोलीचाका | १,२ |
२ | जामनेपानी | ६ |
३ | पातेमेला | ४ |
४ | किटु | ५ |
५ | छाम | ६ |
६ | चिउरी | ७ |
७ | गोर्खि | ८ |
८ | लयपातल | ९ |
९ | सुँगरखाल | १ |