घनश्याम भुसाल
घनश्याम भुसाल | |
|---|---|
| कृषि तथा पशुपंक्षी विकास मन्त्री | |
| पदमा सन् २०१९ नोभेम्बर २१ – सन् २०२० डिसेम्बर २० | |
| राष्ट्रपति | विद्यादेवी भण्डारी |
| प्रतिनिधि सभा सदस्य | |
| पदमा सन् २०१८ मार्च ४ | |
| पूर्वाधिकारी | बालकृष्ण खाँड |
| निर्वाचन क्षेत्र | रुपन्देही ३ |
| पदमा सन् १९९७ – सन् १९९९ मे | |
| पूर्वाधिकारी | धनपति उपाध्याय |
| उतराधिकारी | रामकृष्ण ताम्राकार |
| निर्वाचन क्षेत्र | रुपन्देही २ |
| व्यक्तिगत विवरण | |
| जन्म | ११ सेप्टेम्बर १९६१[१] |
| दल | स्वतन्त्र (सन् २०२२-वर्तमान) |
घनश्याम भुसाल (जन्म: सेप्टेम्बर ११, १९६१ ) नेपाली राजनीतिज्ञ र नेपाल सरकारको पूर्व मन्त्री हुन्। उनी वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा लुम्बिनी प्रदेशको रुपन्देही ३ निर्वाचन क्षेत्रबाट निर्वाचित भएर प्रतिनिधिसभाको सदस्य भएका थिए।[२][३]
उनी खड्गप्रसाद ओली नेतृत्वको मन्त्रिपरिषदमा कृषि तथा पशुपन्छी विकास मन्त्री भएका थिए।[४] भुसालले पूर्वमन्त्री झलनाथ खनालको नेतृत्वमा ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय’ मन्त्रीसमेत भइसकेका छन्।
प्रारम्भिक र राजनीतिक जीवन
[सम्पादन]घनश्याम भुसालको जन्म सन् १९६१ सेप्टेम्बर ११ मा स्याङ्जा जिल्लाको पिडीखोलामा भएको थियो। उनी झबिसारा भुसाल र जग्गनाथ भुसालको तेस्रो सन्तान थिए। पछि उनको परिवार स्याङ्जाबाट रुपन्देही बसाइँ सरेको थियो जहाँ उनले विद्यार्थी नेताको रूपमा आफ्नो राजनीतिक जीवन सुरु गरेका थिए। उनी नेपाल कम्युनिष्ट पार्टीको विद्यार्थी सङ्गठन अनेरास्ववियुका महासचिव थिए।
प्रतिनिधि सभा २०७९
[सम्पादन]प्रतिनिधि सभा निर्वाचन, २०७९मा स्वतन्त्र का उम्मेदवार घनश्याम भुसालले रुपन्देही प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं १ २१,३०८[५]मत प्राप्त गरी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार छविलाल विश्वकर्मासँग पराजित भए।[६]
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270।
- ↑ "UML's Bhusal elected in Rupandehi-3", kathmandupost.ekantipur.com।
- ↑ "घनश्याम भुसाल", Thaha Khabar, मूलबाट २०२२-१०-१४-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०५-३०।
- ↑ "7 ministers resign -en-masse-objecting to cabinet decisions."।
- ↑ "रुपन्देही : प्रदेश ५ - प्रतिनिधिसभाको निर्वाचन २०७९ विवरण तथा नतिजा", election.ekantipur.com, अन्तिम पहुँच २०२२-११-२९।
- ↑ "मतगणना प्रगतिको विवरण", result.election.gov.np, मूलबाट २०२२-११-२९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-११-२९।