बालकृष्ण खाँड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
माननीय
बालकृष्ण खाँण
गृह मन्त्री
पद बहाली
२०२१ जुलाई १२
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीशेरबहादुर देउवा
पूर्वाधिकारीविष्णुप्रसाद पौडेल
रक्षा मन्त्री
कार्यकाल
२०१६ अगस्ट २६ [१] – २०१७ मे ३१
राष्ट्रपतिविद्यादेवी भण्डारी
प्रधानमन्त्रीपुष्पकमल दाहाल
पूर्वाधिकारीभीम बहादुर रावल
उतराधिकारीभीमसेन दास प्रधान
सिँचाइ मन्त्री[२]
कार्यकाल
२००९ मे २५ – २०११ फेब्रुअरी ६
राष्ट्रपतिराम वरण यादव
प्रधानमन्त्रीमाधव कुमार नेपाल
प्रतिनिधि सभा सदस्य
पद बहाली
२०१८ मार्च ४
संबिधानसभा सदस्य
कार्यकाल
२००८ मे २८ – २०१७ अक्टोबर १४
पूर्वाधिकारीसुर्य प्रसाद प्रधान
उतराधिकारीघनश्याम भुसाल
निर्वाचन क्षेत्ररुपन्देही ३
प्रतिनिधि सभा सदस्य
कार्यकाल
१९९१ मे – १९९४ अगस्ट
पूर्वाधिकारी-
उतराधिकारीमोदनाथ प्रश्रित
निर्वाचन क्षेत्ररुपन्देही ३
व्यक्तिगत विवरण
जन्म२०१७ साल असार १७ गते[३]
स्याङ्गजा, नेपाल
राष्ट्रियतानेपाली
राजनीतिक दलनेपाली कांग्रेस
अन्य राजनीतिक
संलग्नता
नेपाली कांग्रेस (प्रजातान्त्रिक)
जीवन साथीमञ्जु खाँण
अभिभावक(हरू)नोइन्द्र खाँण (बुवा)
तोपकुमारी खाँण (आमा)

बालकृष्ण खाँड २०७८ देखि २०७९ पुससम्म गृह मन्त्री भएका नेपाली राजनितिज्ञ हुन्। उनी नेपाली कांग्रेसका नेता हुन्। उनी २०७३ को प्रचण्ड मन्त्रिपरिषद्मा रक्षा मन्त्री थिए।

२०७० को संविधान सभा निर्वाचनमा खाँड रूपन्देही क्षेत्र नं.३बाट निर्वाचित नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए। विद्यार्थी राजनीति मार्फत २०३० सालबाट राजनीति प्रारम्भ गरेका खाण हाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुनुहुन्छ। २०७४ को निर्वाचनमा समानुपातिकबाट निर्वाचित उहाँ सङ्घीय संसदको प्रतिनिधिसभामा नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतक पनि हुनुहुन्छ। यस अघि रक्षा मन्त्री, शिक्षा राज्यमन्त्री रहिसकेका खाणले त्रिवि स्ववियु सभापति, नेपाल विद्यार्थी संघको अध्यक्ष र तरुण दलको अध्यक्षको जिम्मेदारी समेत सम्हालिसक्नुभएको छ। २०४८ को संसदीय निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३बाट विजयी खाण २०५१ मा समेत संसदका उम्मेदवार हुनुहुन्थ्यो।

राजनीतिक यात्राका क्रममा उहाँले पञ्चायतकालमा करीब २ वर्ष जेलजीवन बिताउनुभएको छ। उहाँले ने.वि. संघको अध्यक्षको हैसियतले २०४६ को जनआन्दोलनमा विद्यार्थी वर्गको नेतृत्व गर्नुभएको थियो। उहाँ ३ छोरी र १ छोराका पिता हुनुहुन्छ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. "13 new ministers take oath from President", The Himalayan Times, अन्तिम पहुँच १ नोभेम्बर २०१७ 
  2. "Backgrounder: Nepali cabinet member list", People.cn, अन्तिम पहुँच १ नोभेम्बर २०१७  वेब्याक मेसिन अभिलेखिकरण १ डिसेम्बर २०१७ मिति
  3. संघीय संसद सदस्य, २०७४ परिचयात्मक पुस्तिका [Federal Parliament Members 2017 Introduction Booklet] (नेपालीमा), Nepal: Federal Parliament Secretariat, २०२१, पृ: 270। 

समानुपातिकमा निर्वाचित उम्मेदवार