चन्द्र रानाहँछा
यो लेखको शीर्षकले विकिपिडियाको सामान्य उल्लेखनीयता दिशानिर्देश पूरा गर्न सक्दैन। |
चन्द्र रानाहँछा (अंग्रेजी: Chandra Ranahanchha ) नेपाली साहित्यका कवि, गीतकार, कथाकार तथा चित्रकार हुन् ।
चन्द्र रानाहँछा | |
---|---|
जन्म | वि.सं. २०३७ भाद्र ७ गते निर्मली डाँडा -८,खोटाङ |
राष्ट्रियता | नेपाली |
पेशा | लेखन |
चिनारीको कारण | कथा,कविता,गीत |
उल्लेखनीय कार्य | थिबिया चराको गीत |
मातापिता | राज बहादुर राई कृष्ण लक्ष्मी राई |
प्रारम्भिक जीवन
[सम्पादन गर्नुहोस्]चन्द्र रानाहँछाको जन्म वि.सं. २०३७ साल भाद्र ७ गते खोटाङ जिल्लाको निर्मली डाँडा,वडा नं. ८ मा बुवा राज बहादुर राई तथा आमा कृष्ण लक्ष्मी राईको कोखबाट भएको हो ।
साहित्यिक जीवन
[सम्पादन गर्नुहोस्]कवि चन्द्र रानाहँछा आठ/नौ कक्षा पढ्दा देखि नै कविता लेख्न थालीसकेका थिए । जतिबेला उनी निर्मली डाँडाको मनकामना जनकल्यान माविमा अध्यनरत थिए । सुरुमा उनलाई कविताको बिधागत ज्ञान थिएन । त्यै पनि उनी कविता लेख्थे । उनको कविता हेरी दिने र कविता माथि सुझाव दिने पनि कोही थिएन । वि.सं. २०५१ सालतिर उनको नेपाली बिषयको शिक्षकको रूपमा आए कवि तथा आख्यानकार राजन मुकारुङ । राजन मुकारुङबाट उनले कविता मात्र होईन साहित्यका अन्य आयाम र विधाबारे पनि ज्ञानप्राप्त गरे । उनको सिर्जना र पठनको घेरा लम्बिदै गयो । लेखनका साथै उनलाई गायनमा रुची थियो । गायक बन्ने सपना लिएर उनी २०५४ सालमा काठमाण्डौ छिरे । तर काठमाण्डौ उनले सोचे जस्तो सजिलो थिएन । काठमाण्डौमा बाच्न उनलाई सजिलो थिएन, संघर्ष गरे । प्रदीप बम्जनसँग केही समय संगीतको क्लास लिन थाले । तर पछि गायन क्षेत्र गाह्रो रहेछ भन्ने बुझे र, छाडिदिए । रहरैरहरमा दुई गीति एल्बम ‘चौबन्दी किन्दिऊँला' (२०५५) र चिनो रुमाल (२०५६) निकाल्न पनि भ्याए उनले । उनले बुझे गीत गाउनु उनको रहर मात्र रहेछ । त्यस पछि उनले आफ्नो धेरै समय लेखन तिर नै लगाए । उनको मनमा आँधी चलेपछि, गीती सङ्ग्रह २०६७, भाउजु लडेको भिर, कथा सङ्ग्रह २०६८ र थिबिया चराको गीत, कविता सङ्ग्रह २०७१ प्रकाशित छन् ।[१]
प्रकाशित कृतिहरु
[सम्पादन गर्नुहोस्]- चौबन्दी किनिदिउला, गीति एल्बम २०५५
- चिनो रुमाल, गिति एल्बम २०५६
- मनमा आँधी चलेपछि, गीति सङ्ग्रह २०६७
- भाउजु लडेको भीर, कथा सङ्ग्रह २०६८
- थिबिया चराको गीत, कविता सङ्ग्रह २०७१[२]
- दर्जनौ गीतहरू रेकर्डिङ भएको ।
"आँधीको यात्रा"
हातमा सपनाको फूल
र पाउमा घामको साइत बोकेर
पर्खिरहेछु आँधीको यात्रा … ।
सखारैदेखि
मेरो बिदाइमा
गाइरहेछन् चराहरु
सुसाइरहेछ खोला
भुर्भुराइरहेछ आगो … ।
मलाई लिन
अँध्याराका सहश्र बाँधहरु भत्काउँदै
आउनेछ आँधी ।
कतै अल्मलिएला भनीबाटो देखाउन
मुस्कुराउँदै उदाउनेछ जून ।
म हिँडेपछि –
गृहकार्य गरिरहेकी छोरीलाई सोध्नेछन्
अक्षरहरूले जीवनको सौन्दर्य ।
एक्लै खेलिरहेको छोरालाई
टक्क रोकिएर
बतासले सोध्नेछ समय ।
साँझपख
आँसु पुछिरहेकी मेरी प्रियतमालाई
जलिरहेको मैनबत्तीले
बुझाउनेछ प्रेमको अर्थ ।
जुनबेला म –
गर्जिरहेको मेघ र रिसाइरहेको चट्याङलाई सम्झाउन
सद्भावको गीत गाउँदै
छोइसक्नेछु आकाशलाई ।
काँप्नै लागेको भूकम्प
र खस्दै गरेको पहिरोलाई छेक्न
उज्यालोको लौरो टेक्दै
पुगिसक्नेछु क्षितिजमा ।
मसँग –
मेरो हत्केला जो छ
मुठी कस्दा पृथ्वी बन्छ
मुठी खोल्दा आकाश खुल्छ ।
आमा !
यै हत्केलामा कोरिएको बाटोले
डोर्याउँदै एकदिन – ल्याइपुर्याउनेछ
मलाई तिम्रो काखमा ।
पुरस्कार तथा सम्मान
[सम्पादन गर्नुहोस्]- किप मिडिया पुरस्कार २०६७ (काठमाडौँ)
- छत्र–विष्णु राई कृति सम्मान २०७१ (किरात राई यायोक्खा)
- टेम्के–तुवाचुङ साहित्य पुरस्कार २०७२ (खोटाङ)
- जितासिं स्मृति साहितय सम्मान २०७४ (रा.से.स. काठमाडौँ)
- प्रथम पुरस्कार राष्ट्रिय कविता महोत्सव २०७४ (नेपाल प्रज्ञा प्रतिष्ठान) [३][४]
- बालाजित–बसनलक्ष्मी राई स्मृति साहित्य पुरस्कार २०७४ (खोटाङ)
- युवा वर्ष मोती पुरस्कार (२०७५)।[५][६]
- हङकङ साहित्य साझा सृङ्खलाद्वारा सम्मान २०१८ (हङकङ)
- खोटाङ सेवा समाज हङकङद्वारा सम्मान २०१८ (हङकङ)
- किरात राई चाम्लिङ खाम्बातिम हङकङद्वारा सम्मान २०१८ (हङकङ)
अन्तर्वाताहरु
[सम्पादन गर्नुहोस्]- साहित्य बौद्धिक योगा हो, मिलाप न्यूज
- म पुरस्कृत भएपछि प्रज्ञा विवादमुक्त भयो, नयाँ पत्रिका दैनिक
- आत्मविहिन कविताको आयु नै हुँदैन – चन्द्र रानाहँछा, मिलाप न्यूज
- टिक्न कविता र भान्सा चलाउन ब्यानर कोर्छन् यी पुरस्कृत कवि वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-०४ मिति
- जीवनका थकानहरु मेटाउन कविता लेख्छु, कोशी अनलाईन वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-०६ मिति
- गायक बन्न काठमाडौँ छिरेका चन्द्र बने कवि, भन्छन् : 'सपना देखेर मात्र नहुने रहेछ', थाहाखबर डट कम
अन्य रचनाहरु
[सम्पादन गर्नुहोस्]- आप्पाको सालिक (कविता), थाहाखबर डट कम
- म ज्युँदै छु (कविता), साताको साहित्य डट कम[स्थायी मृत कडी]
- कैदि याचना (कविता) साहित्य सङ्ग्रहालय
- आँधीको यात्रा (कविता), आठै प्रहर डट कम वेब्याक मेसिन अभिलेखिकरण २०१७-०८-२९ मिति
- ईश्वरको रगत (कथा), सौर्य दैनिक[स्थायी मृत कडी]
- आँसुबाट आगो बनेका कविताहरू(पुस्तक समिक्षा), सुर्य दैनिक[स्थायी मृत कडी]
- अपूर्णताको अन्त्यपछि (कविता), हिमाल खबर डट कम
- हुरी चन्नासाथ (कविता), लोकपाटी डट कम
- खेरेसका कविताहरूमाथि चन्द्रको लयात्मक टिप्पणी (पुस्तक समिक्षा) पत्रिका खबर डट कम[स्थायी मृत कडी]