सामग्रीमा जानुहोस्

चम्पा (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चम्पा(उपन्यास)बाट अनुप्रेषित)
चम्पा (उपन्यास)
देवकोटाको 'चम्पा'
लेखकमहाकवि लक्ष्मीप्रसाद देवकोटा
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारसामाजिक
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
बि.सं. २०२४
आइएसबिएन978-99933-2-652-6

चम्पा महाकबि देवकोटाद्बारा लिखित औपन्यासिक कृति हो । साझा प्रकाशनले बजारमा ल्याएको यो पुस्तक लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको एकमात्र उपन्यास हो ।[] यो उपन्यास देवकोटाको मृत्युपश्चात् बि सं. २०२४ सालमा प्रकाशन भए पनि यसको रचना भने बि.सं.२००४ सालमै भएको जानकारी यसको प्रकाशकीय बाट थाहा पाउन सकिन्छ ।

यस उपन्यासको कथाले एक १२ वर्षीया केटी चम्पाको जीवनको वर्णन गर्दछ, जसको रामकान्तसँग विवाह भएको छ । आत्मनिर्भर भएको कारणले गर्दा चम्पा आफ्नो घरमा बस्न सक्दिनन् र उनी भाग्छिन् । कुनै रोगको कारणले गर्दा, रामकान्तले अन्य केटीहरूसँग शारीरिक सम्पर्क गर्न सक्दैनन् । एक दिन रामकान्तले घर छोड्ने निर्णय गर्छन्, किनभने उसलाई डर छ कि, यदि ऊ फेरि आफ्नी सुन्दर पत्नी चम्पाको नजिक गयो भने उसको जीवन जोखिममा पर्न सक्छ । यसका कारण चम्पालाई उनका सासुससुराले दोष दिन्छन् । यद्यपि, यस उपन्यासको कुनै छुट्टै अन्त्य भने छैन।

प्रकाशकबाट सामाजिक उपन्यास नाम दिइएको यस कृतिमा कविताका क्षेत्रमा स्वच्छन्दतावादी मानवतावादलाई आत्मसात गरेका देवकोटाले तत्कालीन समाजको यथार्थ चित्रण गर्न खोजेका छन् । 'चम्पा' देवकोटाका अन्य कृतिभन्दा भिन्न प्रवृत्तिका साथ देखा परेको उपन्यास हो । तत्कालिन राणाकालीन सामाजिक परिवेशका विकृति र त्यसमा नारीले भोग्नुपरेका विवशताहरूलाई देखाउन सक्षम यो कृति तत्कालीन पारिवारिक द्वन्द्वात्मक स्थिति र तनावको चित्रणमा पनि त्यतिकै सबल देखा पर्छ ।

  • चम्पा
  • रामकान्त
  • सुब्बा श्रीकान्त
  • निशा (सुब्बेनी बज्यै)
  • चुनु
  • बुलु
  • पण्डित रमाकान्त
  • सासू
  • जेठी बुहारी
  • कान्छी बुहारी

सन्दर्भ सामग्री

[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस

[सम्पादन गर्नुहोस्]