चम्पा (उपन्यास)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(चम्पा(उपन्यास)बाट अनुप्रेषित)
चम्पा (उपन्यास)
लेखकमहाकवी लक्ष्मीप्रसाद देवकोटा
आवरण कलाकारटेकवीर मुखिया
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारसामाजिक
प्रकाशकसाझा प्रकाशन
आइएसबिएन978-99933-2-652-6

चम्पा लक्ष्मीप्रसाद देवकोटाद्बारा लिखित औपन्यासिक कृति हो । साझा प्रकाशनले बजारमा ल्याएको यो पुस्तक लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको एकमात्र उपन्यास हो ।[१] देवकोटाको मृत्युपश्चात २०२४ सालमा प्रकाशन भए पनि यसको रचना भने २००४ सालमै भएको जानकारी यसको प्रकाशकीयबाट पाइन्छ ।

लेखकबाट सामाजिक उपन्यास नाम दिइएको यस कृतिमा कविताका क्षेत्रमा स्वच्छन्दतावादी मानवतावादलाई आत्मसात गरेका देवकोटाले तत्कालीन समाजको यथार्थ चित्रण गर्न खोजेका छन् । चम्पा देवकोटाका अन्य कृतिभन्दा भिन्न प्रवृत्तिका साथ देखा परेको उपन्यास हो । राणाकालीन सामाजिक परिवेशका विकृति र त्यसमा नारीले भोग्नुपरेको विवशतालाई देखाउन सक्षम यो कृति तत्कालीन पारिवारिक द्वन्द्वात्मक स्थिति र तनावको चित्रणमा पनि त्यतिकै सबल देखा पर्छ ।

पात्रहरू[सम्पादन गर्नुहोस्]

  • चम्पा
  • रामकान्त
  • सुब्बा श्रीकान्त
  • निशा (सुब्बेनी बज्यै)
  • चुनु
  • बुलु
  • पण्डित रमाकान्त
  • सासू
  • जेठी बुहारी
  • कान्छी बुहारी

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]