चोउ चिएलुन

यो लेख सुन्नुहोस्
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चोउ चिएलुन
周杰倫
सन् २०१६ मा चिएलुन
जन्म (1979-01-18) १८ जनवरी १९७९ (उमेर ४५)
लिङकोउ, ताइपेई, ताइवान
राष्ट्रियताताइवानी
अन्य नाम()
पेशा
  • गायक
  • गीतकार
  • रेकर्ड निर्माता
  • र्‍यापर
  • अभिनेता
  • चलचित्र निर्देशक
  • व्यापारी
  • जादुगर
  • टेलिभिजन व्यक्तित्व
कार्यकालसन् १९९९–हाल
जीवनसाथी
हाना
(
वि २०१५)
सन्तान
साङ्गीतिक जीवन
विधा
  • चिनियाँ पप
  • चिनियाँ रक सङ्गीत
  • ल्याटिक आत्मिय सङ्गीत
  • चिनियाँ हिपहप
वाद्ययन्त्र
  • स्वर
  • पियानो
  • गितार
  • चिनियाँ बाँसुरी
  • ड्रम
लेबल
  • सोनी म्युजिक ताइवान (सन् २००८–हाल)
  • जेभिआर म्युजिक (सन् २००७–हाल)
  • अल्फा म्युजिक (सन् १९९९–२००७)
चोउ चिएलुन
परम्परागत चिनियाँ
सरलीकृत चिनियाँ


चोउ चिएलुुन (चिनियाँ: 周杰伦, जन्म: १८ जनवरी १९७९) एक ताइवानी गायक, गीतकार, र्‍यापर, रेकर्ड निर्माता, अभिनेता, चलचित्र निर्देशक, व्यापारी तथा जादुगर हुन्। उनी चिनियाँ पप सङ्गीतको राजा उपनामबाट पनि परिचित छन्।[१] चिएलुुन ताइवानमुख्यभूमि चीनका एक सफल तथा सर्वाधिक बिक्री हुने गायक मध्येमा पर्दछन्। सन् १९९९ मा साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका चिएलुुन चिनियाँ पप सङ्गीतका एक सफल कलाकारको रूपमा स्थापित भएका छन्। एक सफल गायकको रूपमा चिएलुुनले सर्वप्रथम सन् १९९९ मा अल्फा म्युजिक नामक एक लेकर्ड लेबलसँगको सहकार्यमा आफ्नो साङ्गीतिक यात्रा सुरु गरेका थिए भने हाल उनी ताइवानको सोनी म्युजिक रेकर्ड लेबलमा अनुबन्धित छन्।

सन् २००० मा चिएलुनले जे नामक पहिलो साङ्गीतिक सङ्गालोका साथ साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका थिए भने अल्फा म्युजिकसँगको सहकार्यमा जारी गरिएको एक साङ्गीतिक सङ्गालोले मध्यम सफलता हासिल गरेको थियो। सन् २००१ मा उनले फेनटासी नामक दोस्रो साङ्गीतिक सङ्गालो जारी गरेका थिए भने यस सङ्गालोको जारीसँग चिएलुुनले सङ्गीत प्रेमी माझ सफलता हासिल गर्दै एकाएक चर्चामा आएका थिए जसले जसले पश्चिमी र पूर्वीय सङ्गीत शैलीलाई समायोजित गरेको थियो। यस एल्बमले पाँचवटा पुरस्कार प्राप्त गर्दै त्यस वर्षको उत्कृष्ट साङ्गीतिक सङ्गालोको रूपमा यसलाई छनोट गरिएको थियो। त्यसपछि उनले हालसम्म थप बाह्र वटा साङ्गीतिक सङ्गालोहरू जारी गरिसकेका छन्। उनका चर्चित एकल सङ्गीतहरूले साङ्गीतिक क्षेत्रमा तरङ्ग उत्पन्न गरेको थियो भने ताइवान, मुख्यभूमि चीन, हङकङ, सिङ्गापुरमलेसिया जस्ता एसियाली समुदायहरूमा महत्वपूर्ण प्रतिष्ठा प्राप्त गरेका छन्। चोले सन् २०१९ सम्म विश्वका १० लाखभन्दा बढी दर्शकसम्मलाई प्रदर्शन गर्दै साङ्गीतिक समारोहहरूका लागि छ पटक विश्व भ्रमण गरिसकेका छन्। [२]

सन् २००३ मा उनी अमेरिकी टाइम पत्रिकाको आवरण पृष्ठमा आउन सफल भएका थिए। सन् २००४ मा उनले विश्व सङ्गीत पुरस्कारमा चीनमा सर्वश्रेष्ठ बिक्री हुने कलाकार पुरस्कार प्राप्त गरेका थिए। सन् २००६ देखि उनले चीनमा लगातार तीन वर्षसम्म विश्व सङ्गीत पुरस्कारको सर्वोत्कृष्ट बिक्री हुने कलाकार पुरस्कार जितेका थिए। अभिनेताको रूपमा चिएलुनले आफ्नो अभिनयको सुरुवात थउ मन जी डी नामक एक चलचित्रबाट गरेका थिए जसलाई सन् २००५ मा सार्वजनिक गरिएको थियो। त्यसको लगत्तै उनले सन् २००६ मा सुनौलो फुलको श्राप नामक चलचित्रमा अभिनय गरेका थिए। सन् २००७ मा स्वलिखित तथा निर्देशित साहित्यिक चलचित्र गोप्यले उत्कृष्ट ताइवान वर्ष चलचित्रको लागि स्वर्ण पुरस्कार जित्न सफल भएको थियो। सन् २००७ मा चोले आफ्नै रेकर्ड तथा व्यवस्थापन कम्पनी जेभिआर म्युजिकको स्थापना गरेका थिए। सङ्गीतबाहिर चोले सन् २००६ देखि आफ्नै फेसन ब्रान्ड फान्टासीको अध्यक्षको रूपमा सेवा गर्दै आएका छन्। उनले सन् २०११ मा द ग्रिन हर्नेट नामक एक अमेरिकी अङ्ग्रेजी भाषी चलचित्रमा अभिनय गर्दै पश्चिमी दर्शकहरू माझ पनि परिचित बनेका थिए। यस चलचित्रमा उनले प्रख्यात अभिनेता; सेथ रोजन र क्रिस्टोफ वाल्ट्जसँग अभिनय गरेका थिए। त्यसपछि उनले सन् २०१६ मा नाउ य सि मि २ नामक एक अङ्ग्रेजी भाषी चलचित्रमा पनि अभिनय गरेका थिए।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "周杰伦 (中国台湾男歌手,演员,导演)", 头条百科, १४ सेप्टेम्बर २०२१। 
  2. "周杰伦", एप्पल सङ्गीत, १४ सेप्टेम्बर २०२१। 
  3. "周杰伦 (中国台湾男歌手,演员,导演)", 搜狗, २१ सेप्टेम्बर २०२१। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]