जमिला जमिल
जमिला जमिल | |
---|---|
जन्म | जमिला आलिया जमिल २५ फेब्रुअरी १९८६ लन्डन, इङ्ल्यान्ड |
पेशा |
|
कार्यकाल | सन् २००९ - अहिलेसम्म |
समकक्षी | जेम्स ब्लेक (सन् २०१५ - अहिलेसम्म) |
वेबसाइट | jameelajamil |
जमिला आलिया जमिल (अङ्ग्रेजी: Jameela Alia Jamil)[१] (जन्म: २५ फेब्रुअरी १९८६)[२] एक अङ्ग्रेजी अभिनेत्री, रेडियो प्रस्तुतकर्ता, मोडल, लेखिका र अभियन्ता हुन् । उनले सन् २००९ देखि सन् २०१२ सम्म बेलायतको टिभी च्यानल ४ मा एक पप शृङ्खला उद्घोषण गरी आफ्नो जीवनवृत्तिको सुरुवात गरिन् । पछि उनले बिबिसी रेडियो १ मा स्कट मिल्ससँग दी ओफिसियल चार्टको रेडियो उद्घोषक र दी ओफिसियल चार्ट अपडेटमा सह-उद्घोषकको भूमिका निभाइन् । उनी बिबिसी रेडियो १ चार्ट शोको प्रथम महिला एक्कल प्रस्तुतकर्ता हुन् ।[३]
सन् २०१६ मा स्तन क्यान्सरको गलत निदान भएपछि उनले संयुक्त राज्य अमेरिकामा बसाई सरिन् । त्यहाँ हुँदा उनलाई एनबीसीको हास्य शृङ्खला द गुड प्लेसमा टहानी अल-जमिलको भूमिका खेल्न बोलाइयो । उनले भोग, ग्ल्यामर, कस्मोपोलिटन तथा टीन भोगको लागि मोडल गरेकी छिन् र द टाइम्स, कस्मोपोलिटन, द हफिङ्टन पोस्ट तथा कम्पनीका लागि लेखेकी छिन् ।[४]
बाल्यकाल
[सम्पादन गर्नुहोस्]जमिलको जन्म २५ फेब्रुअरी १९८६ मा लन्डनको ह्यामस्टेडमा भारतीय बुवा र पाकिस्तानी आमाको घरमा भएको थियो ।[५] उनी श्रवण शक्तिसम्बन्धि समस्या लिएर जन्मेकी थिइन्, जसलाई ठिक गर्न उनले कयौँ शल्यक्रिया गराएकी छन् । उनको देब्रे कानमा ७०% र दाहिनेमा ५०% श्रवण शक्ति छ भन्ने खुलासा उनले सन् २०१५ मा गरिन् ।[६] जमिल भन्छिन् उनी विद्यालयमा हुँदा सतावत र लजालु थिइन् ।[७] नौ वर्षको उमेरमा उनलाई शरीरको संयोजी उक्तकहरूलाई प्रभाव पर्ने जेनेटिक डिसअर्डर, एलर्स-ड्यानलोस सिन्ड्रोम देखा पर्यो । यसले विविध लक्षणहरू देखाउँछ, जसले जीवनलाई जोखिममा पर्न सक्छ । यसका केही सामान्य लक्षणहरूमा जोर्नी दुख्ने, लामो छाला, असामान्य दागहरू देखा पर्ने, अत्यधिक थकान हुने, पाचनक्रिया र रक्त संचारमा समस्या देखा पर्ने आदि पर्छन् ।[८] किशोरावस्थामा उनी एनोरेक्सिया नर्भोसाबाट पीडित थिइन् र १४ देखि १७ वर्षको उमेरसम्म उनले राम्ररी खान खाइनन् । उनको खाने विकार सामाजिक दबावले गर्दा विकास भएको उनी मान्छिन्:
मलाई सानै हुँदादेखि एउटै कथन सुनाइयो, जसको कुनै अन्य विकल्प थिएन । महिलाको बौद्धिकताको कहिल्यै प्रशंसा गरिँदैनथ्यो । पत्रपत्रिकाहरूमा पनि वजन घटाउने वस्तुहरू बेचिन्थे । पातली नभए मेरो कुनै मूल्य हुँदैन भनिन्थ्यो ।[९]
१७ वर्षको उमेरमा जमिला मौरीबाट भाग्दा उनलाई गाडीले हानेको थियो । यसले गर्दा उनका कयौँ हड्डीहरू भाँच्चिएका थिए । उनी कहिल्यै नहिड्न सक्ने सम्भावना भए तापनि सही औषधोपचारले उनी बिस्तारै ठिक भइन् । यस दुर्घटनाले उनलाई आफ्नो शरीरलाई माया गर्न सिकाएको उनी भन्छिन् । उनले लन्डनको क्विन्स कलेजमा आफ्नो पढाई पुरा गरिन् र क्यालन स्कुल अफ इङ्लिशमा विदेशी विद्यार्थीहरूलाई अङ्ग्रेजी पढाइन् ।[१०] उनले प्रिमियर मोडल म्यानेजमेन्ट लिमिटेडमा मोडल, फोटोग्राफर र फेशन स्काउटको रूपमा नि काम गरेकी छिन्।[११][१२][१३]
कार्य जीवन
[सम्पादन गर्नुहोस्]सन् २००९ - सन् २०१५: प्रारम्भिक मिडिया कार्य
[सम्पादन गर्नुहोस्]जमिल सन् २००८ को अन्त्यतिर बेलायतको रेडियो च्यानल ४ मा म्यूजिक जोन भन्ने कार्यक्रममा देखिएकी थिइन् । सन् २००९ मा उनले बेलायतको टेलिभिजन च्यानल ४ मा प्रस्तुतकर्ताको भूमिका निर्वाह गर्न थालिन् ।[१४][१५] जनवरी २००९ मा अलेक्सा चङले फ्रेश्ली स्कुइज्ड नामक टेलिभिजन कार्यक्रम छोडेपछि जमिलले उनको ठाउँ लिई निक ग्रिम्शसँग प्रमुख उद्घोषकको काम गरिन् ।[१२][१४][१६][१७]
जमिलले बिबो नामक सामाजिक सञ्जालमा द क्लजेट भन्ने अनलाइन फेशनबारे सल्लाह दिने कार्यक्रम सञ्चालन गर्थिन् ।[१५][१६][१८] ट्वेन्टी ट्वेन्टी टेलिभिजनले रचना र उत्पादन गरेको यस कार्यक्रम बिबो ओरिजिनल्स भित्र पर्थ्यो । त्यही वर्ष जनवरीमा डेभिड बेलीले भोगको "ब्रिटिश एडिटोरियल क्लास अफ २०१०" को लागि उनको तस्वीर खिचेका थिए ।
सन् २०११ देखि सन् २०१४ सम्म उनले कम्पनी नामक महिलाहरूको लागि पत्रिकाको लागि लेख्ने गर्थिन् ।[१५][१९] जनवरी २०१२ मा जमिलले प्लेयिङ इट स्ट्रेट नामक वास्तविकता कार्यक्रममा जून सार्पोङलाई पुनर्स्थापित गरिन् ।[२०] सन् २०१२ मा रेज्जी येट्सले बिबिसी रेडियो १ छोड्ने र जमिलले उनलाई पुनर्स्थापित गर्ने घोषणा गरियो । सन् २०१२ को अन्त्यमा जमिलले स्कट मिल्ससँग दी ओफिसियल चार्टको रेडियो उद्घोषक र दी ओफिसियल चार्ट अपडेटमा सह-उद्घोषकको भूमिका निभाइसकेकी थिइन् । जमिलले बिबिसी रेडियो १ चार्ट शोको पहिलो एक्कल महिला प्रस्तुतकर्ताको रूपमा इतिहास बनाइन्।[२१] जून २०१२ मा जमिलले भेरीसँगको सहकार्यमा आफ्नो पहिलो फेशन सङ्ग्रह निकालिन् ।[२२]
सन् २०१६ - अहिलेसम्म: अभिनय
[सम्पादन गर्नुहोस्]यो अत्यन्तै रोमाञ्चक छ । यो त्यति ठूलो कुरा नभएपनि मिडियामा विविध जातका मानिसहरू कम नै छन् । म एसियाली हुँ र रेडियो १ को यति महत्त्वपूर्ण भूमिकामा देखिनु मेरो लागि ठूलो कुरा हो । अब छिटै आफ्नो काममा लाग्न म उत्सुक छु ।
सन् २०१६ मा स्तन क्यान्सरको गलत निदान भएपछि उनले संयुक्त राज्य अमेरिकामा बसाई सरिन् ।[२४] उनको अभिनयमा लाग्ने कुनै उद्देश्य थिएन । पटकथा लेखक बन्न चाहन्थिन् ।[२५] उनको प्रतिनिधिले उनलाई पार्क्स एन्ड रेक्रिएशनको निर्माता माइकल श्यरले एउटा नयाँ हास्य टेलिभिजन शृङ्खलाको लागि बेलायती अभिनेत्री खोजिरहेको कुरा बताइन् । पहिला कुनै अभिनयको अनुभव नभएपनि उनले कोसिस गर्न मानिन् । उनलाई पछि दोस्रो अन्तर्वार्ताको लागि बोलाइयो र टहानीको भूमिका निर्वाह गर्न दिइयो ।[२६][२७][२८]
उक्त शृङ्खला सेप्टेम्बर २०१६ मा एनबीसीमा प्रसारण गर्न थालियो, जसमा जमिल द गुड प्लेसको प्रमुख पत्र टहानी अल-जमिलको भूमिका खेलिन् ।[२९] उनको पत्रले प्रख्यात व्यक्तिहरूको नाम सामान्य बातचितको बिचमा ल्याउने भएकोले टहानी चर्चित बनिन् ।[३०]
जमिल पहिलो पल्ट द कटको फेब्रुअरी २०१८ को संस्करणमा अमेरिकी पत्रिकामा देखिएकी थिइन् ।[३१] उनले डकटेल्समा गान्ड्रा डीको आवाज प्रदान गरिन् ।[३२] सन् २०१८ मा जमिलले डिज्नी जुनियरमा सन् २०२० मा आउने भारतीय संस्कृतिमा आधारित कार्टुन मीरा, रोयल डिटेक्टिभमा आन्टी पुष्पाको भूमिका निर्वाह गरिन् ।[३३] सन् २०१८ मा जमिलले लास्ट कल विथ कार्सन डेलीको आवर्ती खण्ड वाइड अवेक विथ जमिला जमिल उद्घोषण गरिन् ।[३४]
सन् २०१९ देखि जमिलले टिबिएसमा प्रसारण हुने द मिजरी इन्डेक्स नामक खेल कार्यक्रमको उद्घोषण गर्दै आएकी छिन् ।[३५]
मार्च २०२० मा उनले प्लेबोइ पत्रिका "अन स्पीच" संस्करणको लागि सूट र टाइ लगाई आफ्नो तस्वीर खिचाइन् । उनले पछि ट्विटरमा कुनै लुगा लाएर प्लेबोइको लागि फोटोशुट गर्दा अत्यन्तै खुसी भएको बताइन् ।[३६][३७]
अप्रिल २०२० मा उनले दी आइ वे पडकास्ट सुरु गरिन्, जुन महिला सशक्तिकरण र समावेशीकरणमा केन्द्रित छ ।[३८]
महिला सशक्तिकरण, जातीय समानता र जलवायु परिवर्तनसम्बन्धि सक्रियता
[सम्पादन गर्नुहोस्]सन् २०१५ को अन्त्यतिर जमिलले वाइ नट पीपल ? नामक अभियान सुरु गरेकी थिइन्, जसबाट विविध क्षमता भएका व्यक्तिहरूको लागि मनोरन्जन कार्यक्रमहरूको सेवन गर्न सजिलो बनाउने आशा गरिएको थियो ।[३९] मार्च २०१८ मा कोर्टनी, क्लोइ र किम कार्दशियन तथा केन्डल र काइली जेनरका तौलको विवरण गरिएको पोस्ट देखेपछि जमिलले "आइ वे" नामक इन्स्टाग्राम खाता बनाइन् ।[४०][४१] यस खातामा #iweigh प्रयोग गरी राखिएका तस्वीरहरू राखिन्छ । सामान्यतया यस्ता तस्वीरहरूमा अनुयायीहरूले आफू केका लागि कृतज्ञ छन् भनेर लेखिएको हुन्छ ।[४२] यस अभियानको लागि जमिललाई सन् २०१८ मा १०० महिला (बिबिसी) मा सूचिकृत गरिएको थियो ।[४३]
जमिलले तौल घटाउने वस्तुहरूको विरोधमा पनि आवाज उठाएकी छिन् । उनले किशोरावस्थामा तौल घटाउने औषधीहरू लिएको बताइन् । उनले कार्दशियन परिवार, कार्डी बी र अन्य प्रख्यात व्यक्तिहरूलाई तौल घटाउने वस्तुको विज्ञापन गरेकोमा आलोचना गरेकी छिन् ।[४४] जमिलले प्रख्यात र अनुयायित व्यक्तिहरूलाई तौल घटाउने वस्तुहरूको विज्ञापन गर्नबाट रोक्न change.org मा १५०,००० हस्ताक्षरको लक्ष्य राखी आवेदन प्रकाशन गरेकी थिइन् । उनले फेसबुक, ट्विटर र इन्स्टाग्राममा १८ वर्षभन्दा सानो व्यक्तिहरूलाई तौल घटाउने वस्तुहरूले विज्ञापन नगर्ने अभियान सुरु गरेकी छिन् ।[४५]
तौल घटाउने वस्तुहरूका अवयव तथा नकारात्मक असरहरूको बारेमा राम्ररी लेखिएको हुँदैन । यस्ता वस्तुहरू स्वास्थ्य विज्ञानबारे कुनै ज्ञान नभएका नाम चलेका व्यक्तिहरूले विज्ञापन गरे मात्र बिक्छन् ।
— जमिलको आवेदनको भाग[४५]
जमिलले जलवायु परिवर्तन अभियान र यसमा लागि परेका जेन फोन्डा, ग्रेटा थुनबर्ग र अन्य अभियन्ताहरूको प्रशंसा गर्दै उनी आप्रवासी भएकोले यस अभियानमा पक्राउ हुन नचाहेको बताएकी छिन् ।[४६]
परोपकार
[सम्पादन गर्नुहोस्]जमिल समदायिक आयोजनाहरूलाई आर्थिक सहयोग गर्ने उद्देश्यले सी ४ को ओरेन्ज रककोर्प्स २००९ मा देखिएकी थिइन् । उनले बालबालिकाहरूलाई आफ्नो संस्कृति सिकाउने कार्यक्रमहरूमा सहभागिता जनाएकी छिन् । स्वयमसेवा गरी समाजलाई सहयोग पुर्याउने १६ देखि २५ वर्षका व्यक्तिहरूको लागि उनले विनस्पायर्ड राष्ट्रिय पुरस्कार प्रदान गर्नमा उनले सहयोग पुर्याएकी छिन् । जमिलले स्पन्जबब स्क्वेरप्यान्ट्सको आफ्नै संस्करण निकालेकी छिन्, जसको कमाइ चाइल्डलाइनलाई प्रदान गरिन्छ । जमिलले कमिक रिलिफको लागि £१,००० उठाए बापत १ दिन कुखुराजस्तो देखिने पहिरन लगाउने भनेकी थिइन् । उनले अन्ततः £१६,००० उठाइन् र १६ दिन लगातार कुखुराजस्तो देखिने पहिरन लगाइन् ।[४७]
सम्मान
[सम्पादन गर्नुहोस्]ब्रिटिश भोगको सेप्टेम्बर २०१९ को "फोर्सेस फर चेन्ज" संस्करणको लागि मेगन मार्कलले छनोट गरेका १५ महिलाहरूमध्ये जमिल पनि एक थिइन् ।[४८]
२ अगस्ट २०१९ मा जमिललाई एलर्स-ड्यानलोस सोसाइटीद्वारा "२०१९ को अधिवक्ता" को सम्मान दिइएको थियो ।[८]
३ मे २०२० मा जमिलले १२ औँ वार्षिक शोर्टी पुरस्कारमा "फेनम" पुरस्कार पाइन् ।[४९]
व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]जमिल सन् २०१५ देखि सङ्गीतकार जेम्स ब्लेकसँग प्रेमलीलामा बाँधिएकी छन् ।[५०] उनले पुरुष र महिला दुबैलाई मन पराउँछिन् ।[५१][५२][५३]
सेप्टेम्बर २०१० मा ओली मर्सको लन्डनमा हुने कार्यक्रममा उद्घोषण गर्न जाँदा उनी चिप्लेर लड्दा उनको नाक र कुहिनोमा घाउ भएको, एउटा दाँत झरेको र टाउकोमा चोट लागेको कुरा उनले १ अक्टोबर २०१८ मा गुड मोर्निङ अमेरिकाको एउटा भिडियोमा बताइन् ।[५४]
मे २०१९ मा उनले आफ्नो पहिले गरेको गर्भपतनको बारेमा बताइन् । "त्यो मेरो र मैले स्याहार गर्न मानसिक र शारीरिक रूपमा तयार नभएको बच्चाको लागि सबैभन्दा राम्रो र उचित निर्णय थियो," भनेर उनले भनिन् ।[५५]
३ अक्टोबर २०१९ मा बिबिसीको हार्ड टकमा उनले आफू पहिले धेरै पटक बलात्कृत भएको खुलासा गर्दै महिलाहरूलाई नराम्रो भन्नु भन्दा पितृसत्तात्मलाई दोषी ठहर्याउनुपर्छ भनिन् ।[५६]
१० अक्टोबर २०१९ मा विश्व मानसिक स्वास्थ्य दिवसको अवसरमा उनले पहिले ६ चोटी आत्मघात गर्न खोजेको बताउँदै मानसिक स्वास्थ्यसम्बन्धि समस्या भएका मानिसहरूको लागि उचित स्वास्थ्यसेवा नभएको कुराको आलोचना गरिन् ।[५७]
अभिनय
[सम्पादन गर्नुहोस्]चलचित्र
[सम्पादन गर्नुहोस्]वर्ष | शीर्षक | भूमिका | टिप्पणी |
---|---|---|---|
सन् २०१९ | हाउ टु बिल्ड अ गर्ल | क्लियोपेट्रा | |
सन् २०२० | मेरी मी |
टेलिभिजन
[सम्पादन गर्नुहोस्]वर्ष | शीर्षक | भूमिका | टिप्पणी |
---|---|---|---|
सन् २००९ - सन् २०१२ | फ्रेश्ली स्कुइज्ड | आफैँ | प्रमुख उद्घोषक |
सन् २००९ - सन् २०१२ | टी ४ | आफैँ | उद्घोषक |
सन् २०१२ | प्लेयिङ इट स्ट्रेट | आफैँ | उद्घोषक |
सन् २०१४ | सिलेब्रिटी जूस | आफैँ | सत्र ११, भाग ८ |
सन् २०१५ | द ग्रेट कमिक रिलिफ बेक अफ | आफैँ | सत्र २, भाग ३ |
सन् २०१६ - सन् २०२० | द गुड प्लेस | टहानी अल-जमिल | मुख्य पात्र |
सन् २०१८ | लास्ट कल विथ कार्सन डेली | आफैँ | उद्घोषक, आवर्ती खण्ड, वाइड अवेक विथ ब्राजियर |
सन् २०१८ | हलिउड गेम नाइट | आफैँ | भाग: "हो हो हलिडे गेम नाइट" |
सन् २०१९ | स्टिल लाफ-इन: ड स्टार्ज सेलिब्रेट | आफैँ | |
सन् २०१९ | डकटेल्स | गान्ड्रा डी (आवाज) | भाग: "द डेन्जरस केमिस्ट्री अफ गान्ड्रा डी!" |
सन् २०१९ | द मिजरी इन्डेक्स | आफैँ | प्रमुख उद्घोषक |
सन् २०२० | बिग सिटी ग्रिन्स | फीनिक्स (आवाज) | भाग: "एनिमल फार्म" |
सन् २०२० | मीरा, रोयल डिटेक्टिभ | आन्टी पुष्पा (आवाज) | पुनरावर्ती भूमिका[५८] |
सन् २०२० | लेजेन्डेरी | आफैँ | निर्णायक[५९][६०] |
सन् २०२० | हार्ली क्विन | एरिस (आवाज) | भाग: "ब्याचलरेट" |
सन् २०२० | अमेरिकन ड्याड ! | क्रिस्टिन एस. (आवाज) | भाग: "एक्स्वीजिट कोर्प्सेस" |
सन् २०२० | क्रसिङ स्वर्ड्स | स्लोएन (आवाज) | ४ भागहरू |
रेडियो
[सम्पादन गर्नुहोस्]वर्ष | शीर्षक | भूमिका | टिप्पणी |
---|---|---|---|
सन् २०१२ | द रेडियो १ रिक्वेस्ट शो विथ ब्राजियर | उद्घोषक | बिबिसी रेडियो १ |
सन् २०१३ - सन् २०१५ | दी ओफिसियल चार्ट | उद्घोषक | बिबिसी रेडियो १ |
सन् २०१३ | दी ओफिसियल चार्ट अपडेट | सह-उद्घोषक | बिबिसी रेडियो १ |
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "Jameela Jamil Biography", TV Guide, मूलबाट ९ जनवरी २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जनवरी २०२०।
- ↑ "Jameela Jamil", Us Weekly, मूलबाट ९ मे २०२०-मा सङ्ग्रहित, अन्तिम पहुँच २० जनवरी २०२०।
- ↑ "Clara Amfo to present BBC Radio 1's Official Chart Show", अन्तिम पहुँच ३० जनवरी २०१७।
- ↑ Jamil, Jameela, "About", Jameela Jamil official website, अन्तिम पहुँच २०१९-११-१४। वेब्याक मेसिन अभिलेखिकरण २०१९-११-१४ मिति
- ↑ Hedges-Stocks, Zoah (२१ मे २०१८), "The Good Place star Jameela Jamil told she was 'too old, too ethnic and too fat' for the US", The Telegraph (UK), मूलबाट ९ सेप्टेम्बर २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच ९ जनवरी २०२०, "Jamil, who was born in Hampstead to a Pakistani mother and an Indian father…"
- ↑ McGrath, Nick (२० अप्रिल २०१५), "Jameela Jamil has faced cancer and spine damage but has never felt better", Mirror, अन्तिम पहुँच १० अप्रिल २०१८।
- ↑ "Jameela Jamil of T4 is our chic look celeb", Metro.co.uk, २४ फेब्रुअरी २०१०, अन्तिम पहुँच २१ अक्टोबर २०१०। वेब्याक मेसिन अभिलेखिकरण १ अक्टोबर २०१२ मिति
- ↑ ८.० ८.१ "Jameela Jamil on Instagram: "Proud to be an @ehlers.danlos advocate of the year. I got diagnosed at 9 years old and there is still so little information 20 years later…"", Instagram, अन्तिम पहुँच ५ अक्टोबर २०१९।
- ↑ "Jameela Jamil on banning airbrushing, the Kardashians and her traumatic teens", Channel 4 News, २९ अगस्ट २०१८, अन्तिम पहुँच ३१ अगस्ट २०१८ – YouTubeद्वारा।
- ↑ "Interview: Jameela Jamil", Look magazine (London, UK: IPC Group Limited), १६ फेब्रुअरी २०१०।
- ↑ Mulloy, Katie; Bella Howard (photographer); Steve Morriss (stylist) (डिसेम्बर २००९), Nylon (New York: Nylon Holding Inc.)।
- ↑ १२.० १२.१ "Jameela Jamil: Our Style Crush – Sky Showbiz", Showbiz.sky.com, मूलबाट १ मार्च २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१०।
- ↑ "Jameela Jamil", Premiermodelstyle.com, अन्तिम पहुँच २१ अक्टोबर २०१०।[स्थायी मृत कडी]
- ↑ १४.० १४.१ "Jameela Jamil", Millndoll.com, मूलबाट १४ जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१०। वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०११ मिति
- ↑ १५.० १५.१ १५.२ "Hackford Jones PR – Entertainment – Jameela Jamil", Hackford Jones PR, मूलबाट २९ नोभेम्बर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१०। वेब्याक मेसिन अभिलेखिकरण २९ नोभेम्बर २०१० मिति
- ↑ १६.० १६.१ "Jameela | represented by Money Management", Moneymanagementuk.com, ११ नोभेम्बर २००९, मूलबाट २४ अक्टोबर २०१०-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१०। वेब्याक मेसिन अभिलेखिकरण २४ अक्टोबर २०१० मिति
- ↑ Fletcher, Alex (२३ जनवरी २००९), "T4 unveils new host Jameela Jamil", Digital Spy, अन्तिम पहुँच २१ अक्टोबर २०१०।
- ↑ "Jameela Jamil undresses for Westfield London Flash Mob", Fashionandrunway.com, ९ अक्टोबर २००९, मूलबाट १० जुलाई २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २१ अक्टोबर २०१०। वेब्याक मेसिन अभिलेखिकरण ८ जनवरी २०१४ मिति
- ↑ Levine, Daniel S. (२० सेप्टेम्बर २०१७), "Jameela Jamil as Tahani Al-Jamil: 5 Fast Facts You Need to Know", Heavy.com, अन्तिम पहुँच २१ जनवरी २०१८। वेब्याक मेसिन अभिलेखिकरण १४ मे २०१९ मिति
- ↑ "'Playing It Straight' to return to E4", Digital Spy, ६ अक्टोबर २०११, अन्तिम पहुँच ४ जुन २०१२।
- ↑ "Reggie Yates, Vernon Kay to leave Radio 1, Jameela Jamil for Chart Show", Digital Spy, ९ नोभेम्बर २०१२, अन्तिम पहुँच ६ सेप्टेम्बर २०१३।
- ↑ "The exclusive first collection designed by Jameela Jamil for Very.co.uk", Blog.very.co.uk, २१ जुन २०१२, मूलबाट ३ सेप्टेम्बर २०१२-मा सङ्ग्रहित, अन्तिम पहुँच ८ अक्टोबर २०१२।
- ↑ Copsey, Robert (११ जनवरी २०१३), "Jameela Jamil talks Radio 1 Chart Show", Digital Spy।
- ↑ Chocano, Carina (१८ सेप्टेम्बर २०१८), "Jameela Jamil Is on a 'Burger-Friendly, Life-Positive' Mission", Elle, अन्तिम पहुँच १३ जनवरी २०१९।
- ↑ Hirschberg, Lynn, "Jameela Jamil Never Expected to Be An Actress—Now, She's Fighting for Inclusivity", W Magazine (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०१९-११-२३।
- ↑ Turner, Lauren (१४ अक्टोबर २०१७), "Why Jameela Jamil is in a Good Place", BBC News, अन्तिम पहुँच ९ नोभेम्बर २०१८।
- ↑ Fetters, Ashley (११ जनवरी २०१८), "Jameela Jamil Had Never Acted Before 'The Good Place'", GQ, अन्तिम पहुँच ३० जनवरी २०१८।
- ↑ Adams, Erik (४ जनवरी २०१८), "Jameela Jamil suggests you take all your Good Place spoiler requests to Ted "Loose Lips" Danson", The A.V. Club, अन्तिम पहुँच ३० जनवरी २०१८।
- ↑ Andreeva, Nellie (२५ फेब्रुअरी २०१६), "'Good Place': British Presenter Jameela Jamil Cast In Mike Schur NBC Series", Deadline Hollywood, अन्तिम पहुँच १२ मार्च २०१६।
- ↑ Andreeva, Nellie (२५ फेब्रुअरी २०१६), "'Good Place': British Presenter Jameela Jamil Cast in Mike Schur NBC Series", Deadline Hollywood, अन्तिम पहुँच १२ मार्च २०१६।
- ↑ Jamil, Jameela [@jameelajamil] (५ फेब्रुअरी २०१८), "My first USA cover! Thanks @thecut What a bloody lovely surprise that was. Interview is out now! www.instagram.com/p/Be0nENSFcbp/" (ट्विट), अन्तिम पहुँच १० अप्रिल २०१८ – ट्विटरद्वारा।
- ↑ Jamil, Jameela [@jameelajamil] (२१ सेप्टेम्बर २०१८), "Joining the cast of Ducktales and living out my childhood dream! couldn't be more excited. 🤓" (ट्विट), अन्तिम पहुँच ९ नोभेम्बर २०१८ – ट्विटरद्वारा।
- ↑ "Jameela Jamil joins Disney Indian-inspired cartoon", BBC News, ३० नोभेम्बर २०१८।
- ↑ "Last Call with Carson Daly", Wikipedia (अङ्ग्रेजीमा), २०१९-११-२२, अन्तिम पहुँच २०१९-११-२३।
- ↑ Darwish, Meaghan (१८ जुलाई २०१९), "'The Misery Index' Unveils Premiere Date & First-Squirm Inducing Trailer (VIDEO)", TV Insider, NTVB Media, Inc., अन्तिम पहुँच २० डिसेम्बर २०१९।
- ↑ "Jameela Jamil poses fully-clothed in suit and tie in Playboy", www.msn.com, अन्तिम पहुँच २०२०-०३-१३।
- ↑ Fishman, Elana (२०२०-०३-१२), "Jameela Jamil poses in suit and tie for Playboy: 'I wanted to be shot like a man'", Page Six, अन्तिम पहुँच २०२०-०३-१३।
- ↑ https://www.nerdsandbeyond.com/2020/02/27/jameela-jamils-the-i-weigh-podcast-to-debut-in-april/
- ↑ "Jameela Jamil: 'Britain deals with disability by pretending it's not happening'", The Independent, २४ जुन २०१५, अन्तिम पहुँच १० अप्रिल २०१८।
- ↑ "I Weigh (@i_weigh) • Instagram photos and videos", www.instagram.com, अन्तिम पहुँच ७ जुन २०१८।
- ↑ Jamil, Jameela, "I weigh", Jameela Jamil – Diary of a Goon, अन्तिम पहुँच ७ जुन २०१८। वेब्याक मेसिन अभिलेखिकरण १२ जुन २०१८ मिति
- ↑ "What is i_weigh – @i_weigh", www.instagram.com, अन्तिम पहुँच ७ जुन २०१८।
- ↑ "BBC 100 Women 2018: Who is on the list?", BBC News, १९ नोभेम्बर २०१८, अन्तिम पहुँच २१ नोभेम्बर २०१८।
- ↑ "Let's Break Down Cardi B's Expletive-Filled Twitter War Over "Nonsense" Detox Tea", Bravo TV Official Site, २८ नोभेम्बर २०१८।
- ↑ ४५.० ४५.१ "100,000 People Sign Jameela Jamil's Petition To Stop Celeb Endorsed Diets", १० फेब्रुअरी २०१९।
- ↑ Jamil, Jameela [@jameelajamil] (२४ नोभेम्बर २०१९), "I think what Jane Fonda is doing for climate change awareness is so amazing." (ट्विट), मूलबाट २४ नोभेम्बर २०१९-मा सङ्ग्रहित – ट्विटरद्वारा।
- ↑ Digital Spy (२३ फेब्रुअरी २०१३), "Jameela Jamil offers to wear chicken suit for a month for Comic Relief", अन्तिम पहुँच १७ मार्च २०१३।
- ↑ "Meghan Markle puts Sinéad Burke on the cover of Vogue's September issue", The Irish Times, अन्तिम पहुँच ३१ जुलाई २०१९।
- ↑ https://blog.shortyawards.com/post/616742577142628352/introducing-our-entertainment-phenom-recipient (Retrieved May 5 2020)
- ↑ "Jameela Jamil on Instagram: "3 years with this untalented bastard ❤️"", अन्तिम पहुँच ७ जुन २०१८। – via Instagram
- ↑ Jamil, Jameela [@jameelajamil] (५ फेब्रुअरी २०२०), "Twitter is Brutal" (ट्विट), अन्तिम पहुँच ६ फेब्रुअरी २०२० – ट्विटरद्वारा।
- ↑ Hunte, Ben (६ फेब्रुअरी २०२०), "Jameela Jamil announces she is ‘queer’ after backlash over TV role", BBC News, अन्तिम पहुँच ६ फेब्रुअरी २०२०।
- ↑ Abrams, Margaret (६ फेब्रुअरी २०२०), "Jameela Jamil comes out as queer on Twitter after backlash over Legendary judge role", Evening Standard, अन्तिम पहुँच ६ फेब्रुअरी २०२०।
- ↑ "'The Good Place' star Jameela Jamil reveals how she lost her tooth in on-set fall", ABC News, १ अक्टोबर २०१८, अन्तिम पहुँच ३१ जनवरी २०२०।
- ↑ Jamil, Jameela [@jameelajamil] (१३ मे २०१९), "I had an abortion when I was young, and it was the best decision I have ever made." (ट्विट), अन्तिम पहुँच १६ मे २०१९ – ट्विटरद्वारा।
- ↑ "Hardtalk - Jameela Jamil actor and activist", BBC iPlayer।
- ↑ Jamil, Jameela [@jameelajamil] (१० अक्टोबर २०१९), "Today is #WorldMentalHealthDay" (ट्विट), अन्तिम पहुँच १० अक्टोबर २०१९ – ट्विटरद्वारा।
- ↑ "Disney Junior Orders Animated Mystery Series Inspired by Indian Cultures and Customs", The Hollywood Reporter, अन्तिम पहुँच १ डिसेम्बर २०१८।
- ↑ Murphy, J. Kim; Murphy, J. Kim (२०२०-०२-०४), "Jameela Jamil Tapped to MC, Judge Voguing Competition Series at HBO Max", Variety (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-१९।
- ↑ "'Legendary' bosses respond to initial controversy: 'My job is to make sure that you're wrong'", EW.com (अङ्ग्रेजीमा), अन्तिम पहुँच २०२०-०६-१९।