ढाँचा:प्रमुख लेख/धनकुटा जिल्ला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
वर्षायाममा धनकुटा

धनकुटा जिल्ला नेपालको पूर्वाञ्चल विकास क्षेत्रको, कोशी अञ्चलमा अवस्थित पहाडी जिल्ला हो। यस जिल्लाको सदरमुकाम धनकुटा नगरपालिका पूर्वाञ्चल विकास क्षेत्रको क्षेत्रीय सदरमुकाम पनि हो। वि.सं. २०१९ साल अघि विभिन्न नामले देशकै प्रशासनिक एकाईको रूपमा काम गर्दै आएको धनकुटा विसं २०१९ साल बैशाख १ गते राजा महेन्द्रको शासनकालमा धनकुटा जिल्ला भनी नामाकरण गरिएको हो। यस जिल्लाको पूर्वमा तेह्रथुमपाँचथर जिल्ला, पश्चिममा भोजपुरउदयपुर, उत्तरमा संखुवासभा जिल्ला र दक्षिणमा मोरङसुनसरी जिल्ला रहेका छन। यसरी चारैतिरबाट जिल्लाहरूले घेरिएको भए पनि धनकुटा जिल्लाको माथिका जिल्लाहरूसँगको सिमाना विभिन्न खोला र नदीहरूले छुट्टयाएका छन। विसं २०३२ सालमा तत्कालीन सुनसरी जिल्लाको आहाले गाविस यस जिल्लामा समाविष्ट भइसकेपछि ८९१ वर्ग किलोमिटर क्षेत्रफलमा विस्तृत हुन पुगेको धनकुटा जिल्ला हाल ३५ गाविसहरू, एक नगरपालिका, ११ इलाका तथा दुई निर्वाचन क्षेत्रमा विभक्त रहेको छ। (पूरा  पढ्नुहोस्...)