ढाँचा:प्रमुख लेख/बङ्गालको खाडी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
{{{2}}}

बङ्गालको खाडी (बङ्गाली: বঙ্গোপসাগর) हिन्द महासागरको उत्तरपूर्वी भाग हो। यसको सीमाको पश्चिम र उत्तर-पश्चिममा भारत, उत्तरमा बङ्गलादेश र पूर्वमा म्यानमार र भारतको अण्डमान निकोबार द्वीप समूह पर्दछन्। यसको दक्षिणी सीमा सङ्गमान कान्डा, श्रीलङ्का र सुमात्राको उत्तर पश्चिमी बिन्दु (इन्डोनेसिया) बीचको रेखा हो। यो संसारकै सबैभन्दा ठूलो जल क्षेत्र हो त्यसैले यसलाई खाडी भनिन्छ। दक्षिण एसिया र दक्षिणपूर्वी एसियामा बङ्गालको खाडीमा निर्भर विभिन्न देशहरू छन्। बेलायती भारतको अस्तित्वकालमा यसलाई ऐतिहासिक बङ्गाल क्षेत्र र पछि बङ्गालको खाडीको नाम दिइएको थियो। त्यतिबेला कोलकाता बन्दरगाहले भारतमा बेलायती शासनको प्रवेशद्वारको रूपमा काम गर्दथ्यो। कोक्सको बजार, संसारको सबैभन्दा लामो समुद्री किनार र सुन्दरवन, सबैभन्दा ठूलो म्याङ्ग्रोभ वन हो। यो पाटे बाघको प्राकृतिक वासस्थान समेत हो।(पूरा  पढ्नुहोस्...)