त्रिवेणी आदर्श बहुमुखी क्याम्पस
| स्थान | |
|---|---|
| क्याम्पस | Rural |
त्रिवेणी आदर्श बहुमुखी क्याम्पस (अंग्रेजी: Triveni Adarsha Multiple Campus) बझाङ जिल्लामा अवस्थित त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस हो।[१] त्यसका साथै यो क्याम्पस विश्वविद्यालय अनुदान आयोग, नेपालद्वारा पनि मान्यता प्राप्त छ। यो नेपालको सुदूरपश्चिम प्रदेश, बझाङ जिल्लाको बुङ्गल नगरपालिकामा रहेको छ। बुङ्गल नगरपालिकाभित्रको एकमात्र उच्च शिक्षा संस्था यो क्याम्पसले स्थानीय विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।
शैक्षिक कार्यक्रम
[सम्पादन गर्नुहोस्]यस क्याम्पसले मुख्य रूपमा स्नातक तहका कार्यक्रमहरू सञ्चालन गर्दछ।
सुविधाहरू
[सम्पादन गर्नुहोस्]क्याम्पसमा आधारभूत शैक्षिक सुविधाहरू उपलब्ध छन् जसमा पुस्तकालय, प्रयोगशाला र खेलकुद मैदान समावेश छन्।
नेतृत्व
[सम्पादन गर्नुहोस्]हाल क्याम्पस प्रमुखको जिम्मेवारी डम्बर कार्कीले सम्हाल्नुभएको छ भने सहायक क्याम्पस प्रमुख अक्कल कुँवर हुनुहुन्छ।[२] स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को सभापति चन्द्र बोहरा हुनुहुन्छ जो वि.सं. २०८१ मा निर्वाचित हुनुभएको थियो।
क्रियाकलापहरू
[सम्पादन गर्नुहोस्]क्याम्पसले विभिन्न सामाजिक तथा शैक्षिक क्रियाकलापहरू सञ्चालन गर्दछ। यसमा महिला हिंसा विरुद्धको अभियानअन्तर्गत दुई दिने आत्मरक्षा तालिम (२०८२ असारमा २५ जना छात्राहरूको सहभागितामा)[३] ,
वृक्षारोपण कार्यक्रम (२०८२ असारमा खोलेक क्षेत्रमा),[४] र खेलकुद प्रतियोगिताहरू समावेश छन्।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]