दीपक जङ्गम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दिपक जंगमबाट अनुप्रेषित)
दीपक जङ्गम
म्युजिक नेपालको बार्षिक उत्सवमा २०७६
जन्मदीपक जङ्गम
२०१० साल
भक्तपुर
वासस्थानभक्तपुर
पेशासंगीतकार
सन्तानअजल जंगम(छोरा), नेहा जंगम (छोरी)

दीपक जङ्गम नेपालका एक वरिष्ठ संगीतकार तथा गीतकार हुन्। उनको जन्म बि. संं. २०१० सालमा भक्तपुरको टाैमढीमा भएको हो।[१] किन किन तिम्रो तस्विर, गाजलु ति ठूला ठूला आँखा, एउटा मान्छेको मायाले कति, सावनको झरी बने लगायतका चर्चित गितहरूको संगीत गरिसकेका छन्। उनी एक कुशल गायक पनि हुन्।[२]

जीवनी[सम्पादन गर्नुहोस्]

बुवा गोविन्दहरि जङ्गम र आमा जमुनादेवी जङ्गमका कोखबाट बि. संं. २०१० साल स्वस्थानी पूर्णिमाका दिन भक्तपुरको टाैमढीमा उनको जन्म भएको थियो। उनको परिवारमा पत्नि बेनी जङ्गम रावल, छोरा अजर जङ्गम र छोरी नेहा जङ्गम रहेका छन्। पत्नि बेनी जङ्गम रावल र छोरा अजर जङ्गम पनि सांगितिक क्षेत्रमा नै क्रियाशिल हुनुहुन्छ।[३] वाल्यकाल देखि नै नाट्या र सङ्गीतमा रूचि रहेका जङ्गमको बि. सं. २०१९ मा ब्युउझाइदेउ नयन बोलको गीत रेडियो नेपालमा रेकर्ड गराएका थिए। उनको आफ्नै रचना, सङ्गीत र स्वर रहेको उक्त गीत नै पहिलो रेकर्ड भएको गीत हो।

साङ्गीतिक यात्रा[सम्पादन गर्नुहोस्]

बाल्यकाल देखि नै सङ्गीत तथा नाटक क्षेत्रमा प्रेबेश गर्नु भएका जङ्गम बि. संं. २०२१ देखि बि. संं. २०२४ साल सम्म नेपाल प्रज्ञा प्रतिष्ठान सङ्गीत तथा नाटकको तालिम लिनु भएको थियो भने बि. संं. २०२६ देखि बि. संं. २०४० साल सम्म सङ्गीत कलाकार तथा सहायक सङ्गीत निर्देशकको हैसियतले कार्य गरनु भएको थियो। बि. संं. २०४० देखि बि. संं. २०४३ सम्म रत्न रेकर्डिङ्ग संंस्थानको अध्यक्ष तथा महाप्रबन्घक पदमा रहि काम गर्नु भएको थियो।


उनले गरेका संगीतहरु[सम्पादन गर्नुहोस्]

  • किन किन तिम्रो तस्विर,
  • गाजलु ति ठूला ठूला आखा,
  • एउटा मान्छेको मायाले कति,
  • सावनको झरी बने,
  • यति धेरै माया दिई[४]

पुरस्कार तथा सम्मान[सम्पादन गर्नुहोस्]

  • लाइफ टाइम अचिभमेन्ट अवार्ड, १९औं ईमेज अवार्ड २०७४[५]
  • हरिप्रसाद कल्याणी रिमाल नाट्यसंगीत पुरस्कार[६]
  • नेशनल क्यापीटल लाइफटाइम अवार्ड[७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]