सामग्रीमा जानुहोस्

दीपक बोहरा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(दीपक बोहोराबाट अनुप्रेषित)
दीपक बोहरा
प्रतिनिधि सभा सदस्य
कार्यकाल
२०७९ पुस ७ – २०८१ चैत १९
पूर्वाधिकारीघनश्याम भुसाल
निर्वाचन क्षेत्ररुपन्देही ३
दोस्रो संविधान सभा सदस्य
कार्यकाल
२०७० माघ ७ – २०७४ असोज २८
पूर्वाधिकारीओमप्रकाश यादव गुलजारी
उतराधिकारीविष्णुप्रसाद पौडेल
निर्वाचन क्षेत्ररुपन्देही २
राष्ट्रिय पञ्चायत सदस्य
कार्यकाल
२०४२–२०४६
सहकर्मी निरञ्जन थापा
निर्वाचन क्षेत्ररुपन्देही
व्यक्तिगत विवरण
जन्म२००७ चैत १८
रुपन्देही, नेपाल
मृत्यु२०८१ चैत १९ (उमेर ७४ वर्ष)
काठमाडौँ, नेपाल
राजनीतिक दलराष्ट्रिय प्रजातन्त्र पार्टी
अन्य राजनीतिक
संलग्नता
राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)

दीपक बोहरा (जन्म:२००७ चैत १८ - १९ चैत २०८१)[] [] एक नेपाली राजनीतिज्ञ तथा व्यवासायी थिए। उनी राष्ट्रिय प्रजातन्त्र पार्टिका नेता थिए। उनी रुपन्देही-३ को प्रतिनिधि सभा सदस्य थिए। २०७९ को प्रतिनिधिसभा निर्वाचन मा बोहराले तत्कालीन गृहमन्त्री नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई पराजित गरेका थिए।[] बोहरा बि.सं. २०६७ मा राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्ष, २०५७ मा बैंक अफ काठमान्डुको अध्यक्ष भएका थिए। रुपन्देहीमा उनले सुरु गरेको "भैरहवा लुम्बिनी भुमिगत जलपरियोजना" भैलुभुज को कारण उनलाई सम्झिने गरिन्छ। उनको निधन २०८१ चैत १९ मा, भएको थियो।

राजनैतिक जीवन

[सम्पादन गर्नुहोस्]

बोहोरा नेपालको राजनीतिमा ४ दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका छन् । २०३६ सालमा रुपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए । उनी २०७० सालमा रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए ।

२०७० को निर्वाचन

[सम्पादन गर्नुहोस्]

बोहरा २०६४ सालको संविधानसभा चुनावमा रुपन्देही–१ मा माओवादी केन्द्रका घनश्याम यादवसँग पराजित भएका थिए। २०७० को संविधानसभा निर्वाचनमा भने तत्कालीन क्षेत्र नम्बर २ बाट कांग्रेसका रामकृष्ण ताम्राकारलाई पराजित गर्दै विजयी भए।[]

२०७४ को निर्वाचन

[सम्पादन गर्नुहोस्]

प्रतिनिधि सभा निर्वाचन, २०७४ मा उनी नेकपा एमालेका घनश्याम भूसाल सँग पराजित भए । भुसाललाई माओवादी केन्द्रको साथ थियो भने बोहोरालाई नेपाली कांग्रेसको साथ थियो ।[] २०७४ को निर्वाचनमा २७ हजार ४ सय २२ मत ल्याएर बलियाे वाम गठबन्धनका उम्मेदवार घनश्‍याम भुसाललाई उनले चुनौती दिएका थिए। एमालेबाट विजयी भुसालले ३२ हजार मत ल्याएका थिए । []

साल मन्त्रालय प्राधनमन्त्री
२०३८ पर्यटन राज्यमन्त्री
२०३८ पर्यटन सहायकमन्त्री
२०४० पर्यटन राज्यमन्त्री
२०४३ निर्माण तथा यातायात राज्यमन्त्री
२०४४ निर्माण तथा यातायातमन्त्री
२०६७ वन तथा भूसंरक्षण मन्त्री
२०७२ श्रम तथा रोजगार मन्त्री केपी ओली
२०७३ आपूर्तिमन्त्री प्रचण्ड
२०७४ स्वास्थ्यमन्त्री शेरबहादुर देउवा

यो पनि हेर्नुहोस्

[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "दीपक बोहरा राष्ट्रिय प्रजातन्त्र पार्टी", कान्तिपुर, मंसिर १, २०७९। 
  2. "सांसद दीपक बोहराको निधन" (नेपालीमा), अनलाइन खबर, अन्तिम पहुँच २५ फागुन २०८१ 
  3. ढुंगाना, माधव (मंसिर १०, २०७९), "रुपन्देही-३ : गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका बोहोरा विजयी", कान्तिपुर 
  4. चालिसे, जीवराज (९ कात्तिक, २०७९), "गृहमन्त्री खाँणलाई अघिल्लो निर्वाचनका सहयात्रीको चुनौती", हिमालखबर 
  5. "पैसावाल दीपक बोहोरा, सिद्धान्तवाल घनश्याम भुसाल !", अनलाइनखबर, २०७४ कार्तिक २१। 
  6. भट्टराई, भागवत (मंसिर २०, २०७८), "राप्रपामा दीपक बाेहाेरा असुरक्षित, एमालेमा जाने वा नयाँ पार्टी खाेल्ने दाेधारमा", शिलापत्र