द्वितीय चीन-जापान युद्ध

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

द्वितीय चीन-जापान युद्ध चीन तथा जापानका बीच १९३७-४५का बीच लडिएको थियो । १९४५मा अमेरिका द्वारा जापानमा परमाणु बम खसाए पछि जापानले समर्पण गरे र युद्धको समाप्ति भयो । यसका परिणामस्वरूप मंचूरिया तथा ताईवान चीनलाई फिर्ता सुम्पिए जसलाई जापानले प्रथम चीन-जापान युद्धमा त्यससित लिएको थियो ।

१९४१सम्म चीन यसमा एक्लो रहयो । १९४१मा जापान द्वारा पर्ल हार्बरमा आक्रमण गरे पछि यो द्वितीय विश्व युद्धको अङ्ग बन्यो ।

पृष्ठभुमि[सम्पादन गर्नुहोस्]

चीन-जापान युद्धको परिणाम[सम्पादन गर्नुहोस्]

१९३७ ई. मा जब चीन-जापान युद्ध आरंभ भयि, चीनले राष्ट्रसंघसँग अपील गर्यो। राष्ट्रसंघले यसमा छलफल गर्नको लागि समिति नियुक्त गर्यो। समितिको अनुशंसा मा ९ देशको सभा ब्रुसेल्समा भयो तर सबै व्यर्थ रह्यो। जापानको विरूद्ध राष्ट्रसंघ वा बेलायत, फ्रान्स, अमेरिकाले केही कदम चालेनन्। राष्ट्रसंघको असफलताको परिणाम यो भयो कि विश्वका प्रमुख देश दुई गुटमा विभाजित भए। एक तर्फ जर्मनी, जापानइटली थिए; दोस्रो तर्फ फ्रान्स को नेतृत्व भएको गुट थियो जसमा पोल्यान्ड, चेकोस्लोवेकिया, यूगोस्लाभिया आदि थिए। रूस पनि यसमा सहभागी भयो। अन्तमा संयुक्त अधिराज्य पनि यश गुटमा सामेल भयो। अमेरिकाले तटस्थताको नीति अपनायो। यस प्रकार जापानलाई चीनलाई परास्त गर्ने पूरा स्वतन्त्रता मिल्यो करने। जब १९३९ ई. मा विश्वयुद्ध आरंभ भयो तब जापानलाई अमेरिका पनि यो युद्धमा सहभागी हुन्छ कि भन्ने सन्देह थियो। त्यसकारण १९४० मा उसले जर्मनी तथा इटलीको साथ सैनिक संधि गर्यो। यसबाट चीनमा जापानको स्थिति सुरक्षित भयी।