नरेन्द्र दाइ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नरेन्द्र दाइ
नरेन्द्र दाइ पुस्तक
लेखकविश्वेश्वरप्रसाद कोइराला
देशनेपाल
भाषानेपाली
विषयउपन्यास
प्रकारसामाजिक, यौन मनोविज्ञान
प्रकाशकसाझा प्रकाशन
प्रकाशित मिति
सन १९७०
पृष्ठ६४ पृष्ठ
आइएसबिएन978-99933-2-841-4

नरेन्द्र दाइ नेपाली सुप्रसिद्ध फ्रायडवादी मनोवैज्ञानिक साहित्यकार विश्वेश्वर प्रसाद कोइरालाद्वारा लेखिएको उपन्यास हो। नरेन्द्र दाइ एक मनोवैज्ञानिक उपन्यास हो। यो उपन्यासमा नरेन्द्र दाइ तथा उनकी श्रीमती गौरीबीच जम्न नसकेको सहज पारिवारिक सम्बन्धको विश्लेषण गरिएको छ। नरेन्द्रदाइ यौन मनोविज्ञानमा आधारित भइ रचना गरिएको एक उत्कृष्ट कृति हो। विश्वेश्वरप्रसाद कोइरालाले सुन्दरीजलको जेलमा बसेर कोसी किनार छेउछाउमा आधारित भइ रचना गरेका हुन। यस उपन्यासका मुख्य पात्रहरू नरेन्द्रदाइ, गौरी, मुनरीया हुन। मुनरीया नरेन्द्रदाइको घरमा कामगर्ने आइमाइ हो, जोसँग नरेन्द्रदाइको लसपस चल्दछ। उनीहरूले जङ्गल-जङ्गल चहार्दै रतिराग मनाउने गर्दछन। गौरी नरेन्द्र दाइको श्रीमती हुन्छे तर उसका शारीरिक अवयवहरू पूर्णरूपमा विकशित भइसकेका हुदैनन र नरेन्द्र दाइलाई कुनै पनि आकर्षण लाग्दैन । त्यसैले गौरीसँग उनको राम्रो मेल हुँदैन तर अन्त्यमा आएर उनीहरूको सम्बन्ध कसरी अन्त्यमा आएर राम्रो हुन्छ भन्ने कुरा विशेष पढ्न योग्य छ ।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]